पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न

नन्दा शाही
जाजरकोट , १९ साउन ः असार २५ गते पहिरोमा परि १४ जनाको मृत्यु र १ हजार २ सय भन्दा बढी विस्थापित भएको बारेकोट गाउँपालिकामा खाद्यान्न आपुर्ती गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बारेकोटको घाट र काउली डिपोमा खाद्यान्न आपुर्ती गरेको हो । ३०० क्विन्टल चामल पहिरो चरणमा ढुवानी गरिएको र अन्य खाद्यान्न ढुवानी गर्ने क्रम्म रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । पहिरो प्रभावितलाई खाद्यान्न अभाव भएपछि समस्य भएको गुनासो आएपछि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा त्यहाँ खाद्यान्न पुर्याएको प्रजिअ पन्तले बताउनुभयो । बारेकोटमा ५५ घर पुर्ण रुपमा भत्किएका छन् भने १ हजार २०० स्थानीयवासीहरु विस्थापित भई विद्यालय , खुल्ला चौरमा त्रिपाल टाँगेर बसेका छन् ।

६ महीना आफ्नै उत्पादनले खाना पुग्ने बारेकोट गाउँपालिकामा बाँकी समय आर्यातित खाद्यान्नमा भर पर्नुपर्ने बाध्यता रहेको छ । पटक , पटक प्रकृतिक विपतीको मारमा परेको बारेकोट गाउँपालिकामा पीर, वेदना थामी नसक्नु भएको स्थानीय तीर्थराज बोहोराले बताउनुभयो । अघिल्लो बर्ष असिनाले गहुँको बीउ सम्म बाँकी नरहेको बारेकोटमा यो पटक पहिरोले अधिकांश ठाउँमा छिया , छिया परेको छ । भुगर्भविद मार्फत अहिले बस्ती रहेका ठाउँमा बस्न योग्य छ कि छैन भनेर जाँच गरेर मात्र अव बस्ती बसाउने काम हुँने प्रजिअ पन्तले जानकारी दिनुभयो ।

विस्थापित परिवार र भत्किएका घरको विवरण संकलन कार्य करिव , करिव पुरा भएको भन्दै प्रजिअ पन्तले सवैको नाम गृहमन्त्रालयमा सिफारिस गरिने र सो ठाउँमा नयाँ घर निर्माणको काम सुरु हुँने बताउनुभयो । यदी कसैको घर भत्किएर नाम छुटेको भए , पीडित भएर पनि नाम लिष्टमा सिफारिस हुँन कारण वस छुटेको भए तुरुन्तै प्रशासन कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

कैडी छैन , कसरी खाद्यान्न किन्ने ?

बाढी ,पहिरोबाट विस्थापित भएका स्थानीयवासीहरु आफूहरुसँग पैसा नभएका कारण खाद्यान्न खरिद गर्न नसकिएको बताएका छन् । बारेकोट गाउँपालिका ४ सार्कीटोलका सवै आफन्त गुमाएका तुले सार्की अहिले पालमा हुनुहुन्छ । उहाँलाई राहतका लागि दिएको २ केजी चामल उहिले नै सकिएको थियो । अहिले उहाँले अरु छिमेकीसँग पैचो मागेर खाईरहनु भएको छ ।

उहाँ जस्तै अर्का रामबहादुर सार्कीको १३ जनाको परिवारलाई दिएको प्रतिब्यक्ति २ केजी चामल प्रती परिवार ४ प्याकेट बिस्कुट, १ पिस कम्मल र त्रिपाल उपलव्ध गराएको थियो । सो खाद्यान्न हप्ता दिन नपुग्दै सकिएको रामले बताउनुभयो । लक डाउनका कारण बाहिर काम गर्न जान नपाएका सार्कीटोलका सर्वसाधारणहरु आवश्यक पैसा नहुँदा खाद्यान्न खरिद गर्न नपाएको बताएका छन् ।

खोजीमा सुक्को छैन , माल भएर पनि के गर्नु ? अर्का भीम सार्कीले बताउनुभयो । उहाँसँगै विस्थापित अधिकांश सर्वसाधारणहरुको गूनासो यही रहेको छ । रातह पाउनुपर्ने भन्दा नपाउनु पर्नेले बढी पाएको सर्वसाधारणको गूनासो छ ।





error: Content is protected !!