पार्टी कस्तो बनाउने ?

सामन्ती निरंकुशताविरुद्ध संघर्षका लागि निर्माण भएको संगठनको ढाँचाले आजको आवश्यकतालाई वहन गर्न सक्छ कि सक्दैन ?

भिन्न ,भिन्न कार्यदिशा अवलम्बन गरेर दशकौँदेखि बेग्लै सिद्धान्त र संगठनात्मक अभ्यास गर्दै आएका दुई कम्युनिस्ट पार्टीबीचको एकताले नेपाली राजनीति र समग्र विश्व कम्युनिस्ट आन्दोलनमा सकारात्मक ऊर्जा सिर्जना गरेको थियो । सिद्धान्त, संगठन र आगामी बाटोबारे बृहत् सहभागिता, घनीभूत छलफल र ठोस विमर्शविना दुई पार्टी प्रमुखको ‘बोल्ड डिसिजन’का आधारमा गरिएको एकता प्रक्रियाले दुई वर्ष गुजारेर तेस्रो वर्षको यात्रा अगाडि बढाइरहेको छ ।

दुई वर्षको अवधिमा नेकपाको संगठनात्मक जीवन न हाँसको चाल, न कुखुराको चालबाट गुज्रिरहेको छ । दुई चालक रहेको जेट विमान कम्पास बिग्रिएको अवस्थामा उडिरहेजस्तो देखिन्छ । संगठनात्मक प्रणाली ठीक ढंगले अवलम्बन नगर्ने, स्थापित विधि र पद्धतिको इमानदारीपूर्वक परिपालन नगर्ने, तर पार्टी कलह, सुलह, छक्कापन्जा र लेनदेनबाट संगठनको जीवन चलाउन खोज्नु सकारात्मक होइन ।

लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका मुलुकभित्र राज्यसत्ता सञ्चालनको बागडोर राजनीतिक पार्टीहरूको हातमा हुने गर्छ । समाजको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था र समाजभित्र रहेका वर्गको प्रतिनिधित्व राजनीतिक पार्टीले गरेका हुन्छन् । राजनीतिक पार्टी जति व्यवस्थित, सुदृढ, लक्ष्यप्रति दृढ, पारदर्शी र लोकतान्त्रिक हुन्छन्, राज्य व्यवस्थाको प्रणाली पनि त्यति नै सुदृढ, व्यवस्थित र बलियो हुँदै जान्छ । तर, जब राजनीतिक पार्टीहरू चुनावदेखि चुनावसम्मको प्रयोजनका लागि बन्छन् र कामचलाउमा रूपान्तरण हुन्छन्, त्यस्ता पार्टीहरू गुटबन्दी र षड्यन्त्रमा फस्दै जान्छन् । सांगठनिक संरचनाको आन्तरिक लोकतान्त्रीकरण गर्न नसक्ने, आफैँभित्र षड्यन्त्र र गुटबन्दीले जीर्ण भएका पार्टीहरूले इतिहासको पैयाँ अगाडि गुडाउँदैनन् । यिनले समाज र राज्य–प्रणालीभित्र गडबडी मात्र मच्चाइरहन्छन् ।

नेकपा बनिसकेपछि हाम्रो संगठनात्मक जीवन अस्तव्यस्त, अराजक र अकर्मण्य भएको अवस्था हेर्दा हामीले अवलम्बन गरेको संगठनात्मक प्रणालीमा समस्या हो कि कार्यान्वयन गर्ने नेतृत्वको भन्ने गम्भीर सवाल खडा भएको छ । यसको सैद्धान्तिक र व्यावहारिक हल नखोजी नेकपारूपी जेट अगाडि बढ्न र सही अवतरण गर्न गाह्रो छ । अब नेकपा पार्टी कस्तो बनाउने भन्ने बहस निकै महत्वको छ । संगठन सञ्चालनका आ–आफ्नै अभ्यास हुन्छन् । यद्यपि, मुख्यतः दुईवटा ढाँचा प्रयोगमा आएको देखिन्छ । एक मासमा आधारित र अर्को कार्यकर्तामा आधारित पार्टी संरचना ।

