जंगली जडीवुटीखाँदा जाजरकोटका ५ डोल्पामा जीवन, मरणको दोसाधमा

नन्दा शाही
जाजरकोट, २३ भदौ ः जाजरकोट नलगाड नगरपालिका ५ का ५ जना स्थानीयवासी डोल्पाको शे फोक्सुण्डो गाउँपालिका १ नामुमा  ( निगालगुम्वा) जंगली जडीवुटी खाँदा दुइ दिन देखि बेहोस भएका छन् । काम्रुमा महिना दिन अघि देखि काम गरिरहेका नलगाड नगरपालिका ५ का १९ बर्षीय नरेन्द्र ओली , ३६ बर्षीय गोपाल ओली , १८ वर्षीय अजय ओली , ३३ वर्षीय शिवराज केसी र ३८ वर्षीय टेकबहादुर ओली सोमबार देखि विरामी भएर अचेत अवस्थामा रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।
स्थानीय जडीवुटी ल्याएर समुयिक पकाएर खाए लगत्तै विरामी भएको खवर आएको र स्वास्थ्यकर्मी पठाएर जाँच गर्दा उपचार सम्भव नभएको जानकारी आएको प्रजिअ सुनारले बताउनुभयो । विरामीको उद्धारका लागि हेलिकोप्टर जाँन लागेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

 





error: Content is protected !!