कर्णालीमा खुला सरकार साझेदारी कार्यशाला

कर्णाली प्रदेशमा खुला सरकार साझेदारी कार्यशाला आयोजना गरिएको छ । कर्णालीमा कानून निमार्ण, सुशासन, सूचनाको हक, जवाफदेहिता र पारदर्शिताको क्षेत्रमा सहजिकरण गर्न कार्यशाला आयोजना गरिएको हो ।

कर्णाली फाउण्डेशनको आयोजनामा सञ्चालन गरिएको प्रदेश स्तरिय भर्चुअल कार्यशालामा पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटा र नेपाल पत्रकार महासघका पूर्व सभापति तथा सुचनाको हकका अभियानकर्मी तारानाथ दाहालले खुला सरकार र सूचनाको हकसम्बन्धी प्रस्तुति गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै पूर्व प्रमुख सूचना आयुक्त बाँस्कोटाले खुला तथ्याङ्ग, सूचनाको हक, सम्पतीको घोषणा लगायतका विषयमा नागरिकको पहुँच बढाउन खुला सरकार साझेदारी कार्यक्रम आवश्यक रहेको वताउनुभयो । उहाँले संसदीय व्यवस्थामा नागरिकको सहभागिता बढाउने र प्रदेशमा संसदीय समितिमा प्रवेश गराएर छलफल गर्न प्रदेशसभा सदस्यलाई सुझाव दिनुभयो । कर्णाली प्रदेश सरकारले खुला सरकार साझेदारीको विषयवस्तु अध्ययन गर्न उच्चस्तरिय समिति गठनको घोषणा गर्नसमेत बाँस्कोटाले आग्रह गर्नुभयो ।

कार्यशालामा संसदीय खुलापन, अवधारणा र अभ्यासका लागि खुला सरकार साझेदारी कार्यक्रम आवश्यक भएको सूचनाको हकका अभियानकर्मी दाहालले बताउनुभयो । नागरिकको सहभागिता सुनिश्चत गर्न तथा संसद्को काम कारवाहीमा जनताको निगरानी बढाउनुपर्ने समय आएकामा उहाँको जोड थियो ।

सहभागीहरुले कर्णालीमा सूचनाको हकको कार्यान्वयन र प्रयोगको अवस्थाका बारेमा आ–आफनो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य, प्रदेश सरकारका सचिव, कर्णालीका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, सूचनाको हकका अभियानर्मी, अधिकारकर्मी तथा पत्रकारको सहभागिता थियो ।

कोरोना पुष्टि भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालय सिल
मध्य पश्चिमाञ्चल विश्वविद्यालयले डिन कार्यालयका पदाधिकारीमा कोरोना सङ्क्रमण देखिएपछि सबै सेवा सात दिनका लागि बन्द गरेको छ । डिन कार्यालयका पदाधिकारीलाई कोरोना पुष्टि भएपछि तत्कालका लागि सबै सेवा बन्द गरिएको हो ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय र डिनको कार्यालयबाट सञ्चालन तथा सम्पादन गरिने सबै सेवा यही भदौ २९ गतेदेखि आगामी असोज ४ गतेसम्मलाई सिल गरिएको विश्वविद्यालयका प्रशासन अधिकृत दिनेश गौतमले जानकारी दिनुभयो ।





error: Content is protected !!