ओली -प्रचण्डबीच वार्ता सुरु, नेकपा स्थायी कमिटी बैठक तेस्रो पटक स्थगित

सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटीको बैठक तेस्रो पटक स्थगित भएको छ । आज ११ बजेका लागि बोलाइएको बैठक २४ गतेसम्मका लागि स्थागित भएको हो ।
नेकपाभित्र चुलिएको विवादले पार्टी एकता संकटमा परिरहेका बेला सम्भावित फुटलाई टार्न आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित गरी अध्यक्षद्वय पुनः वार्तामा बसेका हुन् ।
स्रोतका अनुसार, अध्यक्षद्वयको वार्तामा पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।



