नेपाल पोष्टको निगरानी ? नक्कली विद्युत आयोजना निर्माण गर्ने वडा अध्यक्षले रकम फिर्ता

जाजरकोट , २३ फागुन ः विद्युत निर्माण गरेको नक्कली कागज गरी रकम हिनामिना गर्ने भेरी नगरपालिका –२ का वडा अध्यक्ष कालीबहादुर वलीले रकम फिर्ता गर्ने लिखित कागज गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटमा फागुन फागुन २१ गते कागज गरी तिमिलेका ७७ घरधुरीको प्रतिघुरीलाई रु सात हजारका दरले फिर्ता गर्ने कागज गरेका हुन् । आर्थिक वर्ष २०७२, ७३ मा नेपाल जलवायु सहयोग कार्यक्रमको सहयोगमा सञ्चालित थर्पु पिको जलविद्युत योजना निर्माणका लागि अध्यक्ष ओलीले रकम झिकेका थिए ।

घर ,घरबाट रकम समेत उठाएका वलीले कार्यक्रमबाट समेत रकम झिकेर विद्युत योजना निर्माण गरेको वोर्ड र कागज समेत बनाएका थिए ।
विद्युत आयोजना निर्माण नै नगरी रकम हिनामिना गरेको आरोप लागि प्रशासनमा उजुरी परेपछि सो रकम फिर्ता गर्ने सहमती भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।
२०७६ असार २९ गते जिल्ला प्रशासन कार्यालयमा स्थानीयवासी यूवाहरुले उजुरी दिएका थिए । रकम अनियमितताको समाचार नेपालपोष्टखवरबाट प्रकाशित भएको थियो ।










