ओली–प्रचण्डबीच तीन विषयमा डेढ घन्टा कुराकानी

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समसामयिक विषयमा डेढ घन्टा कुराकानी भएको छ । बुधबार अपराह्न ४ बजेदेखि साँझ ५ः३० बजेसम्म तीन विषयमा केन्द्रित भएर कुराकानी भएको छ ।

चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको सम्बन्धमा आएका समाचार, सीमा क्षेत्रमा रोकिएका नेपाली र गरिब तथा मजदुरलाई राहत दिने सम्बन्धमा छलफल भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । दुई अध्यक्षबीच सकारात्मक कुराकानी भएको उनले बताइन् ।





error: Content is protected !!