जगदुल्ला जलविद्युत आयोजनाको मुआव्जा वितरण कार्य सुरु

हेमन्त केसी
जाजरकोट , २७ फागुन ः १०६ मेगावाट विद्युत उत्पादन गर्ने उदेश्यका साथ काम थालिएको जगदुल्ला जलविद्युत आयोजनाको मुआव्जा वितरण कार्य सुरु भएको छ ।

आज देखि सुरु गरिएको मुआव्जा वितरण विद्युत उत्पादन गृह स्थल मुड्केचुला गाउँपालिका –४ ईल डोल्पाबाट सुरु गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा ईल स्थित स्थानीयवासीले मुआव्जा पाउने छन् भने दोस्रो चरणमा अर्थात चैत १४ गते काईगाउँमा वितरण गरिने छ ।

ईलमा ६३ घरधुरीको ७१ रोपनी जग्गको प्रतिरोपनी रु ५ लाख ५० हजार र काईगाउँमा १८७ रोपनी १ सय घरधुरीको प्रतिरोपनी रु ५ लाख १५ हजार रुपैयाँका दरले मुआव्जा वितरणको कार्य अगाडी बढेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।


कुल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेघावाट मात्र विद्युत् उत्पादन गर्न सकिने प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम शुरु गरिएको आयोजनाको अवको एक महिना भित्र डिपिआरको प्रतिवेदन आउने प्रमुख सापकोटाले जनाउनुभयो ।

बीस महिनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि अहिले छ महिना थपेर डिपिआरको कामलाई तीव्रता दिइएको छ । आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ ।

पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । अर्धजलाशयका रुपमा निर्माण कार्य थालिएको आयोजनाको छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

करिब ६.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २० मिटर उचाइको जलशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको १०० मिटर चौडाइ हुने छ ।

छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । डिपिआरको जिम्म एनईए ईन्जिनियरिङले डिपिआरको जिम्म लिएको थियो । रु २७ करोडमा डिपिआरको जिम्मा लिएको उहाँको भनाई छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेर स्थानीयवासीले हाल्न पाउने छन् । सरकारले आफै र स्थानीयवासीलाई शेर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।

डोल्पाको भाग्य र भविष्यसँग जोडिएको आयोजना भएकाले यसलाई छिटोछरितो निर्माणका लागि पहल कदमी जारी रहेको डोल्पाकी सांसद सत्य पहाडीले जानकारी दिनुभयो ।
नलगाड जलविद्युत् आयोजना र जलदुल्ला जलविद्युत् आयोजना निर्माणस्थल एक दिनको फरक दूरीमा छन् । यी दुवै विद्युत् आयोजना निर्माणका लागि ११ केभी प्रसारण लाइन जाजरकोटबाट जोड्ने काम समेत शुरु भएको पहाडीले बताउनुभयो ।

भौगोलिक रुपमा निकै जटिल भूबनोट रहेको डोल्पामा विकास गर्दा निकै चुनौती मोल्नुपर्नेछ । विद्युत् उत्पादन गृह र ड्यामस्थलसम्म मात्र अहिले जग्गा अधिग्रहण गरी मुआव्जाको काम शुरु भएको छ ।
अत्यन्तै चिसो र सफा पानी रहेको यो आयोजना निर्माण कार्य शुरु भएसँगै जग्गाको भाउ बढेको मुड्केचुलाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

आयोजना निर्माणको बाधक सडक बन्दै
त्रिवेणी देखि ईल सम्म सडक निर्माण गर्नका लागि भएको वोलपत्र आवह्वान रद भएपछि सडक निर्माण कार्य अलपत्र भएको छ । वजेटको सुनिश्चित नहुँदा बोलपत्र आवह्वान गरेरपनि रद भएको भौतिक पुर्वधार विकास कार्यालय डोल्पाका प्रमुख योगेन्द्र धरालाले जानकारी दिनुभयो । रु १० करोडमा बोलपत्र आवह्वान भएपनि हुँदा समस्य भएको उहाँको भनाई छ ।अव नयाँ बजेट सुनिश्चित नभए सम्म बोलपत्र आवह्वान गर्न नसकिने उहाँको भनाई छ । अव नयाँ रु ३० करोडको बजेट छुट्याएर काम सुरु गर्ने तयारीमा रहेको प्रदेशसभा सदस्य बीरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार डिपिआर प्रतिवेदन पहिले नै फाईनल भईसकेकोले बजेट खोजी भईरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!