रुघाखोकी र ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मि अझै पत्ता लागेन रोग


डोल्पा, फागुनको १९ गते त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाडा गाउंमा रुघाखोकी र ज्वरोले घरपिच्छे मानिसहरु थलापरेको समाचार एक्कासी बाहिरियो ।
जिल्लाभर सनसनी भयो।गाउंबाट उपचारको लागि नगरकेन्द्र त्रिपुरासुन्दरी बगरमा आएका केहि विमारीहरुको भेटघाटको आधारमा मैले पनि समाचार प्रकासन गरेको थिए । एकै गाउंमा घरैपिच्छे रुवघाखोकी र ज्वरोले ८० को संख्यामा मानिसहरु थलापरेको खवरले भर्खरै छिमेकी देश चिनमा फैलिएको कोरोना भाइरसको कतै प्रवेश त भएन भन्ने सन्त्रासले करेलीकांडा गाउं र जिल्लामै आतंकित बनिरहेको बेला स्थलगत पुगेर बास्तविकता बाहिर ल्याउन मलाई खुलदुली लागि रह्यो ।सत्यतथ्य र विश्वसनिय संरचना पाठकसामु ल्याउनु एक ब्यवसायिक पत्रकारिताको धर्म पनि हो ।करेलीकाडा गाउं समुन्द्री सतहदेखि तीन हजार दुई सयको उचाईमा छ ।
नगरपालिकाको प्रशासकीय केन्द्र बगरबाट रोग प्रभावित क्षेत्रमा पुग्न झण्डै तिन घण्टाको उकालो पैदलदुरी पार गर्नु पर्छ ।कोरोना भाइरस होकी भन्ने आशंकाले जिल्लाबाट कोही पनि करेलीकांडा नपुगरहेको बेला विहान ४ बजेको समयमा म रोग प्रभावित गाउमा रिपोटिङको लागि हिडे ।हिडेको साढे दुई घण्टापछि करेलीकाडा गाउ नजिकै प’गियो ।चिकित्सकहरुले उच्च गुणस्तरको माक्स विना रोग प्रभावित क्षेत्रमा नजान दिएको सुझावले मलाई झस्कायो ।अनि क्यामराको झोला खोलेर माक्स हेर्न थाले तर माक्स त घरमै छुटेको पाइयो ।
माक्स विना प्रभावित क्षेत्र र मानिसहरु माझ जाम कि नजाम भन्ने दुविधा भयो ।यहाँ सम्म आइहालियो जे पर्ला पर्ला भनेर विभिन्न आशंका बीच विहानको साढे ६ बजे करेलीकांडा गाउमा पुगियो ।

गाउँ सुनसान थियो ।अघिल्लो पटक त्यहाँ पुग्दा जस्तो चहलपहल थिएन । सायद रुवाखोकी र ज्वरोको संक्रमणले घर भित्रै थलिएर होला भन्ने मैले सोचे।गाउंमा पुग्ने वितित्कै म घरको छतबाट बस्तीको तस्वीर क्यामरामा कैद गर्न थाले ।घरको छतबाट क्यामरा तेर्साएर फोटो खिचिरहेको देखे पछि विस्तारै मानिसहरु बाहिर आउन थाले ।एकछिन पछि त मानिसहरुको चहलपहल ओहरदोहर गर्ने क्रम बढ्यो ।मानिसहरु रुखाखोकी र ज्वरोले सिकिस्त भएपनि निर्धक्कका साथ एकआपसमा करागरिहेका थिए ।उनीहरु भन्दै थिए हाम्मो गाउँ पुरै विरामीले थला परेको छ हामी कहिले सन्चो हुँने ,कहिले विरामी हेने गछौँ ।माक्स विना गाउ प्रवेशमा मलाई उब्जेको दुविधा पनि गाउँलेहरु निर्धक्कका साथ कुरागरिरहेको र नियमित काममा फर्केको पाउदा मेरो मनमस्तीकबाट टाढा भयो ।
समाचारमा उल्लेख गरिएको कोरोनोका आशंका रहेनछ भन्ने कुराले मलाई विश्वस्त बनायो ।टाउको दुख्ने,ज्वरो आउने रुघाखोकी र पखाला लाग्ने घांटी दुख्ने गरेकाले कोरोना भाइरस र अहिले गाउंमा फैलिएको मौसमी रुघाखोकी र ज्वरोको लक्षण मिल्दोजुल्दो देखिएकाले कतै कोरोना त होइन भन्ने आशंकाले आफुहरु सशंकित बनिरहेको बेला औषधी सेवन पछि सामान्य हुँदै गएकोले समाचारमा भनिएजस्तो कोरोना नभएको स्थानीय बासिन्दा तथा वडासदस्य ज्ञानबहादुर बुढाले बताए । ५७ घरधुरी रहेको करेलीकांडा गाउँमा अहिले४५ घरधुरीका झण्डै ८० जना रुघाखोकी र ज्वरोले थलिएका छन ।सबै भन्दा बढि बृद्ध बृद्धा र बालबालिका यस रोगबाट प्रभावित बनेका छन ।
