१ अर्ब जनसंख्याको भारतमा १ हजारको मात्र मृत्यु ः कसरी नियन्त्रणमा छ महामारी ?

जुनियला होलिङ्वर्थ, डिजिटल न्युज प्रोड्युसर

झन्डै एक महिनाअघिसम्म भारतको भविष्य त्रासद देखिन्थ्यो । देशका दशौँ लाख जनसंख्यामा कोरोना भाइरसको संक्रमण देखिने आँकलन विज्ञहरुले गरेका थिए । स्वास्थ प्रणाली नै धरायासी बनाउनेगरी निम्तन सक्ने महामारीका लागि सरकारले तयारी गर्नुपर्ने चिकित्सकहरुले चेतावनी दिएका थिए ।

सामान्य सरसफाइसमेत उपलब्ध नभएका भारतको झुपडबस्ती, जहाँ ठूलो जनसंख्या बस्छ, त्यहाँ डढेँलो जसरी कोरोना फैलनसक्ने भन्दै पर्यवेक्षकहरु चिन्तित थिए । विश्वको दोस्रो ठूलो जनसंख्याले अहिले खराब परिस्थितीलाई टालेजस्तो देखिन्छ ।

समाचार तयार पार्दासम्म भारतमा ३७ हजार २५७ जनामा कोरोनाको संक्रमण देखियो र १२ सय अर्थात् प्रति १० लाखमा शुन्य दशमलव ७६ जनाले ज्यान गुमाए । जबकी, अमेरिकामा मृत्युदर प्रति १० लाखमा १ सय ७५ भन्दा बढी छ ।

भारतको संक्रमण संख्या नियाल्दा कोभीड–१९ नियन्त्रणका लागि गरिएको राष्ट्रव्यापी लकडाउनले अहिलेसम्म काम गरिरहेको देखिन्छ, विज्ञहरु पनि यसै भन्छन् ।

‘भारतले समस्या फैलन कुरेन,’ १४ अप्रिलमा २१ दिने देशव्यापी लकडाउनलाई थप लम्ब्याएर ३ मेसम्म पु¥याउने घोषणा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए, ‘बरु जब समस्या देखियो, हामीले छिट्टै निर्णय गरेर यसलाई रोक्ने प्रयास ग(यौँ । यस्तो हतारमा निर्णय नलिइएको भए अवस्था कस्तो हुनसक्थ्यो, म कल्पना गर्न सक्दिनँ ।’

तर भारतमा संक्रमण कम देखिनुको यथार्थ जटिल छ र विज्ञहरुले अहिल्यै आफुलाई बधाई दिन भारतले हतारो गर्न नहुने चेतावनी दिइरहेका छन् । ‘कम्तिमा यो चरणमा अनुमान गरिएजस्तो त्रासदीपूर्ण क्षति भाइरसले पु(याउन नसकेको देखियो,’ भारतमा तालिम, अनुसन्धान र पोलिसी डेभलपमेन्टमा गर्ने गैरसरकारी संस्था पब्लिक हेल्थ फाउन्डेशनका अध्यक्ष श्रीनाथ रेड्डीले भने, ‘मलाई लाग्दैन यत्तिमै हामीले पूर्ण रुपमा किताबको पाना बन्द ग(यौँ भन्नसक्छौँ ।’

मोदीको निर्णय कति तीव्र ?

२४ मार्चमा मोदीले देशमा तीन साता लामो लकडाउन घोषणा गरेका थिए । यसको प्रभाव असामान्य थियो । भारतमा १ अर्ब ३० करोड जनसंख्या छ, यसअघि भारतभन्दा धेरै जनसंख्या भएको चीनले केही शहरमा लकडाउन गरेको थियो, तर यति ठूलो जनसंख्यालाई एकैपटक लकडाउन गर्ने भारत नै हो ।

यो ठूलो घोषणा थियो । लकडाउनमा जानुको अर्थ दैनिक रोजीरोटी गर्ने दशौँ लाख कामदार आयबाट बञ्चित हुने थिए । तर, लकडाउन नगर्दा भारतको स्वास्थ प्रणालीमै खतरा देखिएको थियो । एउटा अनुसन्धानअनुसार सामाजिक दूरीको नियम लागु नगर्दा भारतमा जुनसम्म १५ करोड जनसंख्या संक्रमित हुने थियो । गत शुक्रबार महामारी हेर्ने भारतका एक अधिकारीले लकडाउन नभएको भए देशमा अहिलेसम्म १ लाखभन्दा धेरैमा संक्रमण देखिने बताए ।

