चिकित्सक माथी आक्रमण

नन्दा शाही
जाजरकोट , जिल्लाको बारेकोट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत चिकित्सक नवीन सहानी माथि हातपात गरिएको छ ।
चिकित्सक सहानी माथि गएराति अर्थात शुक्रवार साँझ केही युवाहरुले आक्रमण गरी घाइते बनाएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । उहाँले चिकित्सक सहानी माथि आक्रमण गर्ने तीन जनालाइ पक्राउ गरी सदरमुकाम ल्याईदै गरेको बताउनुभयो ।
सहानीलाइ आक्रमण गरेको अभियोगमा स्थानीय तिलक सिंह, चक्र वुढा र पदम नेपालीलाइ प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो । आक्रमणको भित्री पाटो के हो भन्ने कुरा अनुसन्धान पछि मात्र थाहा हुँने पन्त जानकारी दिनुभयो । आक्रमणबाट घाईते भएका डाक्टर सहानीको अनुहारमा २ वटा टाँका लगाएको छ ।
डाक्टर सहनी नेपाल सरकारको छात्रृत्ति कोटामा अध्ययन गरेर दुइ वर्षका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा खटिएका छन् ।





error: Content is protected !!