आलोचना गर्ने हाम्रो जवाफ ः कुकुर कराउदै गर्छ हाति लम्कदै गर्छ – नगरप्रमुख शाही
भुगोलका हिसाव ठुलो र जनसंख्यकाका दृष्टिले कम भएको डोल्पा ? त्यसभित्र डोल्पाको मुटु भनेर चिनिने र सवैको आँखा लाग्ने ठाउँ हो , ठुलिभेरी नगरपालिका ! सदरमुकाम समेत रहेको ठुलिभेरीमा विकास अनि संमृद्धीका हिसावले अरु स्थानीय तहले ठुलदाई मान्नुपर्ने एकातीर चर्चा त छदै छ , अर्को विमानस्थल यही ठुलिभेरी नगरपालिकामा छ । यही नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीसँग पत्रकार बालकृष्ण डांगीले गरेको कुराकानीको सम्पादित अंश ।
‘लकडाउन’को प्रभावकारिता कस्तो छ ?
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड –१९) ले पारेको प्रभावबाट ठुलिभेरी नगरपालिका अछुतो हुँने कुरा भएन । विकास र प्रविधिका हिसावले जब्बर रहेका अमेरिका,चाइना,इटली र स्पेन लगायतका देशहरु समेत भारीम मात्रामा प्रभावित भएका छन् । माववद्धारा सृजित न्युयोर्क,पेरिस ,बर्लिन,बुहान जस्ता ठाउँ तथा देशहरु भयभित भएका छन् । कोरोनाकै कारण मानव जगतमा प्रश्नचिन्ह खडा गरेको छ । यस घडीमा कोरोना भाईरसको विकराल महामारीलाई ख्यालठट्टाका लिनु हुँदैन भन्ने मेरो वुझाई हो । त्यस कारण म मेरो नगरवासी सर्वसाधारण सवैलाई यो सरकारको निर्णय लाई कडाईका साथ पालन गर्न अनुरोध गर्दछु । हामीले नगरपालिकाको ३ वटा नाका (भेत्ती,कागनी,व्यासगाडमा) आवतजावतमा प्रतिवन्ध लगाएका छौँ ।
२ ‘लकडाउन’का कारण बारेमा उठेका केही टिप्पणीहरु छन् ? ति सकरात्मक र नकरात्मक दुवै छन् , त्यसमा के छ तपाइको बुझाई ?
मेरो जीवनमा अप्ठेरो र असजिलो केही छैन,कुरा काट्नेले कुरा काट्दै गर्छ ? एउटा भनाइ छ कुकुर कराउदै गर्छ हाति लम्कदै गर्छ ,तर पनी मनमा लागेको कुरा क्वारेन्टाइनमा बसेका नागरिकहरु लाई केन्द्र तथा प्रदेश सरकारले आफुसंग कुनै सूचना नगरी एक्कासी पठाउदा बाटोमा हाम्रा नागरिकले दुख पाउनुभयो । हामीलाई जिल्ला प्रशासन कार्यालय र ३ वटा सुरक्षा निकायहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । उहाँहाहरुको समन्वय र सहकार्यमा क्वारेन्टाइनको आवश्यक व्यवस्था गर्न सफल भयौं । फाल्गुण २८ को बैठकले म लगायत वडा नं ५का वडाध्यक्ष कर्ण बहादुर रोकाय,वडा नं ६का वडाध्यक्ष धर्मलाल बुढा र पशुपंक्षी शाखा प्रमुख टेक बहादुर केसी सहितको टिम हिमाली जिल्ला मनाङको स्याउ फर्म अवलोकन गर्ने र ठुलिभेरीलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ फर्किने क्रममा ‘लकडाउन’मा पर्यौ । वडा नं ५का वडाअध्यक्ष कर्णबहादुर रोकाय ‘लकडाउन’मा नेपालगन्जमा परी हाल सरस्वती मावि दुनैमा वारेन्टाइनमा छन् ।
हाल म र वडा नं ६का वडाध्यक्ष धर्मलाल बुढा अझै जुफाल क्वारेन्टाइनमा छौं। काम गर्दा चुनौती आउछन् यसलाई सामान्य रुपमा लिएको छुं ।
राहत वितरण र स्वास्थ्य सेवा प्रभावकारी बनाउन के का भएका छन ?
