इट्टाभट्टाका मजदुर र विद्यार्थीलाई हमालको सहयोग

काठमाडौँ ः कोरोना भाईरसको जोखिमका कारण बन्दाबन्दी हुँदा दैनिक ज्याला मजदुरी गरेर छाक टार्न मुस्किल भएका र समस्यमा परेका विद्यार्थीलाई सहयोग गरिएको छ ।

भेरी नगरपालिका –११ जगतीपुर घर भएकी प्रतिमा हमालले भक्तपुरका विभिन्न इट्टाभट्टामा काम गर्ने मजदुर र काठमाडौंका विभिन्न ठाउँमा अलपत्र परेका कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीहरुलाई सहयोग स्वरुप राहत वितरण गर्नुभएको हो । व्यत्तिःगत खर्चमा उहाँले खाद्यान्न र ग्यास सहयोग गर्नुभएको मजदुरले बताएका छन् ।

आफ्नो बाल्यावस्था देखिनै आर्थिक र कठिन परिस्थिती सँग संघर्ष गर्दै आएकी उनी सुखलाई भन्दा दुःखलाई बढि बुझ्न बाध्य भएकाले पनि समाजसेवामा लागेको उहाँको भनाई छ ।

प्रतिनिधिसभा सदस्य सत्य पहाडीको समन्वयमा काठमाडौँका बिभिन्न ठाउँमा समस्य परेका जाजरकोट , डोल्पा र सुर्खेतका सर्वसाधारणलाई राहत वितरण गरिएको हमालले जानकारी दिनुभयो । काठमाडौँमा अन्य कोही समस्यमा परेको भए तत्काल आफुलाई खवर गर्न समेत उहाँले आग्रह गनुभयो ।





error: Content is protected !!