कोरोना भाइरस रोक्नको लागि के गर्दै छ फेसबुक ?

अहिलेको युगमा समस्या परेको अवस्थामा विश्वभरका मानिसहरु सूचनाका लागि फेसबुकमा बढी निर्भर छन् ।
अहिलेसम्म संसारका ७६ वटा देश कोरोना भाइरससंग लडिरहेका छन् भने कोरोनाबाट ९५ हजार जनाभन्दा बढी संक्रमित भइसकेका छन् भने तीन हजार दुई सय भन्दा बढीको मृत्यु भइसको छ ।
फेसबुकले कोरोना भाइरस संक्रमण सम्बन्धित सही जानकारी दिन र मानिसलाई भ्रमित गर्ने खालको जानकारी रोक्नको लागी के गर्दै छ
फेसबुकका संस्थापक मार्क जुकरबर्गको अनुसार, भाइरसको बारेमा सहि जानकारी प्रवाह गर्नको लागी कम्पनी स्वास्थ्य अधिकारीसंग मिलेर काम गरिरहेको छ ।
उनी भन्छन्, “हामी कोशिश गर्दै छौ कि सबै जना यस बारेमा सहि जानकारी प्रदान गर्नको लागि र यो सुनिश्चित गरिदै छ ।”
उनका अनुसार, जब कुनै प्रयोगकर्ता फेसबुकमा कोरोना भाइरस शब्द सर्च गर्छन् तब एउटा सन्देश देखिन्छ र त्यसमा भाइरसको बारेमा थप जानकारीको लागि विश्व स्वास्थ्य संगठन वा स्थानीय स्वास्थ्य विभागको पानामा लैजान्छ ।
साथै फेसबुकले आफ्नो पानामा विश्व स्वास्थ्य संगठनलाई निशुल्क विज्ञापनको लागि ठाउँ उपलब्ध गराएको छ ।
मार्क जुकरबर्गको अनुसार कोरोना भाइरससंग लडिरहेका अन्य संस्थाहरुलाई पनि फेसबुकले लाखौं रुपैयाको विज्ञापन निशुल्क दिने निर्णय गरेको छ ।
उनको अनुसार सामाजिक संजालमा फैलिरहेको भ्रमित र गलत जानकारीलाई रोक्ने पनि फेसबुकले नै गरिरहेको छ ।
जुकरबर्ग भन्छन्, “ सबैलाई आफ्नो अनुभव साझा गर्ने अधिकार छ तर गलत जानकारी र बिभिन्न प्रकारका अनुमानलाई हटाइरहेको छ, साथै कम्पनी ती विज्ञापनलाई पनि ब्लक गरिरहेको छ जसले यस्तो अवस्थाको फाइदा उठाउने कोशिश गरिरहेका छन् जस्तै कि भाइरस संक्रमणको पुरै उपचार दावा गर्ने समान बेच्ने विज्ञापनलाई फेसबुकले ब्लक गरिरहेको छ ।”
“ फेसबुक ग्रुपमा जस्तो कुरा भइरहेको छ त्यसको विस्तारमा हेर्ने हो भने कम्पनीको लागी यो एउटा ठुलो काम हो” उनि भन्छन्, “ स्टप ५ जी युके ग्रुपमा मानिस कोरोना भाइरससंग जोडिएको विभिन्न अनुमान पोष्ट गरिरहेका छन्, एक पोष्टको अनुसार कसैले यो पनि लेखेका छन् कि ब्रेक्जिटको विषयबाट ध्यान हटाउनको लागि कोरोना भाइरसको बारेमा गलत हल्ला फैलाईरहेका छन् ।”
जुकर्बर्ग भन्छन्, “ कोरोना भाइरस( अ ग्लोबलिस्ट टुल”स नामको एक युट्युब भिडियोको लिंक पोष्ट गरिएको थियो र यस प्रकारको घटनाले फेसबुकलाई आफ्नो लडाई अगाडी बढाउनको लागि अर्को माध्यममा निर्भर रहेको बताएको छ ।”
युट्युब यसलाई रोक्नको लागि सबै कोशिश गरिरहेको उनले बताएका छन् तर पनि हल्ला रोक्नको लागि गार्हो भइरहेको छ ।
युट्युबमा संसारभरको कतिपय यस्तो भिडियो रहेको छ, जसमा कोरोना भाइरस, ५(जी र विश्वमा भएको षड्यन्त्रसंग जोडिएको दावा र कोरोना भाइरसको खोप रहेको छ ।
यसमा कतिपय झुट दावा गरिएका भिडियो फेसबुक र युट्युबका नियमका उल्लङ्घन गरिएका छन् ।
