करेलीकाँडाको स्थानीयको पीडा ः उपचार गर्न निवेदनको सहारा

हेमन्त केसी
जाजरकोट , मुकुटेश्वर हिमालको काखमा अवस्थित डोल्पा त्रिपुरासुन्दरी नगरपालिका –१ करेलीकाँडाका स्थानीयवासीले उपचारसेवा पाउँन निवेदन चढाउनु परेको छ ।

गाउँभरीका मानिसहरु विरामी भएर समस्य भयो , छिटो उपचार गर्न स्वास्थ्यकर्मी परिचालन गर्नुपर्र्यो भन्दै स्थानीयवासी ताम्वा लामा र जयबहादुर लामाले त्रिपुरासुन्दरी नगरपालिकामा फागुन १८ गते निवेदन चढाएका थिए । निवेदन दिएपनि स्थानीय सरकारले खासै चाँसो नदिए द्धया लामा पत्रकारसँग सम्पर्कमा आउन बाँध्य भएको बताएका छन् । हप्ता दिन अघि देखि फैलिएको रुघाखोकी र ज्वरोेको लक्षण भएको रोगबाट एकै गाउँका ८० कै हाराहारीमा विरामी भएपनि राज्य संयन्त्रले भने खासै ध्यान नदिएको पीडितले बताएका छन् ।

१९ बेलुकी फागुनमा सिमित औषधी र कम्पासको भरमा पुगेका स्वास्थ्यकर्मीबाट सामान्य खालको उपचार सुरु भएपनि गाउँभरीका स्थानयवासीहरु उपचारमा आएपछि उपचारमा नै समस्य भएको छ । समुन्द्र सतहदेखि ३ हजार २ सय मिटर उचाईमा रहेको करेलीकाँडा गाउँ पुग्न त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र बगरबाट करिब तीन घण्टाको उकालो पैदलमार्ग पार गर्नुपर्छ। गाउँभरीमा स्थानीयवासीहरु रोगबाट पीडित भएपछि उपचारमा ल्याउने मानिस नै नहुँदा थप समस्य भएको स्थानीयवासी रसी लामाले बताउनुभयो । एकै घरका १० जना विरामी भएपछि उपचारमा समस्य भएको छ ।

उपचारमा खटिएका स्वास्थ्यसँग सिटामोल बाहेक अरु औषधी र उपकरण नहुँदा अनुमानका भरमा उपचार भईरहेको छ । वुजबहादुर बोहोराको एकै घरमा १० जना विरामी भएपछि उपचार लिन र ल्याउनका साथै औषधी दिने मानिस सम्म नहुँदा समस्य भएको हो । विरामी वुजबहादुरले भन्नुभयो , “१० दिन भयो परीवारका सबै ओछ्यानको ओछ्यानमै छौं। टाउको दुख्ने ज्वरो आउने, रूघाखोकी लाग्ने घाँटी दुख्ने र पखाला समेत लागेको छ , ।”

अर्का विरामी चन्द्रमति लामाले आफूसहित ५ वर्षिय छोरा लक्ष्मीकान्त लामा र ३ वर्षिय छोरा सोनाम लामा एक सातादेखि ज्वरो र खोकीले थला परेको बताउनुभयो । उपचार गर्नका लागि मेडिकल जान र आउन मात्र ४ घण्टा लाग्छ कसरी उपचार गर्नु उहाँले प्रश्न गदै भन्नुभयो , “ गाउँमा स्वास्थ्य संस्था छैन , हामीसँग उपचार गर्न पैसा नि छैन ।”

ल्याप जाँच नगरी विरामीको हात छामेर प्राथमिक उपचार जारी रहेको स्वास्थ्यकर्मीले बताएका छन् । उपचारमा सहज होस भनि स्थानीय विद्यालय समेत बन्द गरिएको छ । नगरबाट खटिएका स्वास्थ्यकर्मीसँग सिटामोल , थर्ममिटर बाहेक अरु उपकरण केही नभएको स्थानीय पत्रकार विष्णुप्रसाद देवकोटाले राससलाई बताउनुभयो ।

मौसम परिवर्तनसँगै फैलिएको रूघाखोकी र ज्वरोको लक्षण भएको रोगका कारण गाउँनैं थला परेपछि नगरपालिकाबाट सिनियर अहेव शेरबहादुर बुढा, नर्स लक्ष्मी न्यौपानेसहितको चार सदस्यीय स्वास्थ्यकर्मी टोली पुगेर अस्थायी सिविर राखेर थर्ममिटरको भरमा उपचार कार्य सुरु गरेको हो ।

विद्यालयमा शिविर राखिएका कारण र विद्यार्थीहरु नै विरामी परेपछि विद्यालय बन्द गर्नुपरेको लेखनाथ आधारभुत विद्यालयका प्रधानाध्यापक नवराज बुढाले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक नवराज बुढाका अनुसार विद्यालयमा बालबालिका रून, काम्न थालेपछि र एक पछि अर्को गर्दै सबै थला परेकाले विद्यालय ब्यवस्थापन समितिको बैठक बसेर विद्यालय बन्द गरिएको छ । उपचारकार्यमा संलग्न अहेव शेरबहादुर कठायतले रुघाखोकी र ज्वरो प्रभावित विरामीमा १०२ फरेनहाइटसम्म ज्वरो देखिएको बताउनुभयो ।

नमुना संकलनगर्न प्रदेशबाट डाक्टर ,ल्याप टेक्निसियनको टोली डोल्पामा
हप्ता दिन अघि फैलिएको रोग पता लगाउन आज विहान चिकित्सक सहितको ल्याप टेक्निसियनको टोली डोल्पा पुगेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । हेलिकोप्टरमा आएको सो टोलीले केही औषधी , स्वास्थ्य र ल्याप टेक्निसियन लिएर करेलीकाँडा गएको उहाँको भनाई छ । आज नै विरामीको नमुना संकलन गरी काठमाडौँ पठाउने तयारी भएको उहाँको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!