परीक्षार्थी बास खोज्दै हैरान !

हेमन्त केसी
जाजरकोट , भेरी नगरपालिका – ३ न्यूरोडका ईश्वरी खत्री माध्यमिक शिक्षा परीक्षामा छोरीलाई सहभागी गराउन नलगाड नगरपालिका – ७ दल्लीमा जाने तयारीमा हुनुहुन्छ ।

अहिले सम्म घर नछोडेकी उहाँकी छोरी सर्वणा खत्रीलाई दल्लीमा बसाई र अपरिचित ठाउँमा कसरी परीक्षा दिलाउने भन्ने चिन्ताले सताएको छ । खत्रीको घर नजिकै त्रिभुवन माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षाको परीक्षा केन्द्र भएपनि सो ठाउँमा परीक्षा दिन उहाँले पाउनुभएन । यहाँलाई १ दिन टाढाको दुरीमा रहेको दल्ली परीक्षा केन्द्रबाट परीक्षामा सहभागी गराउन केन्द्र तोकिएको छ ।

यहाँ जस्तै कर्णबहादुर खत्रीकी छोरी निशा खत्री पनि पहिलो पटक घर छोडेर दल्ली स्थित परीक्षा केन्द्रमा परीक्षा दिन जाँदै हुनुहुन्छ । छोरा, छोरीसँग अभिभावकहरु सन्तानको व्यावस्थापनका लागि जाँदै गरेको ईश्वरी खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो , “ परीक्षामा धेरै विद्यार्थीहरु सहभागी हुँदैछन् , ठाउँ सानो छ , कसरी कोठा व्यवस्थापन गर्ने नानीहरुलाई चिन्ता लागेको छ , सरकारले के गरेको होला यस्तो , विद्यार्थी र अभिभावकलाई यातना ? ”

त्यस्तै दल्लीका विद्यार्थीहरु तल्लु स्थित बीरेन्द्र हिमालय माविमा रहेको परीक्षा केन्द्रमा सहभागी हुँदैछन् । उनीहरु पनि अभिभावकहरुको सहारामा बास खोज्दै स्थानीयवासीहरुको घरमा भौतारिरहेका छन् । खानेपानी , विद्युत र बासको राम्रो व्यवस्थापन नभएको ठाउँमा परीक्षा केन्द्रहरु राखिदा परीक्षार्थीहरुको मानसिक रुपमा तनावमा रहेको पाईएको छ ।

विद्यार्थीको संख्य जतीकै अभिभावकको संख्य हुँदा बास समेत बस्न ठाउँको अभाव हुँने गरेको अभिभावकको भनाई छ । अध्यायन गरेकै विद्यालयमा रहेको परीक्षा केन्द्रमा विद्यार्थीले परीक्षा दिन नपाउने नीतिका कारण यहाँका हजारौ विद्यार्थीहरु घर छाडेर पराई घरमा गई परीक्षा दिन बाध्य भएका छन् ।

चैत ६ गते माध्यमिक शिक्षा परीक्षा सञ्चालन हुँने भएकाले सो भन्दा अगाडी अहिले विद्यार्थी र अभिभावकहरुको भीड परीक्षा केन्द्रकै आसपासका गाउँमा बढेको छ । छोरा,छोरीको बास व्यवस्थापका लागि अभिभावकहरु परीक्षा केन्द्र नजिकका गाउँमा कोठा मिलाई रहेको बताएका छन् । सदरमुकाम बाहेक अन्य ठाउँमा रहेका परीक्षा केन्द्रहरुमा आवासको राम्रो व्यवस्था नहुँदा बासको लागि समस्य हुँदै आएको छ ।

जाजरकोट मात्र होईन , रुकुम पश्चिम , डोल्पा र सल्यान लगायत कर्णाली प्रदेशका दुर्गम गाउँमा रहेका विद्यार्थीहरु अहिले अभिभावकहरुको साथमा पढाई भन्दा बस्ने कोठाको व्यवस्थापको लागि भौतारिरहेका छन् । भारी मात्रामा मानिसहरुको भीड हुँने भएकाले यो समयमा व्यवस्थापनको ठुलो चुनौती थपिदै आएको छ ।

पढेको विद्यालय भन्दा फरक ठाउँबाट परीक्षा दिदा भुगोलको बारेमा ज्ञान नहुँदा अधिकांश विद्यार्थीहरुको परीक्षाको नतिजा राम्रो नहुँने गरेको अभिभावकले बताएका छन् ।  परीक्षामा सहभागी विद्यार्थीलाई व्यवस्थापनमा धेरै खर्च समेत हुँने गरेको छ । आफै खाना पकाएर परीक्षामा सहभागी हुँनुपर्ने अवस्था रहेको अधिकांश विद्यार्थीहरुले बताएका छन् ।

आज र भोली कोठा व्यवस्थापन गरेर खाना पकाउने दाउराको व्यवस्थापमा लाग्ने बारेकोट गाउँपालिकाको लिम्सा स्थित एश्वर्य माध्यमिक विद्यालय लिम्सा परीक्षा केन्द्रमा सहभागी नलगाड नगरपालिका – १३ का विद्यार्थी रतन विकले बताउनुभयो । यहाँले भन्नुभयो , “ बाबाको मृत्यु भएको ५ वर्ष भयो , आमासँग पैसा थिएन , त्यसैले पिठो बोकेर ल्याएको छु आज पुगियो भाली विहानै दाउरा जम्म गरी खाना पकाउने व्यवस्था मिलाउनु पर्ला । ”

आर्थिक रुपमा कम्जोर भएका परिवारका विद्यार्थीहरु परीक्षा केन्द्र नजिकै कोठा लिएर खाना पकाउने दाउराको जोहो गर्न बाध्य भएको रतन एक प्रतिनिधिमुलक पात्र मात्र हुँन् उनी जस्तै सयौँ विद्यार्थीहरु यसरी आफै खाना पकाएर परीक्षामा सहभागी हुँन बाध्य भएका छन् ।

शिक्षकलाई अर्को केन्द्रको जिम्म दिनुपर्ने माग

विद्यार्थीहरुलाई केन्द्र परिवर्तन गरी परीक्षामा सहभागी गराउनु भन्दा शिक्षकहरुलाई फरक केन्द्रको जिम्म दिएर काममा सहभागी गराउनुपर्ने माग उठेको छ ।

विद्यार्थीको मानसिक रुपमा चोट पुग्ने भएकाले राज्यकोषबाट तलव वुझने शिक्षकलाई फरक केन्द्रमा सहभागी गराएर परीक्षा सञ्चालन गराएमा विद्यार्थीहरुको समस्य हल हुँने अभिभावकहरुको भनाई छ ।

अहिले विद्यार्थीलाई फरक केन्द्रमा परीक्षा दिन लगाउने तर शिक्षकहरु आफ्नै विद्यालयमा केन्द्रध्यक्ष देखि अन्य पदमा सहभागी भएर माध्यमिक शिक्षा परीक्षा सञ्चालन हुँदै आएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!