सबैको रिपोट नेगेटिभ

ज्ञानु गौतम

रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकामा गरिएको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण गरिएका सबैको रिपोट नेगेटीभ आएको छ ।

नगरपालिकामा चैत्र महिना भित्र भारत तथा अन्य देशबाट प्रबेश गरेका वडा नम्वर १ देखि १४ सम्मका २०१ जनाको आर.डि.टी.जाँच गरिएको थियो । १८९ पुरुष र १२ महिला गरि जम्मा २०१ जनाको ¥यापिड डाईगोनोष्टिक टेष्ट गरिएको र सबैको रिपोट नेगेटिभ आएको चौरजहारी नगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा सह संयोजक डण्ड प्रसाद शर्माले जानकारी दिनुभयोे ।





error: Content is protected !!