यार्सा संकलन कार्य बन्द गर्ने निर्णय

नन्दा शाही
जाजरकोट , ९ बैशाख ः आर्यआर्जनको मुख्य आधार बन्दै आएको यार्सागुम्वा यो वर्ष संकलनका कार्य रोकिने भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय डोल्पाको अगुवाईमा वसेको जिल्ला विपत व्यवस्थापन समितिको वैठकले यो निर्णय गरेको हो ।

वैठकले यो विषम परिस्थितिमा यार्सागुम्वा संकलन कार्य रोक्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । यहाँका अनुसार जिल्लाका अधिकाश जनप्रतिनिधिहरुको उपस्थितीमा यो निर्णय गर्नुका साथै कोरोना त्रासका कारण बढेको ‘लक डाउन’लाई अझै व्यवस्थित रुपमा बनाएर लिने , स्थानीय तहले कोरोनटाईन निर्माण देखि आईसोलेशन निर्माणका कामहरुको बारेमा समिक्षा समेत गरिएको छ ।

राहत प्याकेजलाई व्यवस्थित रुपमा वितरण गर्नका लागि सवै जनप्रतिनिधि र सरकारी अधिकारीले गतीका साथ लिने समेत प्रजिअ सुनारले जानकारी दिनुभयो । वैठकमा जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा , ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेसबहादुर शाही , काईके गाउँपालिका अध्यक्ष अंकत राना मगर , त्रिपुरासुन्दरीका नगरप्रमुख ओम बुढा लगाएका स्थानीय सरकारका प्रमुखहरुको सहभागिता रहेको थियो ।

वैठकले यार्सागुम्वा लगायत अन्य जडीवुटीको चोरी निकासी हुँन नदिका लागि शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज भित्र निकुन्ज र नेपाली सेनाले सुरक्षा दिने निर्णय आजैबाट लागु गरिएको छ । त्यस्तै सामुदायिक वन र राष्ट्रिय वनमा आजै देखि नाँका बन्द गरी सो ठाउँमा सशस्त्र प्रहरी बल , नेपाल प्रहरी ,डिभिजन वन कार्यालय र स्थानीय सरकारले निगरानी तथा सुरक्षा दिने निर्णय समेत गरिएको छ ।





error: Content is protected !!