मैले भोगेको मेरो आधा जिन्दगी

उपेन्द्र न्यौपाने (निर्दोष )

साचिक्कै भन्नु पर्दा मैले सानो उमेरमा जति धेरै उतार चढाव भोगेको छु, जिन्दगीका दुख सुख महसुस गरेकोछु सम्पन्न र गरिवी सबै चिज लाइ नजिक बाट राम्रो सँग नियालेकोछु । दुख के हो सुख के हो ? आफ्नो को हो , र पराइ त्यो पनि नजिक बाट अनुभव गरेको छु ।

मिठो बोल्ने सबै आफ्नो हुँदैन,आफ्नैले दिएको धोका बाट मैले राम्रो शिक्षा लिएकी छु । संसारमा भएका आफन्त हरु सबै आफ्ना हुदैँनन तर कुनै पनि पराइ अचानक आफ्नो सबैभन्दा नजिकको मान्छे बन्न सक्दोरहेछ भन्ने मेरो अनुभव रहेको छ । न आफन्त टाढीन समय लाग्छ न पराय नजिक हुन समय लाग्छ । जीवन पानी र प्रेम कुलो जस्तो । जीवन लाई प्रेम ले आफ्नो आकार अनुसार बग्न दिन्छ । मार्ग प्रसस्त गर्छ । जीवन पानी हो जता ओरालो उतै बग्दिन्छ । कुलो विनाको बगाई कहाँ पुगेर सुक्छ थाहा हुदैन । प्रेम ले जीवनलाई गन्तब्यमा पुर्याउछ त्यो ध्रुव सत्य कुरा हो ।

जीबनमा अनगिन्ती मोड हरु आउँछन र हरेक मोड बाट फरक मार्ग हरु फरक दिशा तर्फ निस्कन्छन । कतै बाटाहरु मिसीएका पनि हुन्छन तर मान्छे ले कुन बाटो मिसीएको हो र कुन छुटिएको हो भनेर चिन्न सक्दैन । कुन नदी हो र कुन खोला हो भनेर छुट्याउन नसक्ने अवस्था मा पनि समय र परिस्थिती अनुसार सबै कुराको सामना गर्दै यात्रा गर्नु पर्दो रहेछ ।

समयको बेग सँग बहकिदा कहीले दुखका ठुला पहाड, समस्याका भेल, सम्वन्धका झरी र भावनात्मक हुरी बतास सँग पौठेजोरी खेल्नु परे पनि सहज रुपमा सामना गरेको अभिनय समेत पर्दो रहेछ जीबनमा । हो मैले पनि जीबन सँग धेरै संघर्ष गरें र गर्दै छु । ब्यबहारमा हार या जित जे भएपनि हिम्मत भने कहिले हारेको छैन र जीबनको अन्तिम पल सम्म पनि समस्या संग निर्धक्क भएर लड्ने नै छु । समस्या सँग हार मानेर पाइला हरु रोकिन दिने छैन यो मेरो आत्म विश्वास हो ।

जव मान्छे मिठो बोल्छ त्यो भित्र केहि न केही रहस्य अबस्य लुकेको हुन्छ । स्वार्थी मान्छे हरुले सके सम्म अरुलाई प्रयोग गर्छन र प्रयोग जे जस्तो तरिका बाट फाईदा लिन सकिन्छ त्यसरी नै प्रयोग गर्छन । जब उपयोगीता सकिन्छ या उपयोग गर्न सकिदैन जस्तो लाग्छ अनि मिल्काई दिन्छन् यो पनि अर्को धुर्व सत्य कुरा हो ।

मान्छेको जातनै स्वार्थी मैले मेरो जिबनमा थुप्रै स्वार्थले भरिएका हरु लाइ भेटायको छु । भोगेको पनि छु ।। नजिक हुँदा आफ्नै जस्तै अत्यन्तै आत्मियता प्रदर्शन गर्दै आउँछन, मानौकी त्यो मेरो लागि हिरा,मोति जस्तै बहुमुल्य बस्तु जस्तै गरि देखाई दिन्छ । तर टल्किदैँमा सबै पत्थर हिरा हुँदैन भन्ने कुरा त्यही देखावटी ब्यवहार गर्ने हरुले नै सिकाएर गएका छन ।

जिन्दगी सोचे जस्तो हुदैन कसैको पनि । मेरो पनि छैन उस्को पनि छैन अनी उनको पनि छैन । जीन्दगीमा धोका बिछोड, दुख पिडा, गरिब धनि,ज्ञानी अज्ञानी अबस्य सबै छन, सबैको छ र हुन्छन पनि ।

तर मान्छेले क्षणीक भौतिक खुसी र सुखमा रमाउदै दुखी र पीडित हरुलाइ घोचेर ब्यवहार गर्छ । उसले बिर्सन्छ भोलि के थाहा उसको ठाउँ पनि तेही निम्न दुखी पीडित हरुको जस्तै हुन सक्छ भन्ने । भर्खरै देखीएकै कुरा ताजा ताजा जस्तै छ । केहि क्षणमा नै मान्छे करोड पति बाट रोडपति भएको सबैले देखेका छौँ महसुस गरेका छौ । भोली कसैले देखेको छैन । के हुन्छ कस्तो हुन्छ को मान्छे के भएर सकिन्छ भन्ने कुरा तसर्थ धन सम्पति, मान सम्मान र आज भएको कुराहरुमा त्यतीन घमन्ड गर्नु राम्रो हो जस्तो लाग्दैन मलाई समय गतिसिल छ समय अनुसार नै जीवन लाई डोर्याएर लैजाने छ।





error: Content is protected !!