यी हुन् जिल्ला हाँक्ने ६ महिला सिडिओ

काठमाडौं ः निजामती सेवामा महिला सहभागितासँगै नेतृत्व पनि स्थापित हुँदै गएको छ । अहिले विभिन्न ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर महिलाले उदाहरणीय काम गरेका छन् ।
पछिल्लो समय राज्यका विभिन्न निकायमा महिलाले सक्षम नेतृत्व दिएका छन् । गृह मन्त्रालयलका प्रवक्ता केदार केदारनाथ शर्माका अनुसार हाल छ जिल्लाको प्रमुख जिल्ला अधिकारी सिडिओ महिला छन् ।
भक्तपुरमा हुमकला पाण्डे, रामेछापमा रुद्रादेवी शर्मा, पर्वतमा कल्पना घिमिरे नेपाल, जुम्लामा दुर्गा बञ्जाडे र हुम्लामा विनिता भट्टराई, सोलुखम्बुमा रमा आर्चाय सुवेदीलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
यसअघि पनि विभिन्न जिल्लामा महिला सिडिओ बनेका थिए ।
१ रुद्रादेवी शर्मा
रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सहसचिव हुन । बागलुङ जिल्लाको बागलुङ नगरपालिका(१३ स्थायी घर भएकी शर्मा २०६६ सालमा निजामती सेवामा शाखा अधिकृतको रुपमा प्रवेश गरेकी हुन्
२०७२ सालमा उपसचिव हुँदै २०७५ सालमा सह सचिव बनेकी शर्माले विभिन्न सरकारी कार्यालयमा सेवा गरिसकेकी छन् ।
२ कल्पना घिमिरे ‘नेपाल’
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे उपसचिव हुन । काठमाडौँ महानगरपालिका ३२ काठमाडौं स्थायी घर भएकी उनी २०६६ सालमा शाखा अधिकृत हुँदै निजामती सेवामा प्रवेश गरेकी हुन ।
घिमिरे ०७२ सालमा उपसचिव भएकी थिइन् । ०७५ साल जेष्ठ २७ गतेदेखि पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवार सम्हालिरहेकी छन् ।
३ दुर्गा बञ्जाडे
दुर्गा बञ्जाडे २०६८ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी हुन् । उनी जुम्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् ।
बञ्जाडे ०७३ सालमा उपसचिव बनेकी हुन् । उनी छत्रदेव अर्घाखाँचीकी हुन् । उनले जनप्रशासनबाट स्नातकोत्तर पास गरेकी छन् ।
४ हुमकला पाण्डे
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हुमकला पाण्डे अहिले भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनेकी छन् ।
गुल्मेली अधिकृत समाजकी सदस्य पाण्डे यसअघि अख्तियारको मकवानपुर कार्यालयमा प्रमुखको रुपमा कार्यरत थिइन् । त्यस लगत्तै उनी गृहमा आइन् ।
उपनिर्वाचनपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई मकवानपुर गरियो । उनको ठाउँमा सहसचिव हुमकला पाण्डे सिडिओ बनेर गएकी छन् ।
५ विनिता भट्टराई
हुम्लाकी प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई सर्लाही लालबन्दीकी स्थायी बासिन्दा हुन् । उनी अहिले हुम्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् ।
यसअघि उनी महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयमा कार्यरत थिइन् । अहिले भने विनिता हुम्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सक्रिय छन् ।
६ रमा आर्चाय सुवेदी
सोलुखम्बु जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रमा आर्चाय सुवेदी कार्यरत छन् । रमाले गएको माघ ३ गतेदेखि सोलुखुम्बुको सिडिओको जिम्मेवारी पाएकी हुन् ।
सोलुको प्रमुख प्रशासकको जिम्मेवारी अघि उनी गृहमन्त्रालयको गुनासो व्यवस्थापन शाखामा उपसचिव थिइन् । उनि भन्छिन्, ‘निजामती सेवाको लामो अनुभव छ ।’
महिला सहायक प्रमुख जिल्ला अधिकारीहरु
यसैगरी गृह मन्त्रालयका अनुसार ओखलढुंगा जिल्ला प्रशासन कार्यालयमा मनिता कार्की, सोलखम्बुमा लक्ष्मीकुमार शाही, रसुवामा सपनाकुमारी भट्टराई, काभ्रेपलाञ्चोकमा लक्ष्मीदेवी हुमागाँइ खतिवडा, रुकुम पूर्वमा अन्जु पोखरेल, डोल्पामा लक्ष्मीदेवी शर्मा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् नागरिकखवर लेख्छ ।










