मिडिया मार्फत थरीथरीका शिकार ?

हेमन्त केसी

एक जमाना थियो , सिमित व्यक्तिको घेरामा सवै कुरा फन्फन्ती घुम्ने ? अहिले त्यो समय रहेन र अथवा क्रम भङ्ग भयो । थोरै पत्रकार , जिल्लामा खासै सञ्चारमध्यम नभएको अवस्था ? तर अहिले त्यो समय रहेन , अनि समय पनि फेरियो । हिजोको जङ्गे बल गर्नेहरु आज एकाएक सवैको समान पहुँच र हैसियतको पगरीमा बाँधिए । जिल्लाको हालीमुहाली समान भएपछि को सानो को ठुलो , हेर्ने आँखा सवैका एकै भए ।

समान पगरी गुथाउने काम बिभिन्न राजनीतिक व्यवस्था सँगै समाजले बाध्यो तर मैहुँ भन्नेहरु आफूलाई उपल्लो हैसियातको भन्दै भएभरको न्वरणको बल क्षमता, प्रर्दशन गरी आफूलाई एक नम्वरी कायम गर्न मुठीभरको मनको कुरालाई जरजस्ती पाठक ,स्रोता सम्मा समाचारको नाममा आक्रोष पोख्दा पाठकहरु चकित पर्ने कुरा त अनौठो भएन ।

समाचारको कारखाना देखि मिडिया मालिक मात्र होईन , बजार सम्मा आफ्नो पकटमा लिन खोज्दा मसिनो भुकुम्पमा परी अहिले समाचार मार्फत उद्धार गरी पाउँ भनि पीडा व्यक्त गर्दा आवाज बिहिनको आवाज भन्दा पनि आफ्नो खेतीपातीको फस्टाउन नसकेको समाचार आउदा पाठक थप अचम्ममा पर्नु खास अनौठो विषय रहेन ।

 

सञ्चार माध्यमलाई समाज नियन्त्रण गर्ने महत्वपूर्ण वा शक्तिशाली स्रोतको रुपमा पहिचान गरिएको छ भने सञ्चारमाध्यम आफैँचाहिँ सामाजिक , संस्कृतिक , र राजनीतिक सम्भ्रान्तहरुको नियन्त्रणमा हुन्छ । तिनले सञ्चार माध्यमलाई आफ्नो प्रभुत्व टिकाउन र विस्तार गर्न खास मूल्य , मान्यता र विचारहरुको सम्प्रेषण गर्न प्रयोग गर्दछन् । यस्तो गलत प्रयोगको यथार्थलाई उजागर गर्दै शासित वर्गलाई सशक्तीकरण गर्नु सञ्चार अनुसन्धानको उदेश्य हुनुपर्छ

सूचना ,समाचार र समाजलाई पटकमा राखेर आफू अनुकूल बढाउनु खासमा चानचुने काम नभएपनि त्यो अहिलेको जमानामा क्षमता प्रर्दशन गर्ने मुख्य हतियार भएको छ । तथ्य सहित पस्किने खुराकले जती तौल हुन्छ , त्यति तौल विहिन सामग्रीले आफ्नो हैसियत नराम्रोसँग चैतमासका छालमा पुग्छ । थाहा नपाएको समाजमा गरिने काम भन्दा थाहा पाएको समाजमा गरिने काम हजार गुणा खतरा मात्र होईन , लेखकलाई समेत थप मजबुत बनाउछ ।

वर्षायामको सुर्य जस्तै लुकी, लुकी पृथ्वीमा किरण पठाउनु सायद कसैलाइ बाध्यता छैन होला ? कार्यक्रममा जानु र आउनु समयको बर्बाद गर्नु फरक कुरा हुँन् । जो सँग सूचनाको पहुँच छ , जसले सूचना चिन्छ र केही फरक छनक दिन्छ उसलाई सूचनाले तानिरहेको हुन्छ । तर सडकमा विलैना हाक्दैमा सूचना नजिक होईन , हजार माईल टाढा भाग्ने गर्दछ । व्यक्तिको पहुँचमा सूचना हुने हो तर सूचना खोज्दै व्यक्ति सम्मा आएको केही विगतका केही समयमा भएपनि विद्यमान समयमा त्यो सम्भावना कम छ ।

अहिलेका नागरिकले सूचना दिन अथवा आफ्ना कुरा राख्न बिभिन्न माध्यम प्रशस्तै छन् । मिडियाको विकास सँगै हाम्रो चेतना समेत विकास भएको छ । मानिसले के राम्रो , के नराम्रो छुट्याउन सक्ने क्षमता राख्छ । मन नपर्ने च्यानलहरु बन्द गरी मन पर्ने च्यानल सदुपयोग गर्छ । हिजोको जस्तै एकै कुरा सुन्नुपर्छ अर्थावा रेडियो नेपालको पालामा रेडियो सुने वार्फत कर तिर्नु र गाउँभरीका मानिस एक ठाउँमा जम्मा हुनु पदैन नि ? ( प्रजातान्त्रिक रेडियो २००७) ।