पुँजीवादी विचारधारा बोक्ने पार्टी मासमा आधारित र प्रगतिशील समाजवादी विचारधारा बोक्ने पार्टी कार्यकर्तामा आधारित प्रणाली अवलम्बन गर्छन् । भारतीय कंग्रेस पार्टी, भारतीय जनता पार्टी, अमेरिकाको रिपब्लिकन होस् या डेमोक्रेटिक पार्टी, युरोपका नेतृत्वदायी पार्टी मासमा आधारित पार्टी हुन् । यस्ता पार्टीमा संगठनको खासै महत्व हुँदैन । एजेन्डाका आधारमा मास आकर्षित गर्ने, भोट लिने र चुनाव जित्ने कुरामा केन्द्रित हुन्छन् । अर्कोतिर, वामपन्थी कम्युनिस्ट पार्टीहरू संगठन निर्माण गरी कार्यकर्तालाई संगठित र परिचालनबाट शक्ति आर्जन गर्छन् । यसैका आधारमा निर्वाचनमा विजय हासिल गर्छन् ।

व्यक्तिभन्दा पार्टी सधैँ प्रधान हुन्छ । यही भावनाबाट मात्र नेकपालाई पुनः जीवित गर्न सकिन्छ, अन्यथा नेपालको कम्युनिस्ट आन्दोलनलाई पश्चिम बंगाल र केरलाको नियति भोग्नबाट कसैले रोक्न सक्नेछैन ।

नेकपाले कस्तो प्रणाली अपनाउने रु स् सन् १९२१ मा विभिन्न परिवर्तनवादी र माक्र्सवादी पार्टी मिलेर माओको अध्यक्षतामा गठन भएको चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४९ मा जनरल चेङ काइ सेकले नेतृत्व गरेको कोमिन्ताङ पार्टीको सत्ता पल्टाएर जनवादी क्रन्ति सम्पन्न ग(यो । हालसम्म उक्त पार्टीले विशाल चीनको नेतृत्व गर्दै चीनलाई विश्वशक्तिका रूपमा स्थापित गरेको छ । माओले निर्देशित गरेअनुसार अनुशासनका तीन नियम एवं आठ निर्देशन तथा ल्यु साओ चीका विचारको कठोर परिपालनाले चिनियाँ कम्युनिस्ट पार्टीलाई अनुशासित र व्यवस्थित बनायो । उसले विधि र अनुशासनको आधारमै विशाल चीनको सात सदस्यीय स्थायी समिति, ३१ सदस्यीय पोलिटब्युरो र १७३ सदस्यको केन्द्रीय समितिका साथै राष्ट्रिय कंग्रेस, प्रान्तीय कंग्रेस, काउन्टी, नगर पार्टी कंग्रेस र हजारौँ पार्टी सेलमा संगठनको संरचना निर्माण गरेको छ।

नेपालको कम्युनिस्ट पार्टी पनि स्थापनाकालदेखि नीति र विधिका साथ कार्यकर्तामा आधारित पार्टीका रूपमा चल्नुपर्छ भन्ने प्रस्ट मान्यता स्थापित हुँदै आएको छ । स्वयं संस्थापक महासचिव पुष्पलालले कम्युनिस्ट पार्टी नेतामुखी होइन, नीतिमुखी हुनुपर्छ, संगठन नीतिमा आधारित भएर चल्नुपर्छ भन्ने प्रस्ट दिशानिर्देश अघि सारेका थिए । यही जगमा नेपालको कम्युनिस्ट पार्टीले संगठनात्मक प्रणाली विकास र प्रयोग गर्दै आएको छ । विभिन्न आरोह(अवरोहमा विभाजन र एकीकरण हुँदै आएका नेकपाका धारहरूले अवलम्बन गरेका र प्रयोगबाट गलत सावित भएका अभ्यास छोड्दै मौलिकतामा आधारित संगठनात्मक सिद्धान्तको विकास गरेको छ ।

