नलगाडका कर्मचारीले जम्मा गरे कोरोना कोषमा आफ्नो तलव

जाजरकोट ः कोरोना नियन्त्रण , रोकथाम तथा उपचार कोषमा नलगाड नगरपालिकाका कर्मचारीले रु १ लाख ८१ हजार १ सय ११ रुपैयाँ जम्म भएको छ । यहाँका कर्मचारीले तीन दिनको तलव उक्त कोषमा जम्म गरेका हुँन् ।

कोषमा रकम जम्म गर्ने पहिलो नलगाड नगरपालिकाका कर्मचारी नै भएका छन् । कोराइन्टाईनमा बसेकाहरुको खाद्यान्न लगाएतका अन्य व्यवस्थाका लागि स्वास्थ्य शाखाका प्रमुख प्रचण्ड जंग कार्कीको नेतृत्वमा ३ जना लाई खटाउने निर्णय समेत भएको छ ।

दल्ली स्थित एनआईसी एसिया बैंकमा रहेको कोषको खातामा जम्मा गर्नका लागि नगरप्रमुख टेकबहादुर रावललाई प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले हस्तान्तरण गर्नुभयो ।





error: Content is protected !!