भारतले तुलनात्मक रुपमा चाँडै लकडाउन घोषणा ग¥यो, लकडाउन घोषणा हुँदासम्म यहाँ ५ सय १९ जनामा मात्रै संक्रमण थियो । यसअघि इटलीले ९ हजार २ सय जनामा संक्रमण देखिएपछि मात्रै देशव्यापी लकडाउन घोषणा गरेको थियो भने बेलायतमा लकडाउन घोषणा हुँदा ६ हजार ७ सयमा संक्रमण देखिइसकेको थियो ।

वासिङटन डिसी र भारतको नयाँ दिल्लीमा समेत कार्यालय रहेको गैरसरकारी अनुसन्धानमुलक संस्था सेन्टर फर डिजिज डाइनामिक्स, इकोनोमिक्स एन्ड पोलिसीका निर्देशक रामानन लक्ष्मीनारायणका अनुसार समयमै लकडाउन गर्ने निर्णयले सम्भावित सम्पर्क दरलाई ठूलो रुपमा कम गरेको छ ।

लकडाउनपछि रोजगारी गुमाएका दशौँ हजार आप्रवासी कामदारले भारतका ठूला शहर छाड्ने प्रयास गरे, यसपछि आप्रवासीमार्फत भाइरस फैलनसक्ने त्रास फैलियो । उत्तर प्रदेशका केही अधिकारीहरुले त अन्य शहरबाट फर्किएका कामदारलाई ‘डिस्इन्फेक्टेन्ट’ ले स्प्रे समेत गरे, जबकी यसले कोरोना नियन्त्रणमा अर्थ राख्ने थिएन ।

लकडाउन सुरु भएको झन्डै एक सातापछि मुम्बईको भीडभाडयुक्त झुपडबस्तीमा दुई व्यक्तिले कोरोनाबाट ज्यान गुमाए । दोस्रो व्यक्तिको मृत्युपछि मृतक परिवारका धेरै सदस्यमा परीक्षण गरियो र उनीहरुलाई होम क्वारेन्टाइनमा राखियो, ती व्यक्तिका छिमेकी मिलेर बनेको ३ सय वटा घरको ब्लक र ९० वटा पसल सिल गरियो ।

लकडाउन लागु गर्दासम्म भारतले नियन्त्रणका अन्य उपाय पनि अबलम्बन गरिसकेको थियो ।

११ मार्चमा भारतले सबै पर्यटकको भिसा स्थगित ग¥यो र ‘केही साताअघिसम्म विश्वका अन्य प्रभावित देश घुमेका सबै भ्रमणकर्तालाई कम्तिमा १४ दिने अनिवार्य क्वारेन्टाइनमा राख्ने’ घोषणा पनि ग¥यो ।

२२ मार्चदेखि सबै अन्तर्राष्ट्रिय व्यवसाहिक उडानलाई भारतमा ल्यान्ड हुन प्रतिबन्ध लगाइयो र सबै यात्रुवाहक रेल सेवा स्थगित गरियो ।

यसको दाँजोमा अमेरिकाले चीन, इरान र निश्चित युरोपेली देशका पर्यटकलाई मात्रै भ्रमणमा कडाइ ग(यो, देश भित्र्ने सबै विदेशीहरुलाई प्रतिबन्ध लगाएन ।

के भारतको संख्या सही छ ?

उपलब्ध संक्रमित संख्याका आधारमा हामीले हरेक देशको महामारीबारे बुझ्ने हो र यो संख्या परीक्षणमा निर्भर गर्छ । भारतको स्वास्थ मन्त्रालयका अनुसार गत आइतबारसम्म यहाँ ६ लाख २५ हजारमा परीक्षण भइसकेको छ । यो संख्या परीक्षणका लागि प्रशंशा पाइरहेको दक्षिण कोरियाको भन्दा ठूलो हो ।

कुन देशले कति आक्रमक रुपमा परीक्षण गरिहेको छ भनेर बुझ्न जनस्वास्थ विद्हरुले कुल संख्यामात्रै हेर्दैनन् । बरु, उनीहरुले देशको संक्रमित दर पनि हेर्छन् ।

यदी परीक्षणको ठूलो हिस्सा संक्रमित छ भने त्यसले अस्पतालमा भर्ना भएका वा अति गम्भीर घटनामा मात्रै परीक्षण भएको संकेत गर्छ ।