नेकपा जनतामा आधारित कार्यकर्ताको पार्टी हो, मास पार्टी होइन । यसलाई जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तमा आधारित भएर चलाउनुपर्छ । व्यक्ति कमिटीको मातहत, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत, अल्पमत बहुमतको मातहत, कमिटी अधिवेशन(महाधिवेशनमातहत रहनु यसको मुख्य सार हो । यस हिसाबले हेर्दा नेकपाले अवलम्बन गरेको संगठनात्मक सिद्धान्त ठीक हो । तर, यस पद्धतिलाई कागजी रूपमा सीमित राख्दै दाउपेच र लेनदेनमा कमिटी चलाउने संगठनात्मक सिद्धान्तविरोधी आचरण अवलम्बन गर्ने तरिका हेर्दा नीति ठीक हुँदाहुँदै पनि कार्यान्वयन गर्ने नेतृत्वको तरिका गलत हो भन्ने सहज निष्कर्षमा पुग्न सकिन्छ ।

कस्तो पार्टी बनाउने रु स् केही समयको अन्तरालमा सम्पन्न भएको नेकपा ९एमाले०को नवौँ महाधिवेशन र नेकपा ९माओवादी केन्द्र०को हेटौँडा महाधिवेशनले केही सैद्धान्तिक सवालमा समान खालको निष्कर्ष निकालेका थिए–नेपाली समाज पुँजीवादी चरणमा प्रवेश गरेको छ, नेपाली क्रन्तिको शत्रु अब सामन्तवाद होइन, दलाल पुँजीवाद हो, राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको यात्रा तय गर्ने । नेकपाको राजनीतिक प्रतिवेदन पनि यही निष्कर्षमा रहेको छ । लोकतान्त्रिक प्रक्रियाबाट श्रमजीवी वर्गका पक्षमा समाजको रूपान्तरण गर्दै अघि बढ्ने जनताको जनवादको कार्यदिशा बोकेको पार्टीले आफ्नो लक्ष्य हासिलका लागि संगठन सञ्चालनको आन्तरिक जीवनको सिद्धान्त मात्र होइन, व्यवहारमै लोकतन्त्रीकरण हुनु अनिवार्य छ । लक्ष्य प्राप्तिका लागि पार्टीको संरचना कस्तो बनाउने भन्ने सवाल हरेक कार्यकर्ता र नेतृत्वका लागि महत्वपूर्ण विषय हो ।

पार्टीको मूलधार पछ्याउनु, तथ्यबाट सत्यको खोजी गर्नु, हृदयदेखि नै जनताको सेवा गर्नु र प्रजातन्त्रलाई केन्द्रमा राख्नु, चिनियाँ कम्युनिस्ट पार्टीले पार्टी निर्माणका लागि अघि सारेका चार अवधारणा हुन् । चिनियाँ कम्युनिस्ट पार्टीले त्यहाँको समाजको आवश्यकताअनुसार पार्टी कार्यकर्ता र नेतृत्व उत्पादन गर्ने सवाललाई पार्टी जीवनमा महत्वका साथ अगाडि सारेको छ । नेता, कार्यकर्ता र आमपार्टी सदस्यले कठोर अनुशासन पालना गर्ने–गराउने तथा पार्टीबाट निरन्तर उनीहरूको निगरानी गर्नुले नै विशाल चीनको नेतृत्व गर्न सक्ने सक्षम पार्टी बनाउन सफल भएको तथ्यबाट नेकपाले पाठ सिक्नुपर्छ ।

आजको अवस्थामा हिजोको ढाँचाबाट सञ्चालन हुने नीतिले नेकपा जीवन्त र प्रभावकारी पार्टी बन्न गाह्रो छ । आफैँमा अद्यावधिक हुने प्रक्रिया र लोकतान्त्रिक आचरण नहुने त्यस्तो पार्टीले आजको नेपाली समाजको नेतृत्व गर्न सक्दैन । अतः स्वयं नेकपाले पनि पार्टी निर्माणको नयाँ अवधारणा र स्वरूप अघि सार्नु जरुरी छ । पार्टी निर्माणका सन्दर्भमा नेकपा नेता घनश्याम भुसालले चर्चा गर्नुभएको पार्टी निर्माणका तीन विशेषता पनि यहाँनेर सान्दर्भिक छन् ।

