दोस्रो नलगाड पर्यटन, खेलकुद तथा साँस्कृतिक महोत्सव हुँदै

डिल्लीराज विश्वकर्मा
जाजरकोटको नलगाड नगरपालिकामा दोस्रो नलगाड पर्यटन, खेलकुद तथा साँस्कृतिक महोत्सव हुने भएको छ ।
जाजरकोट उद्योग बानिज्य संघ शाखा कार्यालय कालिमाटीको आयोजना तथा नलगाड नगरपालिकाको विशेष आर्थिक सहयोगमा वडा नम्बर ७ दल्लीमा यही माघ २७ गत्ते देखी फागनु ३ गत्ते सम्म दोस्रो नलगाड पर्यटन खेलकुद तथा र्साँस्कृतिक महोत्सव हुन लागेको हो ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षीत गरी “स्थानीय कला सँस्कृतिको संरक्षण सहित पेशा व्यवसायमा वृद्धी, पर्यटन वर्षको आगमन सँगै मौलिक संस्कृतिमा नलगाडको समृद्धी” भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको आयोजकले जनाएको छ ।
नलगाड नगरपालिका भित्रका स्थानीय कला सँस्कृती र धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रशारमा महोत्सवले टेवा पु¥याउने विश्वास गरिएको छ । आयोजकका अनुसार महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहनुका साथै स्थानीय मौलिक कला साँस्कृती, स्थानिय लोक झाँकीहरुको पनि प्रस्तुती रहने छ । यस्तै स्थानीय स्तरमा उत्पादित कृषि सामाग्रिहरुको प्रर्दशनी गरिने पनि जनाइएको छ ।
यसैबीच महोत्सवका अवसरमा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको छ । उक्त प्रतियोगितामा नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका वडाहरुले मात्र सहभागिता जनाउन पाउने खेलकुद छन् ।
वडा स्तरिय भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगत रु. ८० हजार सहित प्रमाणपत्र पाउने भएको छ । यस्तै दोस्रो र तेस्रो हुने टिमलाई क्रमस रु. ६० हजार र ५० हजार सहित प्रमाणपत्र दिइने छ ।




सम्बन्धित समाचार


error: Content is protected !!