कर्णाली प्रदेशको अर्थ समितिद्धारा विकासे आयोजना निरीक्षण

जाजरकोट , प्रदेश मताहातमा रहेका कार्यालयले अघिल्लो वर्ष जाजरकोटमा गरेका कामको अनुगमण गरिएको छ ।

कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले सोमबार र मंगलबार अनुगमण गरेको हो । समितिका सभापती अमरबहादुर थापा , सदस्य बीरबहादुर शाही लगायतको टोलीद्धारा जिल्लाका पुर्वी क्षेत्रमा रहेका विकास आयोजनाको निरीक्षण गरिएको हो ।

प्रदेश मताहातका कार्यालयबाट अघिल्लो आर्थिक वर्षमा भए , गरेका कामको निरीक्षण , तथा अनुगमण गरिएको छ । सम्पन्न भनि वजेट भुक्तानी दिईसकेका विकास निर्माणका काममा अनियमितता भएको गुनासो बढेपछि समितिको टोली जाजरकोट आएर अनुगमण गरेको थापाले बताउनुभयो ।

थापाले भन्नुभयो , “ प्रदेशबाट वितरण गरिएका सवै कार्यक्रमहरु वितरणमुखी भएको र हुँने खानेले मात्र पाएको वुझियो ।” समितिले खानेपानी , सिंचाई, सडक , कृषि बाली , अन्य व्यवसायहरुको अनुगमण गरिएको थियो । पुर्वी क्षेत्रमा मात्र दुई दर्जन अयोजना सम्पन्न भएको भनि प्रदेशका कार्यालयले भुक्तानी गरेका थिए । त्यस्तै समितिका सदस्य बीरबहादुर शाहीले भन्नुभयो , “ सवै काम खराव भन्न त मिल्दैन , केही कुरामा बदमासी भएको रहेछ । हामी तुरुन्तै सच्याउका लागि ताकेता गछौँ यदि समाधान भएन भने त्यसको परिणाम महंगो हुँने छ । ”

जिल्ला सदरमुकाममा तत्कालिन घरेलु कार्यालयबाट वितरण गरिएको भनिएको अधिकांश सामग्रीहरु पुराना भएको तर विल मात्र नयाँ प्रयोग भएको पाईएको समितिका सभापती थापाले जानकारी दिनुभयो । त्यस्तै सिंचाई कार्यालयबाट गएको अनुदानबाट नलगाड नगरपालिका – ८ कोरिन्चेमा निर्माण भएको सिंचाई आयोजनाका सेवाग्राहीले काम सम्पन्न गरेपनि रकम नपाएको खुलासा भएको छ ।

कार्यालयले उपलव्ध गराएको रकमबाट सिंचाईका पाईप , सिमेन्ट मात्र खरिद गरीएको बाँकी रकम निकासा नहुँदा स्थानीयवासी रिणमा डुवेर योजना सम्पन्न गरेको खुलासा भएको हो । योजनाको झण्डै १० लाख भन्दा बढी रकम भुक्तानी नगर्दा कृषकहरु रिणमा डुवेको बताएका छन् ।

वजेट नयाँ दिशाबाट विनियोजन हुँने –सभापती थापा

वितरणमुखी बजेटले गरिव , गरिव नै भएको र धनी धनी भईरहेको भन्दै कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापती अमरबहादुर थापाले अव यो विधि बदल्नु पर्ने बताउनुभयो । कर्णाली प्रदेशका अधिकांश जिल्लामा अनुगमण गरिसकेको भन्दै थापाले भन्नुभयो , “ जततातै बजेट वितरणमुखी भएको पाईएको छ , यो तरिकाले गरिवको अनुहारमा खुसी ल्याउन सकिदैन । ”

जनताले अनुभुर्ती गर्ने गरी काम गर्न नसकिएको समेत उहाँको भनाई छ । कर्मचारी अभावका कारण पनि वजेट कार्यान्वयमा समस्य भएको भन्दै यहाँले भएको जनशक्तिले राम्रो सँग काम गर्नुपर्ने बताउनुभयो ।

अघिल्लो वर्षको वजेट डोल्पामा सवै भन्दा बढी अनियमितता भएको खवर प्राप्त भएको अर्का समितिका सदस्य बीरबहादुर शाहीले भन्नुभयो , “ जनताको विकासको रकम केही मुठीभरमा व्यक्तिले हडपेको छन् , यसलाई तत्काल सच्याएर अगाडी बढ्नुको विकल्प छैन । ”




सम्बन्धित समाचार


error: Content is protected !!