यसरी हटाऊँ अनुहार छुने बानी

कोरोना भाइरस (कोभिड–१९) हावाभन्दा पनि हातका माध्यमबाट आँखा, मुख तथा नाक हुँदै सहज प्रवेश हुने विज्ञहरूले बताउँदै आएका छन् । एक सर्वेक्षणअनुसार मानिसले प्रत्येक एक घन्टामा तीनदेखि चारपटक अनुहारका विभिन्न भाग छुने गर्छ । यसकारण भाइरसको संक्रमण फैलिन नदिन व्यक्ति स्वयं सजग हुन आवश्यक छ । हात र शरीरमा कोरोनाको संक्रमण फैलिएको भए पनि आँखा, नाक, मुखबाट भाइरस छिर्न नदिनु बुद्धिमानी हुन्छ ।

एक सर्वेक्षणअनुसार मानिसले प्रत्येक एक घन्टामा तीनदेखि चारपटक अनुहारका विभिन्न भाग छुने गर्छ ।

विनाकाम अनुहारमा हातले पटकपटक छुने मानव प्रवृत्ति नै हो । यस्तो बानी हटाउँदै क्रस ह्यान्ड राख्नु उपयुक्त हुन्छ । सार्वजनिक सवारीसाधन तथा शंकास्पद स्थानमा छोइहाले पनि हातलाई सकेसम्म अनुहार छुनबाट नियन्त्रणमा राख्नुपर्छ ।

हातमा हुने संक्रमण नांगा आँखाबाट देख्न सकिँदैन । बजारमा पाइने सर्जिकल पन्जाले जीवाणुलाई छालासँग सीधै ‘कन्ट्याक्ट हुनबाट रोक्छ । बस, अफिस तथा घरबाहिर यात्रा गर्दा पन्जाको प्रयोग गरेमा यसले जीवाणुसँग सीधै छालाको सम्पर्क हुन दिँदैन । पन्जाको प्रयोगले वेला–वेला अनुहारमा छुने बानीमा पनि कमी आउँछ ।

हामीले अनायासै दिनमा धेरैपटक हात र अनुहार सम्पर्कमा ल्याइरहेका हुन्छौँ । मस्तिष्कको चेतविना नै सम्पर्कमा आउने हात र अनुहारलाई नियन्त्रण गर्ने हो भने मस्तिष्कलाई नै राख्नुपर्ने हुन्छ । आँखा चिलाउने, चिउँडोमा हात राख्नेवेला दिमाग सजग राख्नुपर्छ ।

अनुहारमा हात लानबाट पूर्ण नियन्त्रण गर्न सहज पक्कै छैन । त्यसैले, पटकपटक हात धुने गर्नुपर्छ । स्यानिटाइजरको प्रयोग गरेर हातलाई भाइरसमुक्त गराउनु सबैभन्दा उपयुक्त उपाय हो । हातमा संक्रमण नभएपछि अनुहारमा छोइहाले पनि कम मात्रै जोखिम हुन्छ ।





error: Content is protected !!