शिवालयमा एक घर, एक धारा

जाजरकोट , शिवालय गाउँपालिकाले एक घर , एक धाराको योजना सञ्चालनमा ल्याएको छ ।
सवै वडाका सवै घरधुरीलाई खानेपानीको पहुँचमा पुर्याउने उदेश्यका साथ गाउँपालिकाले वृहत योजना सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिनुभयो ।
अहिले गाउँपालिका भरी शुद्ध खानेपानी सहित प्रत्येक घरमा खानेपानीको धारा जडानको काम भईरहेको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले भन्नुभयो , “ पानीको स्रोत जहाँ , त्यही भएपनि सफा र शुद्ध पानी पिउन नपाउँदा धेरै समस्य भएको थियो , हामी पानी जाँच गरेर सफा पानी घर , आँगनमै उपलव्ध गराउन लागेका छौँ । ”
अहिले ८० प्रतिशत घरमा पानीको पहुँच पुगेको र यो आर्थिक वर्षमा बाँकी घरमा पानी उपलव्ध गराउने शाहीको भनाई छ । ७ वटा वडा रहेको शिवालयमा यो आर्थिक वर्षमा बाँकी घरधुरीमा खानेपानी पुग्ने प्रमुख प्रशासकीय अधिकृत अनिलकुमार पाण्डेले बताउनुभयो ।
घर देखि आधा घण्टा देखि १ घण्टा सम्मा पानीका लागि धाउने यहाँका सर्वसाधारणहरु खानेपानीको धारा घर, आँगनमै पुगेपछि खुसी भएका छन् । वडा नं ७ मा केही घरमा मात्र खानेपानी पुग्न बाँकी रहेको छ । दिभरी एक घरले कति पानी खपत गरेको छ , त्यसको समेत हिसाव रहने गरेको अधिकृत पाण्डेले बताउनुभयो ।










