सहजतामा आकाशका तारा झार्ने गफ दिने तर समस्या भाग्ने ?

निरज आचार्य

जाजरकोट जिल्लाबाट ज्याला मजदुरी गर्न नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, काठमाण्डौं, तनहुँ, पर्सा लगायतका जिल्लामा आएका मजदुरहरु लकडाउनका कारण खाना बस्न र घर फर्कने अफ्ठ्यारोका कारण उनीहरुको दैनिकीमा समस्या हुँदै आएको छ ।

मेरो कुराकानी भएअनुसार नुवाकोटबाट आज बिहानै जगतिपुरका कृष्ण आचार्य समेतको समूह नारायणघाटसम्म पैदल जाने भनेर हिँड्यो । नारायणघाटबाट जाजरकोट फर्कने गाडी भेट्ने उद्देश्यले उनीहरु पैदल हिँडेका छन। जाजरकोटको डााडागाउँको २१ जनाको समूह नुवाकोटको पञ्चकन्यामा छन् । काठमाण्डौं महानगरपालिका वाडा नं। ३२ बाकुमारी पुल वारी नलगाड नगरपालिकाका तिलक कामीसहित २० जनाको समूह छ ।

भक्तपुर नयाँठिमीको कमेरेटारमा जगतिपुर, पुन्मा लगायतका ४५ जनाको समूह छ । काभ्रेको मण्डन देउपुरमा भुरका गौरीबहादुर केसी लगायत २१ जनाको समूह छ । सिन्धुपाल्चोकमा पुन्माको १५÷२० जनाको समूह छ । तनहुँको भानु नगरपालिकामा नलगाड नगरपालिकाका धनबहादुर चदारा लगायतको २० जनाको समूह छ ।

पर्साको वीरगञ्जमा जगतिपुर , भुरतिरको एउटा समूह छ । सबै जनाका साझा समस्या छन्, खानालाई रासन छैन, घर जान गाडीको पास मिल्दैन त कतिपय सँग भाडासमेत छैन । मेरो सम्पर्क हुन नसकेका अरुधेरै साथीहरु विभिन्न ठाउँमा समस्या झेलिनै रहनु भएको होला । यो मेरो जानकारी र प्रत्यक्ष कुराकानी भएकाहरुको मात्र उल्लेख गरेको छु ।

केही दिनअघिसम्म मजदुरहरुलाई घर र्फकन पास व्यवस्था गर्दै आएको जिल्ला प्रशासन कार्यालयले पास दिन बन्द गरेका छन् । उनीहरु जहाँ काम गरिरहेका छन् उनका ठेकेदारहरुले हाम्रो बजेट निकासा भएको छैन तिमीहरुलाई भाडा दिन सक्दैनौँ भनेर पन्छिइ रहेका छन् ।

मजदुर साथीहरुलाई मेरो अनुरोध छ, अब केहीदिन घर फर्कने कुरामा जोड नगरौँ । आफ्नो स्वास्थ सावधानीलाई विशेष ख्याल गर्नुहोस् । लकडाउनसम्मको अवधिसम्मको लागि तपाईंहरुलाई रासनको व्यवस्स्थापनका लागि स्थानीय सरकारका प्रतिनिधि र पार्टीका कमरेडहरुको सम्पर्क खोज्दै कुराकानी भइरहेको छ, व्यवस्था हुन्छ । तपाईंहरु निरन्तर सम्पर्कमा रहिरहनु होला र दुःख अफ्ठ्यारोको शेयरिङ भइरहोस

। घरमा बसिरहेका आफन्तहरुले पनि उहाँहरुलाई जसरी पनि घर आईजाउ भनेर प्रेसर नगरिदिनुहोस्, बरु सुरक्षित र सावधानीपूर्वक जहाँ हुनुहुन्छ त्यहिँ बस्न र परिस्थिति अलि सहज भएपछि मात्र घर फर्कनु भनेर सल्लाह दिनुहुन परिवारजनमा हार्दिक अनुरोध गर्दछु । परिस्थिति अलि सहज भएपछि उहाँहरुलाई घर फर्कने कुरामा हामी अवश्य सहयोग गर्नेछौँ।

यो संकटको घडी हो, भनेजस्तै सबै ठाउँमा नहु नसक्ला अवश्य हामी सबैले संयमता अपनाउने नै छौँ । तर, सरकारका संयन्त्रहरुले सरकारले बनाएका नीतिहरुको आधारभूत कार्यन्वयनमा ध्यान देओस , सहजतामा आकाशका तारा झार्ने गफ दिने जब समस्या सामन्यमा आउँछ उसले उसलाई उसले उसलाई देखाउँदै पन्छिने होडमा नलाग्न मेरो अनुरोध छ।

मिडिया खपतका लागि गफ नगर्न र जहाँ जति सकिने हो मन, वचन र कर्मले सहयोग गर्न सम्बन्धित पक्षलाई विनम्र अनुरोध छ ।
निरज आचार्य
केन्द्रीय सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१९ चैत २०७६





error: Content is protected !!