गैरकानुनी पसलमा अखाद्य वस्तुको राज ?


हेमन्त केसी
जाजरकोट , बारेकोट गाउँपालिका –५ की भावना शाही हप्तामा दुई पटक स्थानीयवजारमा पुग्नुहुन्छ , तर उहाँले खरिद गर्ने सामग्री मिति नै नहेरी प्रयोग गदै आउनुभएको छ ।
उहाँले अंग्रेजीमा लेखिएको मिति सजिलै थाहा नपाउने भएकाले हेर्न मुस्किल हुँदै आएको छ । सामान्य साक्षर मात्र भएको मैले कसरी अंग्रेजीमा लेखिएको मिति हेर्न सक्छु , उहाँले प्रश्न गर्नुभयो , “ गाउँमा सल्लीको दियालोमा अलि, अलि पढेर अक्षर चिन्न सिकेको छु , मिति अंग्रेजीमा लेखिएको हुन्छ । नेपालीबाट लेखेको भए सजिलो हुने थियो , ।”
यहाँ जस्तै अर्की विमी विक सामान्य साक्षर नभएकाले वजारमा सामग्री खरिद गर्न जाँदा कुन सामग्रीको म्याद कहिले गएको हो ,होईन भन्ने थााहा पाउन मुस्किल पदै आएको छ । जिल्लाका अधिकांश गाउँमा रहेका पसलहरुमा पुग्ने खाद्यान्न , पिय पर्दाथहरु म्याद गुर्जेको पुग्ने भएपनि म्याद हेर्ने चलन नहुँदा सवै प्रयोग हुने गरेको छ ।
गाउँमा यातायातको सहज पहुँच नहुँदा घोडा, खच्चडमा बोकाएर लिएको सामग्री गाउँमा पुग्दा मिति नै मेटिएको अवस्थामा पुग्ने गरेको पंञ्च भयार मावि नलगाड नगरपालिका –८ जिकुवाका शिक्षक बीरबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,“ गाउँमा सवै मानिसहरु साक्षर छैनन, पढेलेखेका यूवाहरु सवै विदेश तथा भारतमा गएका छन् गाउँमा भएका मानिसहरु पसलमा पाईने खाद्यान्नको मिति नै नहेरी प्रयोग गर्छन् , । ”
जिल्लाका अधिकांश स्थानीय तहले वजार अनुगमण नगर्दा दैनिक ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले अखाद्य वस्तुहरु उपभोग गर्न बाध्य छन् । जिल्ला सदरमुकाम बाहेक बाहिरी ठाउँमा अनुगमण नहुँदा व्यापारीहरुले म्याद गुर्जेका वस्तुहरु मनलाग्दी तरिकाले विक्री गदै आएको सरोकारवालाको भनाई छ ।
जुनिचाँदे गाउँपालिकाको कार्यालय , सदरमुकाममा छ । बारेकोट गाउँपालिकाको काम आधा सदरमुकाम र आधा गाउँमा हुँने गर्दछ । शिवालय गाउँपालिकाको कार्यालय गाउँमै भएपनि बजार अनुगमण गरेको कहिले पनि थाहा नभएको स्थानीय अधिकारकर्मी पुर्णसमिर महताराले बताउनुभयो ।
त्यस्तै छेडागाड नगरपालिकाका अघिल्लो वर्ष एक पटक अनुगमण गरिएको भएपनि यो वर्ष अनुगमण नै नभएको पाईएको छ । सदरमुकाम रहेको भेरी नगरपालिकाको आसपासमा अनुगमण हुँने भएपनि गाउँमा अनुगमण नभएको स्थानीयवासीको गुनासो छ ।
नलगाड नगरपालिकाले तीन ,तीन महिनामा बजार अनुगमण गदै आएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । कुशे गाउँपालिकाले गाउँमा अहिले सम्म अनुगमण नै नभएको स्थानीयवासीहरु बताउँछन् । जिल्लाका सात स्थानीय तह मध्य भेरी र नलगाड नगरपालिकामा मात्र बढी अनुगमण हुँने गरेको छ ।
