नेकपा विवाद ः विग्रहको जोखिमबीच ‘अस्थायी युद्धविराम’, ‘फेरियो छलफलको ढाँचा’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिएको टक्करका दुई सारथि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सोमवारको छलफलमा अरू कुनै नेतालाई राखेनन्।

उनीहरूले यसअघिका आपसी छलफलमा अन्य नेताहरू सहभागी गराउँदै आएका थिए। तर आन्तरिक विवाद र वाद, प्रतिवादका कुराहरू बाहिर आएपछि पार्टीका दुई अध्यक्षले अरू कसैलाई नराखेर कुराकानी गरेका हुन्।

प्रधानमन्त्री निवासमा सोमवार भएको छलफलका कारण पार्टी स्थायी समितिको बैठक फेरि बुधवारसम्मको निम्ति सारिएको छ।

आवश्यक परे ‘विधानमा आधारित रहेर निकास’ः ओली पक्षधर नेता भन्छन्, त्यस्तो गरिए मुलुकका लागि दुर्भाग्य

सत्ताको नेतृत्व फेर्नुपर्ने बहसले दिएको सन्देश के हो

लम्बियो युद्धविराम
प्रधानमन्त्रीले ,अजेण्डाभन्दा बाहिर गएर आफ्नो आलोचनाबाहेक केही नहुने गरेकोु भन्दै बैठक रोकेर सहमति खोज्न आग्रह गरेको भन्ने समाचारहरू आइरहेका थिए।

जबकि अन्य कतिपय वरिष्ठ नेताहरूले प्रधानमन्त्रीले कुनै पनि पद छाड्न नमानेको भन्दै शनिवार नै एउटा निर्णयमा पुग्ने बताएका थिए।

प्रधानमन्त्रीको राजीनामा मागिएको उक्त बैठक पछि सर्दै जानुलाई प्रधानमन्त्री निकट नेताहरूले नेकपाभित्र अस्थायी युद्धविरामको रूपमा लिएका छन्।

एकजना नेताले भने, यो अस्थायी हो, यो फेरि लम्बिएको छ, युद्धविरामलाई राम्रो ढङ्ले व्यवस्थापन गर्दा शान्ति,एकता‍तिर पनि जानसक्छ।

ती नेताका बुझाइमा अध्यक्षहरूबीच छलफलको निम्ति स्थायी समितिको बैठक स्थगित हुनु औचित्यपूर्ण हो भन्ने देखिएको छ।

प्रधानमन्त्री ओली पद नछोड्नेु मनस्थितिमा, झलनाथ खनाल भन्छन्, राजीनामाको विकल्प छैन

प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन खोजिएको भन्नुको अर्थ

छलफलको नयाँ ढाँचा कस्तो ?
अन्य नेताहरू पनि सहभागी गराइएका ओली ,प्रचण्डबीच आइतवार भएको बैठकहरूपछि सहमतिको निम्ति दुई नेता निकट अनौपचारिक कार्यदल बनाइएको र सहमतिको प्रारम्भिक खाका तयार भएको खबरहरू आएका थिए।

त्यसको प्रचण्डको सचिवालयले खण्डन गरेको छ।

स्थायी समितिको बैठक अन्त्य नभएका बेला उक्त समाचारले खासगरी ओलीविरुद्ध एक ठाउँमा उभिएका नेताहरूबीच आशङ्का र असमझदारी उत्पन्न गर्ने जोखिम प्रचण्डले देखेको हुनसक्ने ठानिएको छ।

त्यसैले सोमवार दुई अध्यक्षबीच मा१ कुराकानी भएको हुन सक्ने बताइएको छ।

दुई अध्यक्षबीचको बैठकपछि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ूआज दुई अध्यक्ष मात्र बसेर विषयवस्तुलाई अति गम्भीर रूपमा लिएर छलफल गरेर अगाडि बढ्ने र अब दुई अध्यक्ष मात्रै बस्ने, आवश्यक परे अरू वरिष्ठ सदस्यहरूलाई पनि सहमति गराउने कुरा भएको छ।

हिजो जसरी भ्रम सृजना गर्ने अफवाह बाहिर आयो, त्यो कुरामा अध्यक्ष प्रचण्ड संवेदनशील हुनुहुन्छ।

प्रधानमन्त्री ओली पार्टीभित्रै असहज अवस्थामा, अब के हुन सक्छ?

आकस्मिक रूपमा संसदको अधिवेशन अन्त्य गरिएपछि नेकपामा थप संकट

खास छलफल सुरु
उनका भनाइमा बैठकमा के भयो र छलफल कसरी अगाडि बढ्यो भन्ने विवरण आएको छैन।

तर अलि गम्भीर रूपमा खास छलफलको क्रम आजबाट सुरु भयो भन्ने छ, सापकोटाले बताए।

प्रधानमन्त्री निकटस्थहरूका अनुसार प्रधानमन्त्री ओली दुवै पद नछाड्न दृढ छन्।

यस्तो टकरावबीच स्थायी समितिको बैठक स्थगित भएको तेस्रो पटक हो।

गत बिहीवारदेखि बैठक हुन सकेको छैन। कतिपयले केन्द्रीय समितिको बैठकको माग गरिरहेका छन्।





error: Content is protected !!