कहिले होला कोरोना महाव्याधिको अन्त्य

विश्वलाई थिलथिलो बनाइसकेको छ ः कोरोनाको महाव्याधिले । पैतीस लाख बढीलाई संक्रमित बनाइसकेको र झण्डै अढाइ लाखको ज्यान लिइसकेको यो महाव्याधिको अझै पनि भरपर्दो औषधी र खोप बन्न सकेको छैन । यस्तो स्थितिमा स्वभाविक रुपमा कहिले होला त यो महाव्याधिको प्रकोपको अन्त्य भन्न कठिन मात्रै हैन, असम्भव छ ।

तर यस अघि संसारव्यापि बनेका महाव्याधिहरुको इतिहासको अध्ययन–अनुसन्धानका आधारमा यो रोगकको बारेमा के आशा गर्न सकिन्छ भन्ने मार्गचित्र भने देखापर्न सक्छ ।

वितेका १०० वर्षभित्र नै मानवताले थुप्रै विश्वव्यापि महाव्याधिहरु तथा महामारीहरु देखिसकेका र भोगिसकेका छन् । तीमध्ये सबैभन्दा भयानकमध्येका एक स्पेनिस फ्लू पनि एक हो । सही नीति र कदमहरुको कारण यो महाव्याधि पनि अन्ततः नियन्त्रणमा आएको थियो । जैविक तथा सामाजिक स्तरमा महाव्याधिका विरुद्ध हाम्रा सामुहिक जवाफले सार्स–कोभ–२ भाइरस कसरी विकसित हुन्छ भन्ने कुराविरुद्धको हाम्रा संघर्षको भावी नतिजालाई प्रभावित गर्नेछ । यो जवाफभित्र हाम्रीले अपनाउने सामाजिक नियन्त्रणका तौरतरिकाहरु जस्तै सामाजिक ९भौतिक दूरी० पनि पर्दछन्, जसले हाम्रा स्वास्थ्य प्रणालीलाई ध्वस्त हुन नदिनको लागि समय प्रदान गर्ने गर्छ ।

सामाजिक (भौतिक) दूरी जस्ता सामाजिक नियन्त्रणका उपायहरु निरन्तर जारी रहनुपर्नेछ । यी उपायहरुको अन्त्य गर्ने कुरा मानिसहरु त्यसप्रति कत्तिको प्रतिबद्ध छन् र स्थितिलाई नियन्त्रण गर्नका लागि सरकारी स्तरबाट गरिने काम कारवाहीहरु कत्तिको प्रभावकारी छन् भन्ने कुरामा पनि भर पर्नेछ । महाव्याधिलाई दीर्घकालीन रुपमै हल गर्नका लागि सबैभन्दा जरुरी कुरा चाहिँ खोप पत्ता लगाउनु नै हो ।

अहिलेको महाव्याधिमाथि नियन्त्रण गर्ने प्रयासको दोस्रो तह नयाँ नयाँ एन्टिभाइरल औषधिहरुको ग्रहण वरिपरि घुम्नेछ, जुन कोभिड–१९ का लक्षणहरुलाई निको पार्ने काममा केन्द्रीत हुने गर्छ ।

यसबीचमा सामाजिक (भौतिक) दूरी जस्ता सामाजिक नियन्त्रणका उपायहरु निरन्तर जारी रहनुपर्नेछ । यी उपायहरुको अन्त्य गर्ने कुरा मानिसहरु त्यसप्रति कत्तिको प्रतिबद्ध छन् र स्थितिलाई नियन्त्रण गर्नका लागि सरकारी स्तरबाट गरिने काम कारवाहीहरु कत्तिको प्रभावकारी छन् भन्ने कुरामा पनि भर पर्नेछ । महाव्याधिलाई दीर्घकालीन रुपमै हल गर्नका लागि सबैभन्दा जरुरी कुरा चाहिँ खोप पत्ता लगाउनु नै हो ।

संक्रमणविद् तथा उद्गम जीवविज्ञानी साराह कोबेका अनुसार, हंगकंग र दक्षिण कोरियाका कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्ने सफल तौरतरिका एवं उपायहरुले युरोप र अमेरिकामा काम गरेन किनभने त्यहाँका अधिकारीहरुले बेलैमा आवश्यक ठोस कदम चाल्न ढिलाइ गरे । त्यसआधारमा उनले निचोड निकालेअनुसार, महाव्याधिको नतिजा ५० प्रतिशत सामाजिक र राजनीतिक पहलकदमी र प्रतिक्रियामा आधारित हुने गर्छ र बाँकी आधा चाहिँ वैज्ञानिक विकासक्रमले डोर्याउने गर्छ । त्यसबारेमा उदाहरण दिँदै उनी भन्छन्, ‘अहिले प्रयोगशालाहरुले काम गरिरहेका भाइरसप्रतिरोधी औषधीहरु सफल भए भने थोरै मानिसहरुले मात्रै कोभिड–१९ को जटीलता भोग्नेछन् वा मृत्यु वरण गर्नेछन् ।’ कोरोनाभाइरसको संक्रमण रोक्नको लागि खोप अत्यावश्यक छ । फ्लू भाइरसहरुको तुलनामा मानव कोषसँग प्रतिक्रिया गर्नका लागि कोरोनाभाइरसहरुको थुप्रै च्यानलहरु छैनन् । यस आधारमा पनि वैज्ञानिकहरु कोरोनाभाइरसलाई परास्त गर्नका लागि अनुकूलता बढी रहेको विश्वास गर्छन् । मानव कोषसँग कोरोनाभाइरसले अन्तरक्रिया गर्ने सम्भावनालाई हटाउन वा निषेध गर्न सकिए भाइरसले मानव कोषमा आफूलाई पुनरुत्पादन गर्न सक्ने छैन भन्ने विश्वास वैज्ञानिकहरुले गरेका छन् ।