अन्य पाँच स्थानीय तहमा अनुगमण नहुँदा व्यापारीहरुले अखाद्य वस्तुहरु जथाभावी विक्री , वितरण गरेको स्थानीय वुद्धिजिवीहरु बताउँछन् । वजार अनुगमणको जिम्मा अहिले स्थानीय तहलाई दिएपनि सो जिम्मा पाए अनुसारको अनुगमण नभएको पाइएको हो ।
भ्याट छली देखि कम तौलको व्यापार
जिल्ला प्रशासन कार्यालयले कहिले ,काँही गर्ने अनुगमणले खासै प्रभाव नपर्ने गरेको आम नागरिकहरु बताउँछन् । नेपालगञ्जका चामल कुट्ने मिल सँग मिलेर यहाँका केही व्यापारीहरुले तोकिएको तौल भन्दा झण्डै ५ किलो कम तौल राखेर खाद्यान्न विक्री वितरण गरिरहेको आरोप समेत लाग्दै आएको छ ।
चामलको बोरीमा ३० केजी लेखिएको भएपनि खास तौल २५ केजी भन्दा माथी नहुँने गरेको स्थानीयवासीहरु बताउँछन् । नापतौल विभागले प्रमाणित गरेको ढक , तराजु प्रयोग गर्नुपर्ने नियम भएपनि यहाँका अधिकांश व्यापारीहरु , वजारमा पाईने ढक तथा तराजुहरु काठबाट निर्माण गरी ढुङगालाई नापको माध्यम बनाएर जथाभावी प्रयोग गदै आएको पाईएको छ ।
प्रमाणीत नापका सामग्रीहरु प्रयोग गरी वास्तविक तौलबाट कारोवार गर्नुपर्ने भएपनि अधिकांश व्यापारीहरु खाद्यान्न लगायतका वस्तुहरु तौल नगरी विक्री गरिरहेको सरोकारावालाको भनाई छ । जिल्ला सदरमुकाममा रहेका अधिकांश पसलहरु लाखौँको कारोवार गर्नेभएपनि पाना विलकै भरमा भारी कारोवार गदै आएका छन् ।
रु २० हजार भन्दा माथी भ्याटमा कारोवार गर्नुपर्ने भएपनि यहाँका व्यापारीहरु भ्याट विलको ठाउँमा पाना विलकै भरमा लाखौंको विल काट्ने गरेको खुलासा भएको छ । गाउँमा रहेको अधिकांश व्यापारीहरु पाना नम्वर दत्र्ता नै नगरी व्यावसाय सञ्चालन गरेको समेत खुलासा भएको छ ।
यस्तो छ तथ्याङ्क
आर्थिक गणना अनुसार जाजरकोटमा ३ हजार ९६ जनाले व्यावसाय गरेको तथ्याङ्क रहेको छ । उद्योग वाणिज्य संघसँग ९ सय ३७ जना व्यापारी मात्र संगठित भएको पाईएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा दुई हजार व्यावसायीले दत्र्ता गरेको पाईएको छ ।
अनुदान पाउनका लागि संरक्षण कार्यालयमा दत्र्ता गर्ने तर प्यान नम्वर लिन आन्तरिक राजश्य कार्यालयमा नजाने गरेको पाईएको छ । अधिकांश दत्र्ता विना नै व्यावसाय सञ्चालन गरेर उपभोक्ता माथी वेईमानी गरेको आरोप लाग्दै आएको छ ।
करोडको कारोवार गर्ने व्यापारीले पनि पाना विलबाटै कारोवार गरेर व्यवसाय सञ्चालन गदै आएको पाईएको हो । उद्योग वाणिज्य संघ सँग सरोकार नै नराखी अवैद्य रुपमा विना दत्र्ता दैनिक हजारौको कारोवार गर्दा एकातीर राज्यलाई कर छल्ने कार्य भईरहेको छ भने अर्को तीर नियन्त्रणमुखी र नियमणमा नरहने अवस्था सिर्जना भएको छ ।










