भेरी नगरपालिकाका नगरप्रमुखको अनुरोध

आदरणीय सम्पुर्ण महानुभावहरु हार्दिक नमस्कार
बिश्वब्यापी महामारीको सङ्क्रमण फैलिनबाट आमनागरिकलाई जोगाउनको निम्ति नेपाल सरकारले घोषणा गरेको देशब्यापी लकडाउनको आज चौथो दिन पुगेको छ।

यस अवधिमा सम्पुर्ण वडा समितिका पदाधिकारीहरु, स्वास्थ्यकर्मी साथीहरु, सुरक्षाकर्मी मित्रहरुलगायत सरोकारवाला सम्पुर्ण निकायका साथीहरू अत्यन्त जिम्मेवारपुर्णढङ्गले पुर्ण सावधानीकासाथ अग्रमोर्चामा खटिरहनुभएको छ। तर पनि धेरै नागरिकहरुले यो निर्देशन र पहलकदमीलाई अवमुल्यन र अटेरी गर्दै समुहमा विभिन्न गतिविधिहरु समुहमा माछा मार्न जाने, क्यारमबोर्ड, लुडो, तास आदि लगायतका खेलहरु मा सङ्लग्न भैरहेको जानकारी हामीलाई प्राप्त भैरहेको छ।

सम्पुर्ण सवैलाई अवगत रहोस, यो महामारीको मात्र पहिलो चरण हो। यदी यो महामारी दोश्रो चरणमा प्रवेश गरेको खण्डमा मानवसभ्यताको आधुनिक कालखण्डमा अकल्पनीय माववीय क्षतिको युग शुरु हुनेछ, जुन तथ्यता र सत्यता अहिलेका पीडित देशहरु इटाली, स्पेन, चिन लगायतका मुलुकहरुबाट बुझ्न सकिन्छ।

तसर्थ लकडाउनको पुर्णपालना गरौ। अन्यथा सम्भावित अनिष्ट रोक्नको निम्ति सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ तुरुन्त आकर्षित भएर कारबाही अगाडी बढ्न सक्नेछ। धन्यवाद।

चन्द्रप्रकास घर्ती ( भेरी नगरपालिका , नगरप्रमुख )





error: Content is protected !!