जुकरबर्गको अनुसार उनले केहि दिन पहिला आफै युट्युब को एउटा भिडियोको बारेमा जानकारी पाएका थिए जसमा त्यस प्रयोगकर्ताले आफुलाई बेलायती ५(जी विरोधी चलाउने व्यक्ति बताएका छन् र कोरोना भाइरसको बारेमा झुट दवा गरिरहेका थिए ।
उक्त भिडियोमा एक व्यक्ति रुसी पेनड्राइभ बेच्ने प्रयास गरिरहेका छन् जसले ५(जी र कोरोना भाइरस फैलिन रोक्न सक्ने दावा गरिरहेका छन् ।
युट्युबको अनुसार भिडियो युट्युबको नियमको उल्लङ्घन गर्छ र त्यसलाई ब्लक गरिएको छ ।
जुकरबर्ग भन्छन्, उनले सामाजिक संजालमा अनेक प्रकारका विज्ञापन देखेका छन्, जो यस संकटको अवस्थाको पनि फाइदा उठाउने कोशिश गरिरहेका छन् र महंगोमा सामान बेच्ने कोशिश गरिरहेका छन् ।
उनी भन्छन्, “ एक विज्ञापनले त यहाँसम्म दावा गरेको छ कि २९।९५ डलरमा यस्तो फेसमाक्स किन्न सक्छन् जो यस फ्लुसंग प्रभावकारी रुपमा रक्षा गर्छ किनभने यसमा आधुनिक कार्बन फिल्टर प्रयोग गरिएको छ ।”
कतिपय विज्ञापन त ६५ देखि सय डलरसम्मको मुल्यमा सिधै चीनबाट आयात गरिएको कोभिड १९ माक्स बेच्ने दावा गरिरहेका छन् ।
जुकरबर्गको अनुसार कतिपय फेसबुक ग्रुपमा, मोडरेटर कोरोना भाइरससंग जोडिएको भ्रामक खबरको विरुद्धमा लेखिरहेका छन् ।
स्टप ५(जी यु के ग्रुप एउटा सदस्यले लिड्समा आफ्नो स्थानीय समुदायसंग जोडिएको एक ग्रुपमा पोष्ट गरेका छन् , “५–जी वा कसैको बारेमा संचार माध्यममा छापिएको खबर बाहेक कुनै प्रकारको भ्रामक जानकारी पोष्ट गरिएमा तुरुन्त त्यसलाई हटाइनेछ” उनी भन्छन् ।
लिड्सप्लेस फेसबुक ग्रुपमा सहभागी बन्ने इच्छा हुने व्यक्तिले पहिलो पानामा एक सन्देश देखिन्छ, जसमा भनिएको छ, “ प्यारानोइड कन्सिपिरेसी थिएरिस्ट मतलब त्रास बढाउने अनुमान, हामी तपाईको अधिकारको सम्मान गर्छौं तर लिड्सप्लेसमा तपाईको भ्रामक जानकारी हामी फैलिन दिदैनौ, यदि तपाई यस्तो प्रकारको कुरामा विश्वास गर्नुहुन्छ जस्तै खोप द्वारा अटिज्म ठिक हुन्छ वा कुनै रसायनिक तत्वले हामी मर्ने छौं, यस्तो प्रकारको जानकारी फैलाउनको लागि तपाई यस माध्यमको प्रयोग गर्न चाहनुहुन्छ भने, तपाईलाई बिना कुनै जानकारी ब्यान गरिने छ ।”
उनी भन्छन्, “ सामाजिक संजालमा यस प्रकारको ग्रुप गलत जानकारीहरुको बारेमा चर्चा गर्नको लागि बनाइएको हुन्छ।”
उनी भन्छन्, “समयसंगै सामाजिक संजालमा गलत जानकारी रोक्न यस कारण पनि समस्या भइरहेको छ किनभने फेसबुकले आफ्नो प्रयोगकर्तालाई व्यक्तिगत अधिकार दिएको छ जसमा प्रयोगकर्ता व्यक्तिगत रुपमा गोप्य रहेर पोष्ट गर्न सक्छन् ।
एक वर्ष पहिला जुकर्बर्गले ह्वाट्स एप जस्तै फेसबुकमा इन्ड(टु(इन्ड एन्क्रिप्शन राख्नको लागी सोच्दै छन् ।
भविष्यमा सामाजिक संजालमा मानिस यस भाइरससंग सम्बन्धित जानकारी शेयर गरेको लागि कुनै तेश्रो व्यक्ति त्यसलाई पढ्न र सुन्न सक्दैन तर भ्रामक जानकारी फैलिन रोक्ने यहि सबै भन्दा राम्रो विकल्प रहेको छ ।
बीबीसीको सहयोगमा










