मिडियाले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ –मन्त्री बस्नेत

जाजरकोट, मिडियाले राज्यलाई रचनात्मक खवरदारी गर्नुपर्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।
मिडिया छाडा भएमा त्यो सन्देश आम पाठकमा राम्रो नपर्ने उहाँको भनाई छ । मिडियाले सामाजिक उत्तरदायित्वको भुमिका समेत निवाह गर्नुुपर्ने कुरामा समेत मन्त्री वस्नेतका भनाई छ ।
प्रेस कान्सिल नेपालको आयोजना र पत्रकार महासंघ जाजरकोटको समन्वयमा पत्रकार आचारसंहिता विषयमा छलफल भएको यस्तो बताउनुभएको छ । आजै महासंघको नयाँ भवन समेत मन्त्री वस्नेत र केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्त उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्य पहाडी , कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह र प्रेस कान्सिल सदस्य ईश्वरी ओझा , गोविन्द चौलागाई , पत्रकार महासंघका कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माको सहभागिता रहेको छ ।






