नेकपामा बादल खास कत्ता ?

काठमाडौँ ः नेकपाको आन्तरिक तनावमा गृहमन्त्रीसमेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को भूमिका केकस्तो छ ? पूर्व माओवादी र पूर्व एमाले समूहभित्र यो प्रश्न धेरैले गर्ने गरेका छन् ।

माओवादी ‘जनयुद्ध’कालदेखि अध्यक्ष पुष्पकलम दाहालका निकट थापा अहिले सरकारमा भूमिकाको हिसाबले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीको निकट छन्। देशैभरको प्रशासन र शान्ति सुरक्षाको जिम्मा पाएको मन्त्रीका रुपमा गृहमन्त्री प्रधानमन्त्रीको सबभन्दा प्रमुख सहयोगी हुन्छ।

तर, लामो राजनीतिक सहकार्य र एकपटक छाडे पनि फेरि आफैसँग ल्याएर राष्ट्रिय राजनीतिमा महत्वपूर्ण जिम्मेवारी दिएकाले उनको दाहालसँग भावनात्मक निकटता छ। रामपुर चितवनको कृषि क्याम्पसमा सँगै पढेका दाहाल र थापाको दोस्ती उतिबेलै देखिको हो। त्यसैले नेकपाको एकताको भविष्य अन्यौलमा पर्‍यो भने थापाले के गर्लान्रु पछिल्लो समय चर्किएको पार्टीको अन्तरद्वन्द्वमा पनि थापाको भूमिकाबारे धेरैको मनमा जिज्ञासा छ।

नेकपामा अहिले थापा समूहका करिब ४० केन्द्रीय सदस्य रहेको एक नेता बताउँछन्। ४४१ सदस्यीय केन्द्रीय कमिटीमा जोडतोड र सकीकरण निर्माणका लागि यो अर्थपूर्ण अंक हो। त्यसैले परिस्थिति जटिला हुँदा यो समूह आफ्नो पक्षमा रहोस् भनेर ओली र दाहाल दुवैको चासो छ।

थापा निकट मानिने नेकपाका केन्द्रीय सदस्यहरु निर्णायक घडीमा थापा दाहालसँगै नजिक हुने बताउँछन्। ‘अहिलेको राजनीति र सरकारको काम हेरेर यो भन्न सकिन्छ, निर्णायक घडीमा थापाले पुरानै धार समात्छन्,’ उनीनिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘कथमकदाचित थापाले प्रधानमन्त्री ओलीलाई साथ दिने निर्णय गरे भने उनको समूहका धेरै नेता जाँदैनन्।’

कसरीरु ती नेता थप्छन्, ‘कालापानी होस् वा एमसीसी, ओम्नी होस् वा यति प्रकरणमा थापा समूहका नेता देव गुरुङ र पम्फा भुसालले संसद र सडकमा दिएका अभिव्यक्तिले यही भन्छ।’

तर प्रधानमन्त्री ओली निकट एक नेताको तर्क भने बेग्लै छ। उनी भन्छन्, ‘प्रधानमन्त्री र गृहमन्त्रीको सम्बन्ध राम्रो छ। अप्ठ्यारो अबस्थामा उहाँले प्रधानमन्त्रीलाई नै साथ दिनुहुन्छ।’

पूर्व माओवादी समुहका अर्का एक नेता भन्छन्, ‘बादलजी ठेगान भएको मान्छे हैन। लाभको पदका लागि माओवादीमा फर्किनु भएको थियो। अहिले लाभको पदमा हुनुहुन्छ, त्यो नछोड्न पनि सक्नुहुन्छ।’

थापानिकट नेताहरुका अनुसार अध्यादेशको विषयमा सोमबारको सचिवालय बैठकमा थापाले मध्यमार्गी (सरकारी) भाषा प्रयोग गरेका थिए। संवैधानिक परिषद्सम्बन्धि अध्यादेशको खाँचोबारे उनले बताएका थिए। नेकपाका एक नेताका अनुसार संवैधानिक परिषद्सम्बन्धि अध्यादेश विधेयकका रुपमा संसदमा दर्ता हुने तयारीमा थियो। यो विधेयकमा मन्त्रिपरिषदको विधेयक समितिको सदस्य (गृहमन्त्रीका रुपमा) को हैसियतमा थापाले हस्ताक्षर गरेका थिए। त्यही विधेयकलाई नै अध्यादेशका रुपमा ल्याइएकाले पनि उनले यसको समर्थन गरेका हुन्। निकै कम बोल्ने थापाले यसअघिका सचिवालय बैठकमा पनि ओलीलाई नै साथ दिँदै आएका छन्।

पछिल्लो उदाहरण, फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने विषयमा थापा ओलीकै लाईनमा बालेको सचिवालयका एक नेता बताउँछन्। जबकि त्यो बैठकमा पहिलोपटक महासचिव विष्णु पौडेल ओलीको बर्खिलापमा बोलेका थिए। उनले यूवराज खतिवडालाई राष्ट्रियसभामा निरन्तरता दिनु भन्दा गौतमलाई लैजानु उचित हुने तर्क राखेका थिए। सचिवालयमा बहुमत सदस्य बामदेवको पक्षमा हुँदा ओली, ईश्वर पोखरेल र थापा विपक्षमा रहेको बताइएको थियो।

बादल’को विगत

शान्ति प्रक्रियामा आएपछि ‘बादल’ चार वर्ष संसदीय राजनीतिबाट टाढा रहे। पहिलो संविधानसभा निर्वाचनपछि बनेको दाहाल नेतृत्वको सरकारमा उनी रक्षा मन्त्री थिए। उनी रक्षामन्त्री रहेकै बेला २०६६ सालमा ‘कटवाल प्रकरण’ भयो र यही कारणले दाहाल नेतृत्वको सरकारै ढल्यो। त्यो घटनालाई कतिपय वृत्तमा थापाको अपरिपक्व कामले पनि भूमिका खेलेको चर्चा अझै पनि हुने गरेको छ।

उनी पार्टी फुट्दा मोहन वैद्यतिर लागे र वैद्य समूहको महासचिव बने। चार वर्षपछि केही नेता लिएर फेरि पुरानै पार्टीमा फर्किए। त्यसपछि राष्ट्रियसभाको सदस्य भएर गृहमन्त्री बनेका थिए।

एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी ९बादल समूह०, नेकपा ९माओवादी०, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी (विद्रोही), नयाँ शक्तिका विद्रोही, नेकपाको एक समूह, नेकपा गौरवशाली पार्टी, वाम एकता मञ्च, जयपुरी घर्तीको स्वतन्त्र समूहको बीचमा पार्टी एकता भई २०७३ जेठ ६ मा (माओवादी केन्द्र) बनेको थियो।

त्यही माओवादी केन्द्र र एमालेबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो। त्यही एकताको विरासतमा रामबहादुर थापा ‘थापा’अहिले पार्टी सचिवालय र सरकारमा प्रभावकारी भूमिकामा छन्।





error: Content is protected !!