विश्व स्वास्थ संगठनका स्वास्थ आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनका अनुसार राम्रो बेन्चमार्कका लागि १ जना पोजेटिभ देखिँदा कम्तिमा १० जना नेगेटिभ देखिएको हुनुपर्छ ।

भारतको स्वास्थ मन्त्रालयको तथ्याङअनुसार परीक्षणमा झन्डै ४ प्रतिशतमा संक्रमण पाइएको छ, यो बेञ्चमार्कभन्दा कम हो । अमेरिकाको दाँजोमा निकै कम दर हो, जहाँ जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार झन्डै १७ प्रतिशतमा संक्रमण भेटिएको छ । त्यस्तै, सरकारी तथ्याङ्कअनुसार बेलायतमा २१ प्रतिशतमा संक्रमण भेटिएको छ ।

अर्को महत्वपूर्ण मापन मृत्यु दर हो । भारतमा झन्डै ३ प्रतिशतले ज्यान गुमाएका छन्, जबकी इटली, फ्रान्स र बेलायतमा मृत्युदर १३ प्रतिशतभन्दा धेरै छ । भारतले गम्भीर लक्षण देखिएका व्यक्तिबाहेकमा पनि परीक्षण गरिरहेको छ भन्ने यसले देखाउँछ ।

तर प्रतिव्यक्तिअनुसार भारतको परीक्षण दर निकै कम छ । यहाँ प्रति १ लाख जनामा केवल ४८ जनालाई मात्रै परीक्षण गरिएको छ । जबकी दक्षिण कोरियामा १ लाखमा १ हजार १ सय ७५ र अमेरिकामा १ हजार १ सय ४० जनामा परीक्षण गरिएको छ ।

अब्जर्भर रिसर्च फाउन्डेशनका अध्यक्ष समिर शरनका अनुसार भारतले आफ्नो परीक्षण क्षमतालाई नाटकीय रुपमा बढाएको छ, तर अझै पनि सन्तोषजनक छैन ।

अन्य विज्ञहरुले समुदायमा फराकिलो परीक्षण गर्नु अव्यवहारिक हुने र स्रोतको क्षतिमात्रै हुनसक्ने बताइरहेका छन् । तर शरनका अनुसार कामका लागि एक क्षेत्रबाट अर्को क्षेत्रमा जाने ठूलो जनसंख्या भएको भारतमा यो आवश्यक छ ।

भारतले पर्याप्त परीक्षण नगरेपनि डाक्टरहरुले कडा र गम्भीर खालका घटना समातेको हुनसक्ने रेड्डी बताउँछन् । उनका अनुसार परीक्षण नगरिएको ठूलो जनसंख्यामा संक्रमण हुन्थ्यो भने अस्पतालहरुमा भीड जम्मा हुनुपर्ने थियो र समुदायमा इन्फ्लुएन्जाजस्तै लक्षण देखिएका बिरामीको संख्या बढ्ने थियो ।

अहिलेसम्म त्यस्तो कुनै संकेत देखिएको छैन । यद्यपी, इफ्ल्युएन्जाभन्दा कोभीड–१९ का लक्षण फरक रहेको संकेत गर्ने प्रमाण भेटिने क्रम बढ्दो छ ।

के थाहा पाएभन्दा धेरै व्यक्ति मर्दैछन्

जब भारतमा महामारी थिएन, त्यतिबेला पनि मृत्युदर्ता हुने घटनामध्ये २२ प्रतिशतमात्रै मेडिकल्ली सर्टिफाइड थिए । यसको अर्थ अधिकांश घटनामा डाक्टरले मृत्युको आधिकारीक कारण प्रमाणित गर्दैन थिए । र, (याडरमुनी मृत्यु फैलिएको हुनसक्ने प्रमाणहरु अहिल्यै भेटिएका छन् । मुम्बईको एक सरकारी अस्पतालका आवासीय चिकित्सकले गत साता बताएअनुसार जब अस्पतालमा शव ल्याइन्छ, तब बिरामीको निधन कोरोनाकै कारण भएको थियो भन्ने शंका लागेपनि परीक्षण हुँदैन । ‘यदी मृतक व्यक्तिको पर्सनल हिस्ट्रीले ऊ संक्रमितको सम्पर्कमा आएको देखाए, हामी कोरोना संक्रमितको शवलाई जसरी नै उसको शवलाई डिस्पोज गर्छौँ,’ उनले नाम नछाप्ने शर्तमा भने ।

