हमालले ४२ सय मास्क गाउँपालिकालाई सहयोग

बिनोद घर्ती
जाजरकोट ः नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) समाजसेवी युवानेता तप्त हमालले ४ हजार २ सय मास्क कुशेगाउँपालिकालाई हस्तन्त्रण गरेका छन ।
‘लकडाउन’ समयमा आफ्नो ज्यान नै धरापमा राखी जाजरकोट सदरमुकाम खलंगाबाट करिव एन दिनको यात्रामा कुशेगाउँपालिकामा गही यृुवा नेता तप्त हमालले कुशेगाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत खेमराज थापालाई माक्स हस्तान्त्रण गरेको हुन ।
नोवेल कोरोना भाईरस (कोभिड–१९) को जोखिमबाट जोगिन र जोगाउन आफ्नो कुशे गाउँपालिकाका जनताहरुलाइ मास्क वितरण गरिएको नेता हमालले जानकारी दिनुभयो ।
केही दिन अगाडी बन्दाबन्दीकै समयमा नेता हमालले आफ्नो गाउँपालीकाका जनताहरुलाई माक्स बाड्न पाइएन भन्दै स्टार टिभि नेपाल संग गुनासो गरेता पनि अहिले आफै गएर गाउँपालिकालाई माक्स हस्तान्त्रण गरेर गाउँमा कोरोना रहित गाउँ बनाउन र जनताहरुलाई कोरोना विरुद्ध जनचेतना सन्देश दिन पाउदा म खुसी छु भन्दै खुसी व्यक्त गरेका हुन ।
त्यस्तै समाजसेवी युवा नेता हमालका अनुसार आफूले कोरोना विरुद्ध रोकथामको लागि गाउँपालिकालाई मास्क मात्रै हस्तान्त्रण नभएर सरकारले आव्हान गरेको ‘लकडाउन’ अवधीभर आफ्नो घरमा घरभाडामा लिई बस्नेहरुबाट जिल्लामानै पहिला पटक घरभाडा नलिने घोषणा गरेको हमालले जानकारी गनुभएको थियो ।