पहिलो, आफ्नो उत्पादनमा बाँच्न सक्ने पार्टी सदस्यको निर्माण, दोस्रो यस्तो पार्टी सदस्यले राज्यलाई कर तिर्छन् र तेस्रो, आफूले कर तिरेको राज्य हो भन्ने सचेत दाबीसाथ ती सबैले राज्यलाई, श्रमजीवी, पिछडिएका, दलित, जनजाति, महिलाप्रति जिम्मेवार हुन दबाब दिन्छन् । यसअनुसार लक्ष्यमा इमानका साथ अघि बढ्न सक्ने कार्यकर्ता र नेता भएको पार्टी बन्नुपर्छ । हरेक सदस्य आफ्नो कमाइमा बाँच्नाले पार्टीलाई भ्रष्टाचारमुक्त बनाउँछ । आफैँ करदाता हुँदा हरेक सदस्य आर्थिक अनियमितताप्रति जागरुक भइरहन्छ । राज्यप्रतिको नागरिक दायित्व स्थापित गर्छ । राज्यले लिने करको उपयोग श्रमजीवी वर्गको पक्षमा भए–नभएको निगरानी गर्छ । उसलाई सबै प्रकारका सामाजिक विभेदविरुद्ध सक्रिय राख्छ ।

हामीले गम्भीरतापूर्वक सोच्न जरुरी छ कि सामन्ती निरंकुशताविरुद्ध संघर्षका लागि निर्माण भएको संगठनको ढाँचाले आजको आवश्यकतालाई वहन गर्न सक्छ कि सक्दैन रु मान्छेको चेतना र आवश्यकता हिजोको तुलनामा व्यापक विकास भएर राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा ठूलो बदलाव आइसकेको छ । पार्टीमा संगठित हुने पनि भिन्न पिँढी, समूह र भिन्न वर्गीय धरातलका पंक्ति छन् । यसमा एक हदसम्म नेकपा नेता सुरेन्द्र पाण्डेले चर्चा गर्नुभएको विषयसँग सहमत हुन सकिन्छ । पाण्डेका अनुसार पार्टीमा तीनवटा पंक्ति छन् । पहिलो, स्थापनाकालीन नेता र अगुवाको पंक्ति । दोस्रो, ०४६ को जनआन्दोलनले विकास गरेकोे पंक्ति र तेस्रो, ०६२(६३ को आन्दोलन र सशस्त्र संघर्षको पृष्ठभूमिबाट विकास भएको पंक्ति ।

पहिलो पुस्ताले पार्टीको निर्माण, विकास र विस्तार गर्दै मुलुकमा गणतन्त्र स्थापना गर्नेसम्मको आन्दोलनको सफलतापूर्वक नेतृत्व ग(यो । ०४६ को आन्दोलनले विकास गरेको पंक्तिले लोकतान्त्रिक गणतन्त्रको लडाइँमा नेतृत्वदायी र प्रभावकारी भूमिका खेल्यो । गणतन्त्रको आन्दोलनबाट विकास भएको पंक्ति बिस्तारै पार्टीका विभिन्न कमिटीको नेतृत्व र निर्णय प्रक्रियामा सामेल हुँदै अगाडि बढ्दै छ । यस परिप्रेक्ष्यमा पहिलो पंक्ति पार्टीको सम्मानित र निर्देशक ठाउँमा बस्नुपर्छ । दोस्रो पंक्तिलाई नेतृत्वमा स्थापित गर्नुपर्छ । क्रमशः नयाँ र युवा पुस्तामा छिटोछिटो नेतृत्व हस्तान्तरण गर्दै जाने परिपाटीको अभ्यास गर्दै जानुपर्छ । खासगरी तेस्रो पंक्तिभित्रका किसान, मजदुरका साथै अर्थशास्त्री, समाजशास्त्री, राजनीतिशास्त्री, इन्जिनियर, व्यवस्थापक, मानवशास्त्रीलगायत समाजको आजको आवश्यकताअनुसारको विषयगत दक्षता भएको पंक्तिलाई पार्टीमा संगठित गर्दै नेतृत्वमा विकास गर्ने रणनीति लिनुपर्छ ।

