हराएको सूचना आएको घण्टा भित्र मृत फेला

जाजरकोट , १५ साउन ः भेरी नगरपालिका ३ स्यालाकी ५३ बर्षीया दौपत्ती सुनार घर देखि तीन सय मिटर नजिक मृत फेला परेकी छिन् ।
तीन दिन अघि हराएको भनि जिल्ला प्रहरी कार्यालय , जाजरकोटमा सूचना पुगेको घण्टा नवित्दै दौपतीको सव फेला परेको डिएस्पी किशोर श्रेष्ठले जानकारी दिनुभयो । घटनाका विषयमा अनुन्धान जारी रहेको छ ।
श्रीमान् पदम विकका अनुसार साउन १३ बाट उनी घरबाट हराएकी थिईन् ।

तीन दिन अघि हराएको भनिएपनि घर नजिकै सव भेटिनु र प्रहरी कहाँ हराएको सूचना पुगेको एक घण्टा भित्र मृत्यु हुनुको कारण गम्भीर भएको प्रहरीको भनाई छ ।





error: Content is protected !!