तर, विज्ञहरुका अनुसार यो चरणमा कोरोना भाइरसको मृत्युदरको बाढी आएजस्तो देखिन्न । ‘हामीले पर्याप्त परीक्षण र खोज नगरेपनि अस्पतालको आईसीयु वा ९शव राख्ने कोठा० मोर्ट्युरीमा हामी महामारीको मध्यमा छौँ भनेर संकेत गर्ने खालेको भीड छैन,’ शरनले भने ।

लक्ष्मीनारायण भन्छन्, ‘यसका बाबजुद कोभीड–१९ मृत्यको वास्तविक तथ्याङ्क केहीपछि मात्रै आउनेछ, जब हामीसँग यस वर्षको तथ्याङ्कलाई गत वर्षका तथ्याङ्कसँग तुलना गरेर हेर्नसक्ने क्षमता हुनेछ ।’

कोरोनाभाइरस कतिबेला थामियो ?

भारतको तीव्र नीतिगत नियमले कथाको एउटा पाटो मात्रै बोल्छ । लकडाउनअघि पनि भारतमा कोरोना भाइरस थियो । देशमा कोरानाका केही घटना देखिएका थिए, धेरै थिएनन् ।

३० जनवरीमा भारतमा कोरोनाको पहिलो संक्रमण पत्ता लागेको थियो, ऊहान विश्वविद्यालय पढ्ने विद्यार्थीमा । यही समय बेलायत, फ्रान्स र इटलीमा पनि पहिलो घटना देखिएको थियो, तर त्यहाँ कोरोना भाइरसले नाटकीय रुपमा बिलकुल फरक बाटो समात्यो । यी तीनवटै देशमा अहिले कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी छ ।

विज्ञहरु भारतमा कोरोना कसरी फरक ढंगले फैलिएको हुनसक्छ भनेर अझै निश्चित छैनन् । रेड्डी भन्छन्, ‘एउटा कारण हुनसक्छ कोरोना भाइरस चिसो मौसममा बढी फैलन्छ ।’ यसको अर्थ भारतमा यो तीव्र नफैलने हुनसक्छ, यहाँ प्रायः ३० डिग्री सेल्सियसमाथिको तापक्रम छ ।

तर, वैज्ञानिक तथ्य यस विपरीत छ । विश्व स्वास्थ संगठनका अनुसार प्रमाणहरुले भाइरस कुनै पनि क्षेत्रमा फैलनसक्ने देखाएको छ, तातो र आद्रता बढी भएको ठाउँमा पनि ।

अमेरिकाको नेशनल एकेडेमी अफ साइन्स कमिटीका अनुसार चिसो मौसमझैं सहज रुपमा न्यानोमा पनि भाइरस फैलन्छ वा फैलदैन भन्नेबारे मिश्रित तथ्य आएका छन् । रेड्डीका अनुसार भारत कम जोखिममा हुनुको अर्को कारण आम रुपमा बिसीजी भ्याक्सिन प्रयोग नीति पनि हुनसक्छ । क्षयरोगविरुद्ध लड्न विकास गरिएको बीसीजी नोबेल कोरोना भाइरससँग लड्ने सम्भाव्य बाटो हुनसक्ने भन्दै विश्वभरका क्लिनिकल ट्रायलमा अध्ययन भयो । यद्यपी, ९डब्ल्युएचओ० विश्व स्वास्थ संगठनले बीसीजी भ्याक्सिनले मानिसलाई कोरोना भाइरसबाट जोगाउने आधार नभेटिएको जनाएको छ । डल्ब्युएचओले यसलाई कोभीड–१९ को रोकथामका लागि सिफारिस पनि गर्दैन ।

त्यसैले, अहिलेका लागि थप आधार आवश्यक छ । ‘हामीलाई थाहा छैन, के कुराले हामीलाई सहयोग गरिरहेको छ,’ रेड्डीले भने ।

लकडाउन पर्याप्त हुन्छ ?