मौसम परिवर्तन संगै फैलिएको रुघाखोकी र ज्वरोले गाउनंै थलापरेपछि नगरपालिकाबाट सिनिएर अहेव शेरबहादुर बुढा नर्स लक्ष्मी न्यौपाने सहितको चार सदस्यीय स्वास्थ्यकर्मिको टोलीले फागुन १९ गतेबाट गाउमै पुगेर स्वास्थ्य जाँच तथा औषधी वितरण गरिरहेको छ ।स्थानीय लेखनाथ आधाभुत विद्यालयमा राखिएको अस्थाई स्वास्थ्य उपचार केन्द्रमा उपचारको लागि आउने विरामीहरुको घुइचो लागेको थियो ।स्वास्थय परिक्षणमा संलग्न अहेव शेरबहादुर कठायतले रुघाखोकी र ज्वरो प्रभावित विरामीहरुमा १०२ फरेनहाइट सम्म ज्वरो देखिएको बताए ।सोमबार देखि शुरु गरिएको स्वास्थय जाँच तथा परिक्षणमा मंगलवार सम्म ५४ जनाको स्वास्थ्य जांच गरिएको छ ।एउटै घरका ९ जना सम्म रुघाखोकी र ज्वरोले ओछ्यानमै थलिएका छन ।यतिखेर बुजबहादुर बोहराका एकै घरका ९ जना ज्वरोले थलिएका छन ।उठ्ननसकेर विस्ताराबाटै बुजबहादुर बोहराले भने १० दिन भयो ओछ्यानको ओछ्यानमै छौ ।
टाउको दुख्ने ज्वरो आउने,रुघाखोकी लाग्ने घाटी दुख्ने र पखाला समेत लाग्ने गरेको बताए ।गाउभरि रुघाखोकी र ज्वरोका विरामी ह’दासमेत प्रभावकारी उपचारमा सम्बन्धित निकायको ध्यान जान नसकेकोगुनासो उनले गरे ।अर्का विरामी चन्द्रमति लामाले आफुसहित ५ वषीय छोरा लक्ष्मीकान्त लामा र ३ वषीय सोनाम लामा एकसाता देखि ज्वरो र खोकीले थला परेको बताइन ।
जिल्ला अस्पताल दुनैका डाक्टर मेलिना हमालले करेलीकांडामा फैलिएको रोग कुन हो भन्ने कुरा विरामीको भित्र घाटीबाट निस्केको र्याललाई ल्याव टेस्ट नगरे सम्म यहि नै हो भनेर भन्न नसकिने बताइन ।आबश्यक औषधी ल्याव सहित आफु पनि रोग प्रभावित गाउँमा जान हिडेको बताउदै स्थलगत पुगेर विरामीको र्याल ल्याव टेस्टको लागि लिएर काठमाण्डौ पठाइने र त्यसपछि मात्र अन्य रोग हो या कोरोना नै हो भनेर भन्न सकिने डा हमालले बताइन ।
एकै गाउमा एकैचोटी ८० जना सम्म विरामी पर्न र विश्वभर फैलिदै गरेको कोरोनाको भाइरसले छिमेकी मुलुकमा धेरैको मृत्यू हुनुले पनि अहिले नै कोरोना नै होइन भन्न नसकिने भएकाले ल्याव टेस्ट नभएसम्मको लागि नआत्तिएर बस्न तथा साव’नपानीले हात धुन र तातो पानीको प्रयोग गर्न डा मेलिना हमाले सम्झाएकी छन ।
विद्यालय बन्द
रुघाखोकी र ज्वरोले बालबालिका थला परेपछि करेलीकांडा गाउमा रहेको लेखनाथ आधारभुत विद्यालय बन्द गरिएको छ । गाउँमा फैलिएको रोगले सबैभन्दा बढि विद्यालयका बालबालिका प्रभावित भएपछि विरामी सामान्य अवस्थामा नफकन्जेल सम्मका लागि मंगलवारबाट बन्द गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक नवराज बुढाका अनुसार विस्तारै विस्तौ विद्यालयमा बालबालिका रुन , काम्न थाले पछि र एक पछि अर्काे गर्दै सबै थला परेकाले विद्यालय ब्यवस्थापन समितिको बैठक बसेर विद्यालय बन्द गरिएको बताए ।
विष्णुप्रसाद देवकोटा