‘लकडाउन’को जटिल परस्थितिलाई सामाना गर्न ठुलिभेरी सम्पुर्ण विधि प्रकृया र यो परस्थितिले उत्पन्न हुन सक्ने भोकमारी, आईपर्ने बिपद् व्यवस्थापनका लागि तत्काल रु १०लाखको विपद् व्यवस्थापन कोष र समिति गठन भैसक्यो ।सचेतना फैलाउन सम्पुर्ण जनशक्ति परिचालन गरिएको छ । मास्क र सेनिटाइजरको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने, खाने कुरा राम्रोसँग पकाएर मात्रै खाने लगायतका कुरामा नगरवासीलाइ सचेतना गरिएको छ । प्रत्येक शिक्षित नागरिकले सचेतना फैलाउन अनुरोध गरेका छन् । सानो लापरवाहीका कारण पालिका खतरा पर्ने कुरामा नागरिकलाई सचेत गराइएको छ । वडा नं. ६वडा अध्यक्ष धर्मलाल बुढाजीको संयोजकत्वमा स्वास्थ्य इकाई गठन भैसकेको छ । पर्याप्त औषधि उपकरण प्रत्येक वडाका स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।
सामुदायिक स्वास्थ्य केन्द्रमा नुन केही स्वयंसेवक खटाउने निर्णय भएको छ । तेल तथा खाद्यान्न पदार्थको कमी हुन नदिन नेपाल खाद्यन्न शाखालाई र निजी खाद्य पसललाई तयारी राखेका छौँ ।कुनै खाद्य विक्रेताले कालावजारी तथा कृत्रिम अभाव सृजना गरेमा कडा कारवाही गरिने र सम्वन्धित वडा अध्यक्ष तथा सदस्यहरुलाई अनुगमनको सम्पुर्ण अधिकार तोकिएको छ । दैनिक ज्याला मजदुरी गर्ने निम्न आय भएका व्यक्ति,दलित,अपांग,एकल नागरिक,वृद्ध, वृद्धा लाई ३ दिनभित्र सूची तयार गरी खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको राहत प्याकेज दिने निर्णय भैसक्याछ । वडाबाट तथ्यांक आउदा वितिकै वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
क्वारेन्टाईनको व्यवस्था कस्तो छ ?
सरस्वती मावि दुनैमा ३३, आदर्शमावि जुफालमा १३ , गौंरी प्रावि डाँगीवाडामा ९ , बिद्यामन्दिर माझफालमा २१ बसीरहेनुभएको छ ।प्रत्येक क्वारेन्टाईनमा बस्नेलाई चाहिने खाना¸ग्याँस¸कपडाहरु लगायतका सामग्रीहरु व्यवस्था गरेको छौं । निरन्तर अनुगमन र समन्वयका लागि सम्वन्धित वडाका वडाध्यक्ष तथा सदस्यहरुलाई सक्रिय सहयोग र समन्वय गर्न निर्देशन दिएका छौं ।
कोरोना भाईरस रोकथामका थप प्रयासहरु भएका छन् ?
डोल्पाबासीको जाँच वडा नं ९ मोतिपुर र वडा नं ३ को कालिकास्थानमा गरेका छौं ।जनशक्ति परिचालनस्वास्थ्य¸प्रशासन लगायत कार्यालयमा रहेका जनशक्तिलाई आवश्यकतानुसारका विभिन्न कार्यहरुमा खटनपटन गरिएको छौं ।
औषधि तथा मेडिकल सामग्रीहरुको व्यवस्थापन ३ वटा हेल्थपोष्ट लगायत सामुदायिक स्वास्थ्य केन्द्रमा कोरोना भाईरस रोकथामका लागि आवश्यक पर्ने मास्क , सेनिटाईजर, सर्जिकल ग्लोप्स , पीपीई¸थर्मोमिटर ईत्यादिका अलावा अत्यावश्यक सामग्रीहरुको तयारी गरीराखेको अवस्था छ ।
जनताको स्वास्थ्यलाई सर्वौपरी ध्यानमा राखेर नगरपालिकाले क्रियाकलापलाई अगाडी बढाएको छौं । तथ्यांक संकलन डोल्पा जिल्ला बाहिरबाट आएकाहरुको तथा राहत वितरण गर्ने प्रयोजनका लागि निरन्तर रुपमा लागत तयार गर्ने कार्यहरु भईराखेको छ । सचेतना अभियानमा रेडियो¸अनलाईन पत्रिका¸ सामाजिक सञ्जाल¸तथा वडास्तरबाट समेत कोरोना भाईरस विरुद्धको सचेतना अभियान जारी छ ।