घर , घरमा सावुन बाँड्दै , जनचेतना फैलाउदै

जाजरकोट ,कोरोना भाइरसबाट जोगिन र जोगाउनका लागि नलगाड नगरपालिका – ८ हल्चौरका नरबहादुर नेपाली अहिले घर ,घरमा सावुन वितरण गर्न व्यस्त रहेका छन् ।
एक घर एक सावुन वितरण गर्ने लक्ष्यका साथ उहाँ अहिले घर , घरमा पुगेर जनचेतनाका साथै हात धुने विधि समेत जानकारी गराईरनुभएको स्थानीय यूवा लालबहादुर बस्नेतले जानकारी दिनुभयो ।
५५० थान लक्स सावुन लिएर नरबहादुरले हल्चौर , स्वाँरा , सिमा , कोरिन्चे , ताँसे , लुपाना र मंसिरीमा गएको बस्नेतले बताउनुभयो ।







