माफ गरिदिनुस् पैदलयात्रीहरू ?

कृष्णज्वाला देवकोटा
विवेक र संवेदनशीलता हुन्थ्यो भने सिंहासनहरू अहिले सर्म र ग्लानिले रोइरहेका हुन्थे , यो महामारीमा जताततै दुत्कारिएर खाली पेट सयौँ किलोमिटर पैदलयात्रा गरिरहेका यो देशका भुइँमान्छेहरूका तस्बिर अब इतिहास भएका छन् । यस्तो दर्दनाक इतिहास, जसले मानवता नै काम्नेछ । तर, ती तस्बिरभित्र सरकारको, पार्टीहरूको, नेताहरूको, सहरको, संविधानको र लोकतन्त्रको खास तस्बिर छ । पैदलयात्रीहरू १ यी सबैलाई र हामी सबैलाई माफ गरिदिनुस् ।

सबैभन्दा पहिला माफ गरिदिनुस्, पार्टीहरूका झन्डालाई । चुनावमा जताततै देखिने र टि–सर्टसमेतमा छापिने हँसिया–हतौडा र चारतारा अंकित झन्डाहरू तपाईंहरूसँग लज्जित छैनन्, किनकि ती झन्डामा अब केबल कपडा र रंग छ, प्राण छैन । ती निर्जीव टालाहरू मरिसकेका आन्दोलनहरूका स्मृतिचिह्न मात्रै हुन् । अन्यथा, ती तपाईंहरू हिँडेको राजमार्गमा भेटिने थिए । ती झन्डाको रातो रंग सहिदका रगतको प्रतीक हुँदो हो कुनै वेला । अब त्यसलाई नेताहरूले निजी उद्योगको लोगो बनाइसकेका छन् ।

पैदलयात्रीहरू १ पार्टीहरूलाई पनि माफ गरिदिनुस् । पार्टीहरूका लागि तपाईंहरू केबल मतदाता हो, जसलाई चुनावको अघिल्लो रात सजिलै किन्न सकिन्छ । तपाईंहरूसँग नागरिकता होला तर नागरिकताले गरिबलाई बढीमा मतदाता बनाउँछ, नागरिक होइन । तपाईंका पीडा बाँड्न र तपाईंका खुट्टाका ठेला गन्न आजका दिनको राजनीति कुनै समाजसेवा होइन । तपाईंको असहायता बाँड्न आजका पार्टीहरू कुनै जनसेवक संस्था पनि होइनन् । राजनीति त आज देशको सबैभन्दा व्यवस्थित उद्योग हो र नेताका निवासहरू सबैभन्दा चलायमान कर्पोरेट हाउस हुन् ।

यो देशमा जताततै पार्टी नै पार्टी छन्, पैदलयात्रीहरू र तिनले ओथारो बसेका अन्डा पार्टी त कति छन् कति रु युवा संगठन छन्, तर ती तपाईंको बाटोमा कतै थिएनन् । ती ठेक्कापट्टाका लागि हुन्, तपाईंलाई बाटो देखाउन होइन । व्यापारीका संगठन छन्, त्यो पनि टोलैपिच्छे । ती तपाईंलाई चामल बाँड्न होइन, नेतालाई चन्दा उठाउन गठन गरिएका हुन् । शिक्षक संगठन छन्, ती शिक्षाबाहेक हरेक काम गर्छन् । हरेक पार्टीका विद्यार्थी संगठन छन् । स्ववियु चुनाव जित्ने र क्याम्पस प्रमुखसँग हप्ता उठाउने तिनको लक्ष्य हो । पत्रकारदेखि कवि, बक्सरदेखि ठेकेदारसम्मका संगठन छन् । जिल्ला मात्र होइन, गाउँकै पनि सम्पर्क मञ्चहरू छन् । ती क्यालेन्डर निकाल्न, वनभोज खान र वेलाबखत नेताहरूलाई माला लगाउन खुलेका हुन् । तपाईंलाई राहत बाँड्न होइन ।

केही गरी घर पुग्नुभयो भने सरकारले भनेको समयमा बत्ती बालिदिनुहोला, राष्ट्रिय गान गाइदिनुहोला । अरू कसैको नक्कल गरेर अरू नयाँ आदेश पनि आउन सक्छन्, विनम्रतापूर्वक पालन गरिदिनुहोला । यो देशमा सरकार छ, कानुन छ भन्ने नबिर्सिदिनुहोला

नेपालमा पार्टीहरू भगवान्सरह सर्वव्यापी छन् तर तपाईंका लागि भगवान्सरह नै अदृश्य । कर्मचारी र मजदुर त हुने नै भए, मगरदेखि बाहुनसम्म संगठन छन् । देशमा यति बलिया पार्टी छन् तर खानुअघि हात धुनुपर्छ भन्ने सन्देशचाहिँ एनजिओहरूले फैलाइदिनुपर्छ । विद्यार्थी र युवा संगठनले साक्षरताको अभियान चलाउँदैनन् किनकि ती अब स्वयंसेवी रहेनन् । छाउपडी र छुवाछुत पार्टीहरूको दायित्व होइन किनकि त्यसमा व्यवसाय छैन । तपाईं यस्ता पार्टीहरू किन चाहिन्छ भनेर सोध्न सक्नुहुन्छ तर तिनको साथ नपाएकोमा दुःख मनाउ गर्न सक्नुहुन्न ।

