गृह प्रवक्तामा जाजरकोटका बुढा

काठमाडौ ः गृह मन्त्रालयले मन्त्रालयको नयाँ प्रवक्ताको जिम्मेवारी वरिष्ट सहसचिव चक्रबहादुर बुढालाई दिएको छ ।
गृहले बुढालाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको हो । सामान्यतः शान्तिसुरक्षा महाशाखा हेर्ने सहसचिवलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहदै आएको छ । बुढा यस अघि मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखको रुपमा रहेका थिए ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केहि दिन अघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भएपछि गृहप्रवक्ता र शान्तिसुरक्षा महाशाखा रिक्त रहदै आएको थियो ।



