बाल—बालिकाहरूको लागि निशुल्क डिजिटल एप सार्वजनिक

कोरोनाभाइरसको कारणले लाखौँ बाल—बालिकाहरू पढ्नुमाबञ्चितभइरहेका बेला फ्युचर एजुकेशनअफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट)कम्पनिले निशुल्क नेपाली वर्णमाला डिजिटल एपगुगलप्ले स्टोरमा सार्वजनिकगरिएको छ । साथै यो एपमाबाल—बालिकाहरूको लागिजनचेतनामूलककोरोनाभाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने भनेर सन्देश पनि राखिएको फेस्ट कम्पनिका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिनुभएको छ ।
नेपाली वर्णमाला नेपालीबाल–बालबालिकाहरूको लागितयार पारिएको नेपाली डिजिटल एपहो । यो एपले बाल—बालिकाहरूको बौद्धिकतथामानसिकविकासकालागितयार पारिएको पाठय्क्रमएपहो । खेल तथा मनोरञ्जनमा पनि यो एपले बौद्धिक विकासमा झन सहजपुग्ने छ ।
यस एपमा भिडियो मार्फत तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्धारा बाल—बालिकाहरूको ध्यान केन्द्रित गराई, बाल—बालिकाहरूको समय मानसिक तथा बौद्धिक विकासमा लगाउने छ । नेपाली वर्णमालएप नेपालीमा प्रस्तुत गरिएको छ, साथै यो एप समय समयमा अपडेट गर्दै नेपाल रैथाने मौलिक भाषामा पनि बनाइने फेस्ट कम्पनिका संस्थापक तथा सिइयो विक्किमहतले जानकारी दिनु भयो । साथै यो एपमा प्रत्येक हप्ताको एक पटक अपडेट हुनेछ । नेपाली वर्णमालामा सात सूचीहरू समावेश गरिएका छन । नेपाली व्यन्जनवर्ण, नेपाली स्वरवर्ण, चित्र बनाऊ, नेपाली संख्या, दिमागी खेल, नेपाली दूरदर्शन, ध्वनीदर्शन समावेश गरिएको छ ।
फेस्टमा विभिन्न क्षेत्रसंग सम्बन्धित सफ्वेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्थाप निगरिरहेको छ । फेस्ट कम्पनिले प्रविधिको क्षेत्रमा विगत ६वर्ष देखिनिरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेक संस्थापक पावन भट्टले जानकारीे दिनुभएको छ ।





error: Content is protected !!