गाउँ , गाउँमा कृषकलाई भैँसी उपहार

हेमन्त केसी
जाजरकोट , सदरमुकाम लगाएत जिल्लाका मुख्य बजारमा दुधको अभाव भएपछि अनुदानमा भैँसी वितरण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय , जाजरकोटले आधा दर्जन कृषकलाई भैँसी वितरण गरेको हो ।

उन्नत जातको भैँसी वितरण सँगै कृषकहरु खुसी भएका छन् । जिल्लाको शिवालय गाउँपालिका , भेरी नगरपालिका र नलगाड नगरपालिकाका कृषकहरुलाई भैँसी वितरण गरिएको छ ।

गरिव तथा विपन्न परिवारलाई आर्यआर्जन गर्न सजिलो होस भनि भैँसी वितरण गरिएको पशु अस्पताालका प्रमुख जरबहादुर भक्रीले बताउनुभयो । प्रति कृषक ५ वटा भैँसी वितरण गरिएको छ । भैँसीसँगै गोठ र घास काट्ने मेसिन समेत उपलव्ध गराएको भक्रीको जानकारी दिनुभयो ।

आर्थिक समस्याले भैँसी पालन गर्ने सोच भएपनि खाली बसेका भेरी नगरपालिका –१ कालेगाउँका तुल्सी बस्नेत अहिले ५ भैँसी पाउदा खुसी भएको बताउनुभयो ।

अहिले विहान देखि बेलुकी सम्मा भैँसीको स्याहार , सुसारका साथै दुध विक्री , वितरणको काममा व्यस्त भएर समय वितेको पत्तै नहुँने ओलीले बताउनुभयो । त्यस्तै अर्का ५ भैँसी भएका कृषिक जयबहादुर बस्नेत भन्नुहुन्छ , “ बुढेसकालको सहारा बनेर भैँसी पालन तर्फ लागेको छु , जीवन जिउने गतिलो माध्यम समेत भएको छ । ” प्रति कृषकलाई गोठ सहित रु ५ लाख दिएर पशु अस्पताल तथा पशु सेवा कार्यालयले भैँसी किनेर गरिव जनसाधारणलाई जीवन जिउने कला सिकाएको अर्का कृषक कालीबहादुर ओलीले बताउनुभयो ।

त्यस्तै दुई ठाउँमा दुध संकलन गर्नका लागि चिस्यान केनद्र समेत स्थापना गरिएको छ ।
जिल्लाको नलगाड नगरपालिकाको कालीमटी र भेरी नगरपालिका –४ गैरीखालीमा चिस्यान केन्द्र स्थापना गरिएको छ । झण्डै दुई करोड लगानीमा भैँसी , गोठ र गाँस काट्ने मेसिन खरिद गरिएको छ ।

मुख्यबजारलाई केन्द्र राखी भैँसी पालन गरि दुधमा आत्मनिर्भर बनाउन खोजिएको छ । कुशे गाउँपालिका – ५ दम्दालामा कालिज पालन सुरु गरिएको छ ।





error: Content is protected !!