यसले आजको समयको गतिलाई बुझ्ने, चुनौती सामना गर्ने र समाजवादको यात्राका लागि सक्षम नेतृत्व पंक्ति स्थापित हुनेछ । अन्यथा चिनियाँ कम्युनिस्ट पार्टीका नेता देङ स्याओ पिङले भनेझँै ७० वर्ष कटेको नेतृत्वको पुस्ता समाजका नयाँ चुनौती र प्रतिस्पर्धामा विकास गर्नेभन्दा पनि इतिहासको वीरगाथा र आत्मरतिमा रमाउनेछन् । कतिपय असन्तुष्टिले उनीहरू आत्मभत्र्सना गर्नेछन् । यो पुस्ता भेटमा पुराना समयको पौरख र अन्तरविरोधका विषयमा लामा–लामा कुरा गरेर समय खर्चनेछन् । यसका ठाउँमा नयाँ पुस्ताको आगमनले आफ्नो विगत इतिहासको होइन, भविष्यको चर्चा गर्नेछ । नयाँ पुस्ता आत्मरतिमा रमाउनेछैन । यसले राष्ट्रिय पुँजीको विकास गर्दै मुलुकको विकास र समृद्धिको क्रममा बढ्ता ध्यान केन्द्रित गर्नेछ । त्यसअनुरूपको नतिजा निकाल्नेछ ।

समाज विकासको चेतानाअनुसार नयाँ पुस्ताले आजको राष्ट्रिय आवश्यकता र सामाजिक मूल्यलाई छिटो आत्मसात् गर्न सक्नेछ । परिणाम दिने गरी जुट्नेछ । जस्तो पार्टी बन्यो, त्यस्तै राज्यसत्ता बन्नेछ । त्यसकारण अहिलेको सन्दर्भमा विधि र पद्धतिमा हिँड्न सक्ने अनुशासित र कर्तव्यनिष्ठ कार्यकर्ता, षड्यन्त्र, छलकपटमुक्त र श्रमजीवी वर्गप्रति इमानदार नेतृत्व भएको पार्र्टी बनाऔँ । त्यस्तो पार्टीले मात्र समाजवादको यात्रा तय गर्न सक्छ । अनि नयाँ पुस्ता र समाजको नेतृत्व गर्न सक्छ ।
अन्त्यमा स् उच्च प्रगतिशील चेतना भएका सदस्य, लोकतान्त्रिक चरित्र र ऊर्जाशील कार्यकर्ताको पंक्तिबाट निर्माण भएको नेताले मात्र अहिलेको दलाल पुँजीवादका ठाउँमा उत्पादक राष्ट्रिय पुँजीको विकास, त्यसको न्यायपूर्ण वितरण र समाजवादको लक्ष्य भेदन गर्न सक्ने पार्टी बनाउन सक्छ । लेनिनले भनेजस्तै कुराकानीमा पाण्डित्य प्रदर्शन गर्ने, लक्ष्यदार भाषण गर्ने, तर दैनिक काम भने राम्ररी सञ्चालन नगर्ने शैलीले आजको पार्टी बन्दैन । व्यक्तिभन्दा पार्टी सधँै प्रधान हुन्छ । यही भावनाबाट मात्र नेकपालाई पुनः जीवित गर्न सकिन्छ र अगाडि बढ्नका लागि आत्मविश्वास जागृत गराउन सकिन्छ । अन्यथा नेपालको कम्युनिस्ट आन्दोलनलाई पश्चिम बंगाल र केरलाको नियति भोग्नबाट कसैले रोक्न सक्नेछैन ।

आचार्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् ?





error: Content is protected !!