अहिले कुन मिडिया मार्फत कसले के एजेण्डा फाँकिएरहेको छ , त्यो स्रोताले छुट्याउन सक्ने क्षमता लेख्ने व्यक्तिभन्दा धेरै गुणा माथी रहेको छ । समाचार लेखेर मात्र कहाँ हुदो हो र ? समाचारको अर्थ , समाजलाई के दिने भन्ने लेखकलाइ समेत हेक्का नहुँदा पस्किएका अक्षरका पुलिन्दाले व्यक्तिको हैसियात मापन गरिरहेका हुन्छन् । अव तोरी सागको पत्रकारिता नभई भाजी सागको पत्रकारिताको खाँचो समाजले मागेको छ ।

विटको विकास नभई जवरजस्ती अक्षरको खेतीमा लागेर समाजमा आफूलाई अव्वल बनाउन कहिले आज्ञाकारी बालक त कहिले जंगे बन्नुपर्ने मात्र हाम्रो सिकाइ होईन ? हाम्रो सिकाइ भनेको प्रत्यक शव्दमा सजकताका साथै अर्थ खोज्नु हो ।
संसारमा मिडियामा बिभिन्न थेउरीहरु प्रयोगमा आएपनि नेपालमा मिडिया पिच्छे हाम्रा निर्माण नभएका शैलि पुस्तिकाका आधारमा पत्रकारिताको खेती हुँदै आएको छ । मालिकको अधिनमा वा स्वार्थमा पत्रकारिता हुँदा पाठकहरु दैनिक ठगिने गरेका छन् । नेपालमा सवै भन्दा बढी प्रशारण क्षेत्र औगटेको मात्र नभई सवै खालका नागरिकको पहुँचमा रहेका रेडियोहरु हुँन् ।

उनी रेडियोहरु पनि कपी पेष्टमा सञ्चालन हुँदा पाठकको कम माया पाएका छन् । कुनै एक व्यक्तिले लेखेको समाचार कपी गरेर प्रशारण गर्दा कहिले काँही स्रोताहरु भन्ने गर्दछन् , यो रेडियोमा मैले कुरा नै गरेको थिईन कसरी मेरो कुरा आयो भनेर अचम्म मान्ने अवस्था कायम छ । यस्ता खालका कामले रेडियो प्रतिको विश्वास कम भएर जान्छ । रेडियो साक्षर , निरक्षर व्यक्तिको लागि उपयूक्त माध्यम हो । जहाँ औपचारिक ज्ञान विना वुझन सकिन्छ । नेपालमा प्रचलनमा रहेका तीन प्रकारका रेडियोहरु आफू कुन मिडिया हो भन्ने थाहा नपाउदा आफैँ चकित छन् ।

कस्तो छ सञ्चार अनुसन्धासनको क्षेत्र

सञ्चार अनुसन्धान क्षेत्रको गहिरो व्याख्या तथा विश्लेषण यसका प्रमुख अन्वेषण क्षेत्रको रेखाङ्कनबाट गर्न सकिन्छ । सञ्चार अनुसन्धानले मूल रुपमा सञ्चारप्रक्रियाका प्रमुख तत्वहरुको प्रकृती र तिनको अन्तरसम्वन्धको अध्ययन गर्दछ । ( इग्नो , सन् २००३) यस प्रक्रियाका प्रमुख तत्वहरु निम्न छन् ।

१) स्रोत विश्लेषण , २) अन्तरवस्तु वा सन्देश विश्लेषण ,३) प्रभाव विश्लेषण हुँन् ।
मिडियामा खोज ,अनुसन्धान र चिन्तनलाई प्रभाव पार्न सक्ने तीन रुप
१) वास्तविक ज्ञानको सिद्धान्त , २) व्याख्यात्मक समाजविज्ञान ,३) आलोचनात्मक समाजविज्ञान

के हो आलोचनात्मक समाजविज्ञान ?

आलोचनात्मक समाजविज्ञान प्रतिष्ठित दार्शनिक कार्ल माक्र्सको वर्गसंघर्षको चिन्तनबाट अभिप्रेरित छ । समाजमा शासक वा बुर्जुवा वर्ग र शासित वा सर्वहारा वर्ग रहन्छन् र तिनको बीचमा सङ्घर्ष चलिरहन्छ भन्ने माक्र्सवादी मान्यतामा आधारित यो सैद्धान्तिक दृष्टिकोणले समाज भित्रको शक्ति संरचना र सम्वन्धहरुको रहस्योद्घाटन गर्ने , व्याख्या गर्ने , र बुझन मदत गर्छ ।

सञ्चार माध्यमलाई समाज नियन्त्रण गर्ने महत्वपूर्ण वा शक्तिशाली स्रोतको रुपमा पहिचान गरिएको छ भने सञ्चारमाध्यम आफैँचाहिँ सामाजिक , संस्कृतिक , र राजनीतिक सम्भ्रान्तहरुको नियन्त्रणमा हुन्छ । तिनले सञ्चार माध्यमलाई आफ्नो प्रभुत्व टिकाउन र विस्तार गर्न खास मूल्य , मान्यता र विचारहरुको सम्प्रेषण गर्न प्रयोग गर्दछन् । यस्तो गलत प्रयोगको यथार्थलाई उजागर गर्दै शासित वर्गलाई सशक्तीकरण गर्नु सञ्चार अनुसन्धानको उदेश्य हुनुपर्छ भन्ने मान्यता राख्ने विद्धानहरुको मत छ ।

पुर्वञ्चल विश्वविद्यालय ( आम सञ्चार र पत्रकारिता ) विद्यार्थी , राष्ट्रिय समाचार समिति (रासस) कार्यरत छन् । 





error: Content is protected !!