नेपाल एक स्थान उक्लियो, दक्षिण एसियामा चौथो

विश्वव्यापी आर्थिक स्वतन्त्रता प्रतिवेदन

विश्वव्यापी आर्थिक स्वतन्त्रताको सूचकांकमा नेपाल एक स्थान उक्लिएको छ । विश्वको आर्थिक स्वन्त्रतासम्बन्धी प्रतिवेदन २०२० अनुसार, सन् २०१० मा ११० औ स्थानमा रहेकोमा उक्लिएर १०९ औ स्थानमा पुगेको हो । तर, सन् २०१८ मा भने नेपाल १०२ औं स्थानमा थियो । १६२ राष्ट्रमा आर्थिक स्वतन्त्रता नेटवर्कले सरकारको आकार, कानुनी संरचना र सम्पत्ति अधिकारको सुरक्षा, स्वस्थ÷सबल पैसाको पहुँच, अन्तर्राष्ट्रिय स्तरमा व्यापार गर्न स्वतन्त्रता तथा ऋण, श्रम र व्यापारको नियमनजस्ता पाँच सूचकका आधारमा प्रतिवेदन तयार गर्ने गरेको छ ।

क्यानडा फ्रेजर इन्ष्टिच्यूटले सहयोगमा समृृद्धि फाउण्डेसनले गरेको अध्ययनका विभिन्न सूचकांकको आधारमा नेपालको अवस्था यस्तो देखिएको छ । दक्षिण एसियाका छ राष्ट्रमध्ये नेपालको अवस्था चौथो स्थानमा छ । समृद्धि फाउण्डेसनका निर्देशक दीपेन्द्र चौलागाईले विश्वको आर्थिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनले नेपालको झिनो सुधार देखिएको बताए । “एक स्थानमात्र विश्वव्यापी स्वतन्त्रतासम्बन्धी प्रतिवेदनमा सुधार भएको देखिएको छ, दक्षिण एसियाका ६ राष्ट्रमध्ये नेपाल चौथो स्थानमा छ,” उनले भने, “यसले नेपालले आर्थिक क्षेत्रमा धेरै सुधार गर्नुपर्ने देखाएको छ ।”

प्रतिवेदनअनुसार दक्षिण एसियामा सबैभन्दा राम्रो श्रीलंकाको ८३ औं, भुटानको ९८ औं, भारतको १०५ औं र त्यसपछि नेपालको १०९ औं स्थानमा छ । पाकिस्तानको अवस्था १२९ औ र बंगलादेशको १३३ औं रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार कुल १० अंकमा सरकारको आकारमा नेपालको स्कोर घटेको छ । सन् २०१९ को सूचांकमा नेपालको स्कोर ७।२२ रहेकोमा झरेर सन् २०२० मा ६/९२ पुगेको छ । यसैगरी कानुनी प्रणाली र सम्पत्ति अधिकारको सूचक ४।५४ रहेकोमा सामान्य सुधार भएर ४।६४ पुगेको छ ।

यसैगरी स्वस्थ/सबल पैसाको पहुँचको सूचांकमा ६।८१ बाट सामान्य सुधार भई भइ ६/८९ पुगेको छ । अन्तर्राष्ट्रिय व्यापार गर्न स्वतन्त्रताको सूचकमा भने नेपालको अवस्था खस्किएको प्रतिवेदनले देखाएको छ । गत वर्ष ६/६३ रहेको सो सुचांक झरे ६।५९ पुगेको छ । ऋण, श्रम र व्यवसायको नियमनको सूचकांकमा भने सामान्य वृद्धि भई ७।२४ बाट वृद्धि भइ ७/३६ पुगेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!