सहकारी शिक्षा सम्बन्धि दुई दिवसिय तालीम

सुर्खेत ः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सहकारी शिक्षा सम्बन्धि दुई दिवसिय तालीम सुरु भएको छ ।

भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बिहिवारदेखि सुरु भएको तालीमको मन्त्री बिमला के सिले उद्घाटन गर्दै तालिमले सहकारी दर्ता,दर्ता पछि संचालन लगायतका विषयमा काम गर्नेबारे सिक्न अवसर प्रदान गर्ने अपेक्षा गरिन ।उनले सहकारी सम्बन्धि तालीमबाट लिएको शिक्षा जीवन व्यबहारमा लागु गर्नुपर्नेमा जोड दिइन ।

यो तालिमले उधमिहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउदै मन्त्री केसिले तालिम लिएर जानेहरुले केहि न केही उद्धम गर्नु पर्ने बताइन ।कार्यक्रममा बोल्दै मन्त्रालयका सचीव राजेन्द्र प्रसाद भारीले तालिमपछि उद्धम गर्न तालीममा सहभागीलाई आग्रह गरे । प्रदेश सहकारी रजिस्ट्रारको कार्यलयले आयोजना गरेको तालीममा ३२ जना महिला र ३ जना पुरुष गरि ३५ जन सहभागी छन ।




सम्बन्धित समाचार


error: Content is protected !!