कार्यस्थललाई कोरोनाबाट सुरक्षित राख्ने ८ उपाय

सतह (टेवल‚ डेस्क) र अन्य वस्तुहरूको किटाणुनाशक औषधिको प्रयोगद्वारा निरन्तर सफाइ गर्ने।

टेलिवर्क (इन्टरनेटको माध्यम)बाट काम गर्नका लागि प्रोत्साहित गर्ने। यदि तपाईको समुदायमा कोभिड (१९ कोरोना भाइरस)को संक्रमण देखिएमा सार्जनिक स्थानका भीडमा नजाने। टेलिवर्क गर्नाले तपाईंका कर्मचारीहरू सुरक्षित स्थानमा रहेर पनि बिजनेस राम्रोसँग सञ्चालन हुन सक्छ।

तपाईंका कर्मचारीलाई भीडले भरिएका सवारी यात्रा‚ भीडमा नजानका लागि अनुरोध गर्ने।

यदि समुदाय वरिपरी कोभिड(१९ को संक्रमण फैलन थालेको थाहा भएमा‚ सामान्य रुघा‚ खोकी र ज्वरो आएमा पनि घरमा एक्लै बस्ने।

कुनै व्यवसायिक यात्रामा निस्किनुअघि यात्रासम्बन्धी सरसल्लाह लिन सुझाउने

श्वासप्रश्वासका लागि उचित वातावरणको व्यवस्था गर्ने। रुघाखोकी लगेका कर्मचारीहरूका लागि सर्जिकल मास्क र टिस्यू पेपरहरू कार्यालयमा उपलब्ध छन्रछैनन् भन्नेबारे सचेत हुने।

निरन्तर हात धुनका लागि प्रोत्साहन गर्ने। कार्यालयमा सबैले देख्ने ठाउँमा स्यानिटाइजरजस्ता वस्तुहरू राख्ने। सबै कर्मचारी‚ ग्राहकहरूले देख्ने र प्रयोग गर्न मिल्ने ठाउँमा साबुन र पानी राख्ने।
कार्यालय सफासुग्घर राख्ने‚ निरन्तर हात धुनका लागि सबैलाई सचेत बनाउने‚ श्वासप्रश्वासका लागि उचित वातावरणको व्यवस्था गर्ने‚ कुनै व्यवसायिक यात्रामा निस्किनुअघि यात्रासम्बन्धी सरसल्लाह लिने‚ जो बिरामी भएका छन् उनीहरूलाई घरमै बस्न सुझाव दिने।

(विश्व स्वास्थ्य संगठन)




सम्बन्धित समाचार


error: Content is protected !!