पुगिएलात ९० मिनेटमै न्यूयोर्कबाट लन्डन ?

न्यूयोर्क ः भर्जिन गालाक्टिकले आफ्नो रकेट पावरको स्पेससिपटु सार्वजनिक गरेको केही समयमै कम्पनीले उच्च गतीको यात्रु् यात्राको योजना सार्वजनिक गरेको छ ।
रिचार्ड ब्रानसनले स्थापना गरेको भर्जिन गालाक्टिकले सोमबार १९ यात्रु लिएर न्यूयोर्कबाट लन्डन ९० मिनेटमै पुग्ने नयाँ सुपरसोनिक जेटको नमुना सार्वजनिक गरेको छ ।

रोल्स रोयसको सहयोगमा उच्च गतीको एयरक्राफ्ट निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । रोल्स रोयसले रोकिएर उडान भर्ने कनकर्ड जेटका टर्बो जेटको निर्माण गरेको थियो ।
नयाँ एयरक्राफ्टको सपना साकार गर्नका लागि भर्जिन गालाक्टिकले नासासँग पनि मिलेर काम गरिरहेको छ । कम्पनीले हालै मात्र मिसन कनसेप्ट समीक्षा पुरा गरेको थियो ।
यो समीक्षा सुरुको चरणमा रहेको छ । तर, उडानमा आवश्यक पर्ने वास्तविक सवारीको प्रमाणिकरणका लागि अत्याकसकिय कदमहरु सुरु भइसकेका छन् । तर यस किसिमको तीव्र गतीको यात्रु ओसार्ने विमानका लागि वर्षौ लाग्न सक्छ ।

नामाकरण नगरिएको विमानको प्रारम्भिक ढाँचामा डेल्टा पखेँटा हुने छ । यो विमान म्याक ३ अर्थात प्रति घन्टा २,३०० किमीको गतीमा उडान भर्ने क्षमता राख्छ । यो विमान सालाखाल ६०,००० फीटको उचाईमा उडान भर्न सक्ने बताइएको छ ।





error: Content is protected !!