पहिरोले एक पुरिए , एक घाईते

जाजरकोट ः गाईबाख्राको गोठाला गएका भेरी नगरपालिका–७ दोकानाका एक बालक शुक्रबार दिउँसो पहिरोमा पुरिएका छन् भने अर्का बालक गम्भीर घाइते भएका छन् । दोकानास्थित जंगलमा गाईबाख्राको गोठालो गरीरहेका १२ वर्षीय खिमबहादुर परियार एक्कासि माथिबाट खसेको पहिरोमा पुरिएका हुन् ।

पहिरोमा परेर उनीसँगै गोठालो गएका १२ वर्षीय प्रदीप विकको बायाँ हात भाँचिनुको साथै टाउकोमा गहिरो चोट लागेको छ । पहिरोमा पुरिएका खिम स्थानीय धनवीर र गम्भीर घाइते भएका प्रदीप मोतीलालका छोरा हुन् ।
पहिरो पुरिएका प्रदीपको स्थानीयले उद्धार गरेको प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए । इलाका प्रहरी कार्यालय जगतिपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर पहिरोमा पुरिएको बालकको उद्धार कार्य गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।





error: Content is protected !!