भारतको महामारी तुलनात्मक रुपमा सानो भएपनि खुसी मनाउने समय अहिल्यै आएको छैन । भारतले लकडाउन खोलेपछि के हुन्छ ? संक्रमण आकाशिन्छ वा जोखिम नियन्त्रणमा लिन लकडाउन सफल भइसकेको हुनेछ भन्नेबारे फरक–फरक विचार सार्वजनिक भइरहेका छन् । ‘हामी लकडाउनबाट फिर्ता हुने बित्तिकै देशव्यापी संक्रमण फैलने देखिन्छ । यो मेरो अनुमान हो,’ अब्जर्भर रिसर्च फाउन्डेशनका सिनियर फेलो ओम्यान कुराइनले भने, ‘भारतले सफलतापूर्वक पज बटन थिचेको छ । तर, हामी सधैँ पजमा रहिरहन सक्दैनौँ ।’

जब लकडाउन खुल्छ, तब कस्ता कडाई कायम रहनेछन् भन्ने पाटो निर्णायक हुनसक्छ । रेड्डी भन्छन्, ‘भोलि नै हामीले विजय घोषणा गर्ने र त्यसपछि सामान्य अवस्थामा फर्कने भन्ने होइन ।’

विज्ञहरु सामाजिक दूरी कायमै रहनुपर्ने बताउँछन्, यद्यपी कम संक्रमित रहेका केही राज्यहरु कडाई सहज गर्न सक्षम हुनसक्छन् ।

भारतको सबैभन्दा धेरै जनसंख्या ९२० करोड० रहेको उत्तर प्रदेशले सामाजिक भेलामा लगाइएको रोक जुनको अन्त्यसम्म बढाएको छ ।

लक्ष्मीनाराणले चेतावनी दिएका छन्, ‘यदी सामाजिक दूरी र सरसफाईको नियमलाई गम्भीरताका साथ लिइएन भने हामीसँग गम्भीर समस्या हुनेछ, जसलाई सम्हाल्न स्वास्थ प्रणाली तयार छैन ।’

भारतमा काम नलाग्ने एउटा नियम उमेर–विशेष लकडाउन हो । जहाँ, वृद्धवृद्धा घरभित्र बस्ने र युवाहरुलाई काममा निस्कने अनुमति हुन्छ । विश्वभर कोरोना भाइरसले वृद्धवृद्धाहरुमा ज्यान लिने जोखिम उच्च छ । अमेरिकामा ८० प्रतिशतभन्दा धेरै मृत्यु ६५ वर्ष वा त्यसभन्दा बढी उमेर समुहमा देखिएको छ ।

भारतमा तुलनात्मक रुपमा युवा जनसंख्या छ । देशको ४४ प्रतिशत जनसंख्या २४ वर्ष वा त्यसभन्दा कम उमेरको छ । सिआईए वल्र्ड फ्याक्टबुकका अनुसार इटलीमा यस्तो जनसंख्या २३ प्रतिशत र चीनमा २९ प्रतिशत छ ।

तर, अधिकांश भारतीयहरु संयुक्त परिवार अर्थात् तीन पुस्तासँगै बस्छन्, जसको अर्थ युवा पिढीं र पुरानो पिढींबीच पर्याप्त सम्पर्क छ भन्ने हो । क्याम्ब्रिज विश्वविद्यालयका गणितशास्त्री रोनोजोय अधिकारीले भने, ‘यसले भारतका वृद्धवृद्धालाई विशेषगरी जोखिममा राख्छ, गणितिय हिसाबले भन्नुपर्दा सामान्य लक्षणमात्रै देखिने दोस्रो र तेस्रो पुस्तामार्फत उनीहरुमा संक्रमण सर्नसक्छ । ’

अहिलेको समय भारतले भाइरसको खतरालाई कम गरेपनि गर्न धेरै बाँकी छ । सरकारले कामदार वर्गलाई सहयोग गर्नेगरी काम गर्नुपर्छ । ‘जसले लकडाउनको मुल्य चुकाएका छन्,’ शरनले भने ।

रेड्डी भन्छन्,‘चिसो मौसममा फैलनसक्ने सम्भाव्य महामारीका लागि तयार हुनेगरी सरकारले सार्वजनिक स्वास्थ प्रणालीलाई बलियो बनाउनुपर्छ ।’

‘यो एक महिने चुनौती होइन । यो १२ महिने चुनौती बन्दैछ,’ शरन भन्छन्,‘व्यक्ति, समाज, देश र सरकारका रुपमा हामीले कसरी प्रतिक्रिया जनाउँछौं । मेरो बुझाईमा यो १८ महिने राम्रो परीक्षा हो ।’

सीएनएनबाट

 

 





error: Content is protected !!