बालविकास केन्द्रमा अंग्रेजी शिक्षण

डोल्पा , अंग्रेजी विषयमा कम्जोर भएको भन्दै डोल्पाको मुड्केचुला गाउँपालिकाले बालविकास केन्द्रमा लगानी गरेको छ ।

गाउँपालिका भित्रका १३ र समुदायबाट सञ्चालित १ वटा बालविकास केन्द्रलाई अंग्रेजी माध्यमबाट पढाउन पहल सुरु गरिएको हो । गाउँपालिकाले संघीय सरकारबाट दिदै आएको रकम भन्दा केही रकम आफैले उपलव्ध गराएर यहाँका बालविकास केन्द्रमा बालविकास कक्षामा अंग्रेजी माध्यमको पढाई सुरु गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

गाउँपाकिाले बालविकास केन्द्रलाई अंग्रेजी माध्यमबाट पढाई सुरु गर्न रंगिन पुस्तक छापेर ल्याईसकेको शिक्षा शाखाका दलबहादुर बस्नेतले जानकारी दिनुभयो । सो पुस्तकमा अध्यापन गर्दा समस्य पर्नबाट जोगिन सवै बालविकास केन्द्रमा पढाउन शिक्षकलाई ७ दिने तालिम समेत दिईएको छ ।

यसरी आफैले पाठ्यपुस्तक तयार गरेर अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने डोल्पाको पहिलो स्थानीय तहमा मुड्केचुला पर्दछ । माध्यमिक शिक्षा परीक्षामा सहभागी विद्यार्थीहरुलाई विदाको समयमा थप शिक्षण गर्नका लागि गाउँपालिकाले वजेट छुट्याएर अध्यापन गदै आएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!