च्याउ खादा एकको मृत्यु , आठ गम्भिर विरामी

जाजरकोट ,कुशे गाउँपालिका –१ स्याँक्रीमा विशालु च्याउ खाँदा आज विहान २ बजे  जनक चलाउनेकी ३ वर्षीया छोरी अन्जना चलाउनेको मृत्यु भएको छ ।
उहाँसँगै च्याँउ खाएका ५० वर्षीय टेक बहादुर चलाउने , ३० वर्षीय ललित चलाउने , ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीया पशुपती चलाउने , ९ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भिर विरामी भएको कुशे गाउँपालिका १ का वडा अध्यक्ष गोपाल नेपालीले बताउनुभयो । तीन घर परिवारका यि सवैले एकै पटक च्याउ खाएका थिए ।
विरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भईरहेको डिएस्पी किशोर श्रेष्ठले जानकारी दिनुभयो । सदरमुकामबाट झण्डै दुई दिनको पैदल दुरीमा पर्दछ ।





error: Content is protected !!