कोरोनाभाइरसको संक्रमण रोक्नको लागि खोप अत्यावश्यक छ । फ्लू भाइरसहरुको तुलनामा मानव कोषसँग प्रतिक्रिया गर्नका लागि कोरोनाभाइरसहरुको थुप्रै च्यानलहरु छैनन् । यस आधारमा पनि वैज्ञानिकहरु कोरोनाभाइरसलाई परास्त गर्नका लागि अनुकूलता बढी रहेको विश्वास गर्छन् । मानव कोषसँग कोरोनाभाइरसले अन्तरक्रिया गर्ने सम्भावनालाई हटाउन वा निषेध गर्न सकिए भाइरसले मानव कोषमा आफूलाई पुनरुत्पादन गर्न सक्ने छैन भन्ने विश्वास वैज्ञानिकहरुले गरेका छन् ।

तर अहिले नै वैज्ञानिकहरु यो भन्न सक्ने स्थितिमा छैन कि हाल प्रयोगात्मक चरणमा रहेका खोपहरु सफल भइहाल्यो भने पनि त्यसले सार्स–कोभ–२ का विरुद्ध लामो समयसम्म प्रतिरोधी क्षमता दिन्छ कि दिँदैन रु उनीहरुका अनुसार, मानव प्रयोगमा सफल सिद्ध भएका खोपबाट दीर्घकालीन प्रतिरोधी क्षमता हासिल गर्नका लागि विश्वका जनसंख्याको करिब ६० प्रतिशत मानिसहरुलाई खोप दिनुपर्ने हुन्छ । अन्यथा, कोभिड–१९ पनि अन्य मौसमी फ्लू जस्तै बन्नेछ ।

वैज्ञानिकहरुले के पनि नोटिस गरेका छन् भने कोरोनाभाइरसले बच्चाहरुलाई पनि संक्रमण गर्न थालेका छन् । यसअघि कोरोनाभाइरसले उमेर बढी भएका, इम्युन सिस्टम कमजोर हुनेलाई मात्रै बढी संक्रमण गर्ने गरेको पाइएको थियो । यसको अर्थ के पनि हो भने बाल्यकालमा कोरोनाको संक्रमणमा परेर निको भएकाहरु ठूलो भएपछि उनीहरुमा कोरोनाकै कारण गम्भीर स्थिति चाहिँ नआउन सक्छ ।

तथ्यांकहरुले यसो भन्छ

सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड डिजाइनले तथ्यांकहरुको विश्लेषणको आधारमा कोरोनाको महाव्याधि कहिले अन्त्य होला भन्नेबारेमा नियमित रुपमा आफ्ना भविष्यवाणी प्रकाशित गर्दै आएको छ । दिनानुदिन परिवर्तित हुँदै जाने तथ्यांकहरुमाथिको विश्लेषणको आधारमा उसले तत्सम्बन्धी आफ्नो भविष्यवाणीलाई पनि परिमार्जन गर्ने गरेको छ । यसैक्रममा उसले पछिल्ला तथ्यांकहरुको विश्लेषणको आधारमा मे ३ मा जारी गरेको अनुमानअनुसार संसारबाट शतप्रतिशत कोरोनामहाव्याधिको अन्त्य हुन आगामी डिसेम्बर १४ सम्म लाग्ने अनुमान गरिएको छ । तथ्यांकहरुको विश्लेषणको आधारमा गरिएको अनुमान अनुसार, महाव्याधिमाथि संसारभरिबाट ९७ प्रतिशत नियन्त्रण पाउनको लागि जुन ३ र ९९ प्रतिशत नियन्त्रण पाउनको लागि जुन २१ सम्मको समय लाग्ने अनुमान गरिएको छ छ ।

तथ्यांकहरुको आधारमा गरिएको उक्त अनुमानअनुसार अहिले कोरोनाभाइरसबाट सबैभन्दा बढी आक्रान्ति बनेको मुलुक अमेरिकाबाट ९७ प्रतिशत नियन्त्रण हुन मे २१, ९९ प्रतिशत हुन जुन ४ र शतप्रतिशत नियन्त्रण हुन अक्टोबर १ सम्म लाग्ने अनुमान गरेको छ ।

त्यसैगरी, नेपालको लागि अत्यन्तै महत्व राख्ने छिमेकी मुलुक भारतबाट ९७ प्रतिशत नियन्त्रण हुन जुन १, ९९ प्रतिशत हुन जुन १३ र शतप्रतिशत नियन्त्रण हुन अगस्त १९ सम्म लाग्ने अनुमान गरेको छ ।Title photo: Background vector created by starline – www.freepik.com





error: Content is protected !!