कोलकातामा एक महिलाको १४ प्रेमी, सबै प्रेमीलाई पत्र पठाउँदै पतिले मागे सय करोड क्षतिपूर्ति

भारतको पश्चिम बंगालस्थित कोलकातामा एक पुरुषले आफ्नी पत्नीका १४ जना प्रेमीलाई क्षतिपूर्ति माग्दै पत्र पठाएका छन्।

आफ्नी पत्नी (सीता)सँग अवैध सम्बन्ध राखेर आफ्नो मानहानी गरेको भन्दै व्यवसायी रहेका पति (विक्रम)ले १४ जनासँग सय करोड रुपैयाँ क्षतिपूर्ति मागेका हुन्। पत्रमा उनले १४ दिनभित्र पैसा नदिए सबै प्रेमीविरुद्ध कानुनी कारवाही अगाडि बढाउने चेतावनीसमेत दिएका छन्।

कोलकाताका व्यवसायी विक्रमलाई पत्नी सीताको केही परपुरुषसँग अवैध सम्बन्ध रहेको शंका लागेको थियो। अनि विक्रमले जोसँग पत्नी सम्पर्कमा थिइन्, उनीहरुका गतिविधिमा निगरानी सुरु गरे। पुष्टि भएपछि १४ जनाको सूची बनाएर सय करोड रुपैयाँ क्षतिपूर्तिका लागि ुलिगल नोटिसु पठाए।

नोटिसमा विक्रमले लेखेका छन्, ‘तपाईहरुले मेरी पत्नी सीतासँग अवैध सम्बन्ध राख्नुभयो। तपाईहरुलाई थाहा थियो कि उनी विवाहित हुन् र तपाईहरुलाई मेरो बारेमा पनि थाहा थियो। तपाईहरुले किन मेरो वैवाहिक जीवन बर्बाद गर्नुभयो , तपाईहरुका कारण म तनावमा छु। यी सबै कुरालाई मध्यनजर गर्दै तपाईहरु सबैलाई सय करोड रुपैयाँ क्षतिपूर्ति भर्नका लागि नोटिस पठाएको छु। यदि दुई हप्ताभित्र पैसा भुक्तानी भएन भने तपाईहरुविरुद्ध कानुनी लडाईं लड्नेछु।’

नोटिसमा १४ जना नै मिलेर सय करोड जम्मा गर्नुपर्ने र बुझाउनुपर्ने भनिएको छ।

विक्रमले पत्रमा आफूले आफ्नो चालकमार्फत १४ जनाको जासुसी गरेको र अवैध सम्बन्ध राखेको पुष्टि भएको तथा पुष्टि हुने पर्याप्त प्रमाण संकलन गरेको उल्लेख गरेका छन्।





error: Content is protected !!