नक्कल गरेर होईन , पसिना चुहायर देश बन्छ !

हरेक मान्छेका आफ्नै खालका सपना र उदेश्य हुन्छन् । कतिका सपनाहरु पुरा हुन्छन् कतिका हुँदैन्न । कैयान व्यक्तिले लिएको उदेश्य भन्दा जिन्दगीको मोड अकै ठाउँमा पुग्छ ? सवैका आमा , बाबाले प्रत्येक सन्तानको जन्म दिदा ठुलो मान्छे बनोस , कुल , घरानको बयान चलाओस । सवैले आफ्ना सन्ताको प्रसंसा गरुन भन्ने नै हुन्छ ।

सवै अभिभावकले लिएको उदेश्य पुरा हुन्छ त कतिले लिएको पुरा हुँदैन । हरेक बच्चाको चहाना अनुसार काम कति अभिभावकले पुरा गर्छन त कतिले गनै नपाएर संसार छोड्नु पर्छ ।

यसै मेसोमा हामीले जिल्ला निर्वाचन कार्यालयमा कार्यरत , जुझारु कर्मठ यूवा मानबहादुर बुढासँग उहाँको मनका ईच्छा वुझने प्रयास गरेका छौँ । उहाँ भन्नुहुन्छ , “ देशमा राजनीतिक परिवर्तन त भयो तर आम मानिसको जीवनमा त्यो परिवर्तनको छनक देख्न सकिएन , मेरो बा र आमाको सपना समेत त्यही विषय सँग जोडिएको छ । कहिले काँही उहाँलाई लाग्छ , “संसार देखाउने माता , पिताको ईच्छा पुरा गर्न नयाँ तरिकाले सोच्न पर्छ । ”

यहाँलाई हामीले सोधेका थियौँ , तपाईको निजामती सेवामा प्रवेश कति वर्ष ?
म १० वर्ष  निजामती सेवामा पुरा भयो   । निजामती सेवा मार्फत राष्ट्रको असल सेवा गर्ने र सच्चा सेवक मेरो बुवा आमाको सपना पनि हो !
के बन्छु जस्तो लागेको थियो , खासमा के बन्नुभयो ?
गरिबी बेरोजगारी अन्याय र अत्याचार विरुद्ध को आवाज लड्ने एक असल सिपाइ बन्ने ईच्छा । जिन्दगीमा के पाए के गुमाए भन्दा पनि यो देशमा एक सच्चा योद्धा भएर मुलुकमा अझै केही गर्न सकिएन कि भन्ने लाग्दै छ मैले देखेको सपना बमोजिम देश अगाडि बढेको देखिदैन । राजनीतिक परिवर्तनका लागि विभिन्न परिवर्तन र आमनागरिकमा चेतना भए पनि आर्थिक सामाजिक साँस्कृतिक र बर्गिय हुँदा खाने र हुने खानेको बीचको खाल्डो असमान छ । पावर पहुच र पैसाको खाल्डो डरलाग्दो देखिन्छ । त्यस्तै बामे सर्न खोजे पनि पाइला टेकेको छैन ।
भावी पुस्तालाई के सन्देश छ , तपाईको नजरमा ?
भावी पुस्तालाई मेरो सन्देश मुलुक बनाउने अठोट र काध थाप्ने जिम्मेवारी हो । स्वदेशी पुजी प्रबिधि श्रम र सिपको उपयोग गराँै । नक्कल गरेर होईन पसिना चुहायर देश बन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!