पैदलयात्रीहरू १ संविधानलाई माफ गरिदिनुस् । त्यसको समाजवादी संकल्पलाई माफ गरिदिनुस् । राति–राति प्रहरीलाई छलेर भोकै प्यासै तपाईंहरूले पार गरेको राजमार्ग समाजवादी राजमार्ग थिएनन् । त्यो निर्जीव किताब अहिले अहंकारी शासकहरूको सेवामा छ । संविधानका अक्षरबाट निस्केर त्यो तपाईंका बाटामा सुविधा भएर छरिनेछैन । खोस्न सक्नुभएन भने संविधान केबल लोकसेवाका परीक्षार्थीलाई काम लाग्नेछ । तपाईंहरू यस्तो लोकतन्त्रमा हुनुहुन्छ, जहाँ लोक मरिरहेको छ तर तन्त्रलाई केही फरक परेको छैन ।

माफ गरिदिनुस् एनजिओ–आइएनजिओलाई पनि । तिनका प्लेकार्ड बाहिरै बनेर आउँछन् । तिनका नारा बाहिरै तयार हुन्छन् । गरिबीविरुद्ध कुनै एनजिओले माइतीघरमा प्लेकार्ड उठाएको देख्नुभएको छ रु तपाईंलाई हात दिएर यो समाज भाँडिँदैन । त्यसैले तपाईंका लागि कुनै एनजिओ उभिँदैन ।

सबैभन्दा बढी त सहरलाई माफ गरिदिनुस् । सहरका लागि तपाईं बाहिरिया हो । तपाईंको गोजीको नागरिकता काठमाडौंमा पनि चल्न त्यो कुनै एटिएम कार्ड होइन । मेयरसाबहरू जनताका मेयर होइनन्, मतदाताका मेयर हुन् । तपाईं मतदाता त होइन नि काठमाडौंमा । श्रम चाहिएको हो काठमाडौंलाई, तपाईं होइन ।
पैदलयात्रीहरू १ माफ गरिदिनुस् प्रमुख प्रतिपक्षी दललाई । अतीतका कलंकको भारीले जताततै नाजवाफ नेतृत्वले सिंगो पार्टीलाई प्रतिरक्षात्मक बनाएको छ । राजदूत, संवैधानिक निकाय र आफ्नै पार्टीको टिकटसमेत बेच्नेहरू के फाइदाका लागि उभिन्छन् र तपाईंहरूसँग ?

र, माफ गरिदिनुस् ‘गौरवशाली’ नेकपालाई । माफ गरिदिनुस् ती सबैलाई, जो नेकपाका साना–ठूला सिंहासनमा छन् । कता–कता लाग्छ, तपाईंहरूको यो कारुणिक सडकयात्रा नेपालको कम्युनिस्ट आन्दोलनको शवयात्रा हो । कमरेडहरूले गैती, बेल्चाका गीत गाए । सबै बराबर हुने साम्यवादका सपना देखाए । भावनामाथि खेलेर यहाँ आइपुगे । कमरेडहरू अब भावुक नहुन सल्लाह दिन्छन् । ठीकै छ, सरकार चुक्यो तर के गर्‍यो त नेकपाले रु एसियाको तेस्रो ठूलो कम्युनिस्ट पार्टी तपाईंका लागि किन रमिते मात्रै बन्यो रु यतिखेर नपाएको पार्टी किन चाहिन्छ कसैलाई ?

माफ गरिदिनुस् राष्ट्रपति र सरकारलाई पनि । उहाँहरू त्यसै पनि मिडिया आदरार्थी नभएकोमा रुष्ट हुनुहुन्छ । कामले हासिल गर्नुपर्ने इज्जत उहाँहरू पदले किन्न चाहनुहुन्छ । होली वाइनले लठ्ठिएर यतीको जहाजमा ओम्नीको काखमा सुतेको छ आजको वामपन्थ । मजदुरका नेता प्रधानमन्त्रीका सारथि छन् । यो सानो उपलब्धि होइन आन्दोलनको । पैदलयात्री १ इतिहास पढ्नुस्, इतिहास ।

पैदलयात्री १ यो सामान्य देश होइन । सरकारी खरिदमा नियम र गुणस्तरको प्रश्न उठाउने कर्मचारीलाई कारबाही गर्ने अनि भ्रष्टाचारका अभियन्ता पुरस्कृत हुने देश हो यो, सरुवा रोगका विशेषज्ञ डाक्टरलाई मन्त्रालयमा तानेर कोरोनाबारे प्रधानमन्त्रीले गलत प्रवचन दिने विचित्र देश १ सरकारले तोकिसकेपछि तपाईंहरू लकडाउनमै बस्नुपथ्र्यो पैदलयात्री १ तपाईंहरूका समस्यासँग सरकारको के सरोकार र ?

र, अन्त्यमा तपाईंहरूले आफैँलाई पनि माफ गरिदिनुहोला । तपाईंको आजको लाचारी खासमा सिंहासनमा बस्नेहरूको लाचारी हो । विवेक र संवेदनशीलता हुन्थ्यो भने सिंहासनहरू अहिले सर्म र ग्लानिले रोइरहेका हुन्थे । शासकहरू शासनको परीक्षा दिन तयार छैनन् तर तपाईंहरूसँग शासितका सबै परीक्षा लिन प्रतिबद्ध छन् । केही गरी घर पुग्नुभयो भने सरकारले भनेको समयमा बत्ती बालिदिनुहोला, राष्ट्रिय गान गाइदिनुहोला । अरू कसैको नक्कल गरेर अरू नयाँ आदेश पनि आउन सक्छन्, विनम्रतापूर्वक पालन गरिदिनुहोला । यो देशमा सरकार छ, कानुन छ भन्ने नबिर्सिदिनुहोला नयाँ पत्रिकामा उल्लेख छ।





error: Content is protected !!