डोल्पा मुड्केचुला पीडा ः कर्मचारी नहुँदा कोरोना विरुद्ध काम गर्न समस्य

हेमन्त केसी
डोल्पा ः ‘लक डाउन’ भएकै दिन कार्यालय छोडेर गएका प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा नर्फकदा डोल्पाको मुड्केचुला गाउँपालिकाको आर्थिक कारोवार ठप्प भएको छ ।

गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले पटक , पटक कार्यालय प्रमुख मदनप्रसाद देवकोटालाई घर नजान आग्रह गर्दा पनि जवरजस्ती कार्यालय छाडेर गएका अधिकृत देवकोटा अहिले सम्म काममा नफर्कदा काम गर्न मुस्किल भएको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले गर्ने सवै काम प्रभावित भएको यहाँको भनाई छ ।

कोरेन्टाईन निर्माण देखि औषधि आपुर्ती सम्माका कामहरु उद्यारोमा गर्न बाध्य भएको उहाँको भनाई छ । स्वास्थ्य सहायता कक्षमा रहेका स्वास्थ्यकर्मीहरुलाई समेत निजी खर्चमा काम गदै आएको अध्यक्ष शाहीको भनाई छ । गाउँपालिका प्रमुख नहुँदा आफू रु ३० लाखको रिण लिएर काम गर्न बाध्य भएको उहाँले जानकारी दिनुभयो ।

खाद्यान्न आपूर्ती , जिल्ला बाहिर भएका नागरिकको उद्धार सम्माका कामहरु बोलीको भरमा हुँदै आएको उहाँको भनाई छ । कार्यालय प्रमुख देवकोटालाई तत्काल कार्यालयमा आउन आग्रह गरेपनि सरुवा भईसकेकोले अव आउन नसक्ने प्रतिक्रिया दिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

कार्यालय प्रमुखको व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकार र संघीय सरकारसँग आग्रह गरिएको भएपनि अहिले सम्मा व्यवस्थापन हुँन नसकेको गाउँपालिकाले जनाएको छ ।

कोरोना विरुद्ध गरिने सवै तयारीका कामहरु तिव्र गतीमा लिन नसकेको अध्यक्ष शाहीले पीडा सुनाउनुभयो । कर्मचारी नै नभएपछि कसरी काम गर्ने भन्दै यहाँले भन्नुभयो , “ अव कर्मचारी नै व्यवस्थापन नहुँने हो भने म पनि गाउँपालिका नै बन्द गरेर घरमा बस्छु , हात खुट्टा बाँधेर कसरी काम हुन्छ ? ” ठाउँ , ठाउँबाट समस्य परेर जनताले फोन गर्नुहुन्छ म के गर्नुसक्छु हैरान भइसक्यो उहाँले थप्नुभयो ।





error: Content is protected !!